Nepali Monthly Rashifal 2082 Baishakh | राशिफल - वैशाख २०८२

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। लग्नस्त सूर्यले कार्यक्षेत्रमा मान प्रतिष्ठा बढाउनेछन्। समाजमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। समाजमा गुमेको स्थान प्राप्त हुनेछ। दाम्पत्य जीवनमा पुरानो कुरालाई लिएर जीवन साथीसँग मनमुटाव हुने सम्भावना देखिएको छ। स्वास्थ्य सबल रहनेछ। सानो प्रयासले जीवनशैलीमा More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

बृष राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। कार्यक्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला। वैदेशिक रोजगारको मामलामा सफलता मिल्नेछ। धैर्य र पराक्रमले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलो बनाउन सकिनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गरौं। प्रत्येक क्षेत्रमा कुनै न कुनै परिस्थितिको सामना More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

मिथुन राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। धैर्य र पराक्रम मा वृद्धि हुनेछ। साहसिक निर्णयहरू लिने समय रहेको छ। आफ्नो व्यवहार कुशलताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। शत्रुहरू पराजित हुनेछन्। प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ। घरपरिवारमा भाइबहिनीहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरुको मुख ताक्ने बानीले कार्य बिग्रिन More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिहरू को सामना गर्नुपर्ने हुन्छ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। धार्मिक तीर्थयात्रा आदिको सौभाग्य मिल्नेछ। व्यापार व्यवसायमा श्रम अनुसार सफलता मिल्न अलि गाह्रो देखिएको छ। नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। इष्टमित्रहरूको More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सिंह राशि हुनेहरूको लागि यो महिना सबल रहेको छ। युवाहरूको लागि करियरलाई अगाडि बढाउन नयाँ बाटाहरू खुल्नेछन्। कार्यक्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोला। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सरूआ हुने बलियो समय देखिएको छ। अध्ययनमा प्रगति हुनेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ। स्वास्थ्यमा मौसमी बिमारीहरूबाट More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशि हुनेहरूको लागि यो महिना मध्यम रहनेछ। अप्ठ्यारो परिस्थितिमा आफन्त वा शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन। कार्यक्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला। व्यापार व्यवसायमा हतारमा लिएका निर्णयहरूले हानि नोक्सानीका योग छन् सावधान भएर More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

तुला राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवन साथीसँगको वैचारिक मतभेद सुल्झिनेछ भने आयआर्जनका नयाँ स्रोतहरु बन्नेछन्। नयाँ कारोबार थालनी वा लगानीको लागि उपयुक्त समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आयुर्वेद वा आध्यात्मिक ज्ञानको पढाइमा सफलता मिल्नेछ। More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वृश्चिक राशि हुनेहरूको लागि समय सामान्य रहेको छ। आर्थिक पक्ष सबल बनाउनको लागि परिश्रमबाट टाढा नभाग्नुहोस्। राजनीतिक क्षेत्रमा संवेदनशील मामलाहरूमा बोल्दा शब्द चयनमा विशेष ध्यान दिनुहोला। आसमर्दो कार्य बन्नाले मनमा उत्साह जाग्नेछ र नयाँ कार्यतर्फ अग्रसर भइनेछ। पारिवारिक सम्बन्धलाई सबल बनाउनको लागि परिवारको कुरालाई पनि महत्व दिनुहोला। More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो महिना अत्यन्त श्रेष्ठ रहनेछ। भाग्यको साथ मिल्नाले अप्ठ्यारो काम पनि समयमा सम्पादन हुनेछन्। नयाँ व्यवसायको जग राखिनेछ। पिताको कार्यक्षेत्रमा पदोन्नति हुनु साथै धार्मिक यात्राका योग बनिरहेका छन्। कला र संगीतको क्षेत्रमा राम्रो अवसर मिल्नेछ। उद्योगमा नयाँ अनुबन्धहरूले मनग्य फाइदा मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। धन कमाएतापनि जोगाउन More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मकर राशि हुनेहरूको लागि यो महिना शुभ फलदायी रहेको छ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। माननीयजनहरूबाट प्रशंसा मिल्नेछ। आर्थिक पक्ष सबल रहनुका साथै नयाँ व्यापार विस्तारको लागि पनि समय उपयुक्त रहेको छ। आँटेको काममा सफलता मिल्नेछ। अस्थायी नोकरीलाई स्थायी बनाउन उपयुक्त समय रहेको छ। स्वास्थ्यले साथ दिनेछ। व्यापार व्यवसायमा अति आत्मविश्वासले More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो महिना अत्यन्त शुभ रहनेछ। पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ। लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ। सरकारी नोकरीको लागि प्रयासरत हुनुहुन्थ्यो भने सफलता मिल्नेछ। बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ। भूमि भवनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ। अविवाहित हुनुहुन्छ भने विवाहका कुराहरू टुङ्गिनेछन्। पारिवारिक उल्झनहरू More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मीन राशि हुनेहरूको लागि यो समय सामान्य रहेको छ। महत्वकांक्षी योजना सम्पादन नहोलान। समाजमा इष्टमित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्यसम्पादन हुनेछ। पुराना मित्रहरू संगै घरपरिवारमा मनमुटाव हुन सक्ला। पुरानो विवादलाई लिएर घरमा झैँ झगडाका योग छन्। स्वास्थ्यको दृष्टिकोणले यो समय सामान्य रहेको छ। यात्रामा बाधा आउनेछ। More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.