मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो महिना उत्तम रहनेछ। धैर्य र पराक्रम मा वृद्धि हुनेछ। साहसिक निर्णयहरू लिने समय रहेको छ। आफ्नो व्यवहार कुशलताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। शत्रुहरू पराजित हुनेछन्। प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ। घरपरिवारमा भाइबहिनीहरूबाट सहयोग मिल्नेछ। कार्यक्षेत्रमा अरुको मुख ताक्ने बानीले कार्य बिग्रिन सक्छ। आम्दानीका नयाँ स्रोतहरू खुल्ने वा आर्थिक पक्ष बलियो बन्नेछ। स्वास्थ्यको दृष्टिकोणले यो समय अनुकूल छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। भाग्यलाई ताक्नुभन्दा कर्मलाई प्राथमिकता दिनुहोस्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं।
View All monthly Rashifal


Liked by: