तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो महिना श्रेष्ठ रहेको छ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवन साथीसँगको वैचारिक मतभेद सुल्झिनेछ भने आयआर्जनका नयाँ स्रोतहरु बन्नेछन्। नयाँ कारोबार थालनी वा लगानीको लागि उपयुक्त समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आयुर्वेद वा आध्यात्मिक ज्ञानको पढाइमा सफलता मिल्नेछ। सम्बन्धमा मर्यादा बनाएर राख्नुहोस्। झुठा आरोपले मानसिक कष्टको योग छ सावधान रहनुहोला। सदैव कालभैरवको उपासना गरेर दिनको प्रारम्भ गर्नुहोस्।
View All monthly Rashifal


Liked by: