धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
यो महिना अत्यन्त श्रेष्ठ रहनेछ। भाग्यको साथ मिल्नाले अप्ठ्यारो काम पनि समयमा सम्पादन हुनेछन्। नयाँ व्यवसायको जग राखिनेछ। पिताको कार्यक्षेत्रमा पदोन्नति हुनु साथै धार्मिक यात्राका योग बनिरहेका छन्। कला र संगीतको क्षेत्रमा राम्रो अवसर मिल्नेछ। उद्योगमा नयाँ अनुबन्धहरूले मनग्य फाइदा मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। धन कमाएतापनि जोगाउन गाह्रो देखिएको छ। घरपरिवारसँग मनोरञ्जनात्मक समय बित्नेछ। कार्यक्षेत्रमा प्रगति हुनेछ। भूमि भवन वा नयाँ सवारी साधन जोड्ने योग छ। विद्यार्थीहरूको लागि पठनपाठनमा गुरुजनहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा हातमा लिएको कार्य सिद्ध हुनेछ। सदैव भगवान विष्णुको अर्चना गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: