कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
कर्कट राशि हुनेहरूको लागि यो महिना सामान्य रहनेछ। कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिहरू को सामना गर्नुपर्ने हुन्छ। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्। धार्मिक तीर्थयात्रा आदिको सौभाग्य मिल्नेछ। व्यापार व्यवसायमा श्रम अनुसार सफलता मिल्न अलि गाह्रो देखिएको छ। नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला। इष्टमित्रहरूको सहयोग मिल्नेछ। राजनीतिक क्षेत्रमा जनबल बढ्नेछ। स्वास्थ्यलाई लिएर खानपानमा सजग रहनुहोस। पारिवारिक चिन्ताले मन अप्रसन्न रहनेछ। दाम्पत्य जीवनमा जीवनसाथीबाट उपहार पाइएला। सदैव भगवान शिवलाई जल अर्पण गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: