कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
यो महिना अत्यन्त शुभ रहनेछ। पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ। लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ। सरकारी नोकरीको लागि प्रयासरत हुनुहुन्थ्यो भने सफलता मिल्नेछ। बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ। भूमि भवनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ। अविवाहित हुनुहुन्छ भने विवाहका कुराहरू टुङ्गिनेछन्। पारिवारिक उल्झनहरू सुल्झिनेछन्। युवा छात्र छात्राहरूले मौज मस्ती भन्दा पढाइमा ध्यान दिनुपर्ने हुन्छ। कार्यक्षेत्रमा विशेष पदको जिम्मेवारी मिल्नेछ। प्रभावशाली व्यक्तित्वसँगको भेटघाटले जीवनमा नयाँ परिवर्तन आउनेछ। स्वास्थ्य सबल रहनेछ। सदैव हनुमानजीको दर्शन गरेर दिनको प्रारम्भ गर्नुहोस् सफलता मिल्नेछ।
View All monthly Rashifal


Liked by: