वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
बृष राशि हुनेहरूको लागि महिना सामान्य रहेको छ। कार्यक्षेत्रमा अरुको विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला। वैदेशिक रोजगारको मामलामा सफलता मिल्नेछ। धैर्य र पराक्रमले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलो बनाउन सकिनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गरौं। प्रत्येक क्षेत्रमा कुनै न कुनै परिस्थितिको सामना गर्नुपर्ने हुन्छ। आयआर्जनको दृष्टिले यो समय हजुरको लागि सबल रहेको छ। धन कमाए तापनि संग्रह गर्न गाह्रो होला। आफ्नो खानपानलाई सही राख्ने र नशा आदिबाट टाढा रहनुहोस्। विद्यार्थीहरूले पठनपाठनमा आलस्यलाई हावी हुन नदिनुहोला। वैवाहिक सम्बन्धमा जीवनसाथीको भावना बुझ्ने प्रयास गरौं। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: