कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा पारिवारिक चिन्ताले मन अशान्त रहनेछ। आकस्मिक हानि हुने सम्भावना रहेको छ। साताको मध्यमा विद्यार्थी वर्गहरूलाई शिक्षाको क्षेत्रमा नयाँ सफलता मिल्नेछ। पुराना गरिएका कार्यको प्रशंसा हुनेछ। व्यापार व्यवसायमा लाभको स्थिति बनिरहेको छ। साताको अन्तिममा उद्योग व्यापारमा नयाँ कीर्तिमान स्थापित गर्न सक्नुहुनेछ। आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सुन्तला र सेतो हो भने शुभ अंक ३ र ६ रहेको छ।
View All weekly Rashifal


Liked by: