Kanya | Nepali Yearly Rashifal 2082 | कन्या वार्षिक राशिफल २०८२

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

कन्या राशि हुनेहरूको लागि यो वर्ष विशेष लाभदायी रहनेछ। बृहस्पति र राहुको अनुकूल प्रभावले शत्रु नाश हुनेछन्। गुरुको दशम स्थानमा गोचर हजुरको लागि मानसम्मान बढाउनेवाला रहनेछ। जीवनको मूल्यलाई लिएर केही मान्यता र धारणामा परिवर्तन हुन सक्छ। राजनीतिक क्षेत्रमा तपाईको मानसम्मान बढ्नेछ।

वैशाख : कष्ट र परिश्रम
जेठ : कान्तिक्षय
असार :कार्यसीद्धि
साउन : विजय लाभ
भदौ : खर्च वृद्धि
असोज : शारीरिक पीडा
कार्तिक : नोक्सानी
मङ्सिर : धन प्राप्ति
पुस : मानसम्मान प्राप्ति
माघ : आर्थिक संकट
फागुन : शत्रुनाश
चैत : लामो यात्रा

कार्यक्षेत्र
व्यापार व्यवसायमा राम्रो सफलता मिल्नेछ। हार्डवेयर वा कपडा आदिको व्यापार हजुरको लागि लाभदायी रहनेछ। खाद्यान्नको कारोबारमा मन्दी आउला भने तरल पदार्थको व्यापार पनि लाभदायी हुनेछ ।

प्रेमसम्बन्ध
सम्बन्धको दृष्टिले यो वर्ष सामान्य रहनेछ। दाम्पत्य जीवनमा विश्वासमा कमी आउनेछ। टाढिएका इष्टमित्रहरू नजिक हुनेछन्। पारिवारिक सम्बन्धमा अरूको कुरा सुनेर निर्णय नलिनुहोला। प्रेमसम्बन्धमा शंकाको बीज उत्पन्न हुने सम्भावना छ सावधान रहनुहोला।

स्वास्थ्य
स्वास्थ्यको दृष्टिले समय सामान्य रहनेछ। वायुविकार वा स्वास्थ्य सम्बन्धी समस्या बढ्नेछ। रोग प्रतिरोधात्मक क्षमतामा कमी आउनेछ। आँखाबाट टाउको दुख्ने समस्याले सताउन सक्ला।

शिक्षा
यो वर्ष अध्ययनको क्षेत्रमा सफलता मिल्नेछ। इन्जिनियरिङ वा मिडिया र आइटी क्षेत्रको अध्ययनमा विशेष सफलता मिल्ला।

शुभ रंग
हरियो, सेतो र सुन्तला

शुभ अंक
३, ५ र ८

शुभ बार
बुधबार, शुकबार र शनिबार

शुभ महिना
असार, साउन, मंगसिर र फागुन

उपाय
ग्रह शान्ति, गणेशजीलाई दुवो अर्पण, देवी भगवतीको आराधना गर्नुहोस्। वृक्षारोपण जस्तो कार्यक्रमहरूमा सहभागी हुनुहोला भाग्यमा वृद्धि हुनेछ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.