Brish | Nepali Yearly Rashifal 2082 | वृष वार्षिक राशिफल २०८२

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

वृष राशिहरूको लागि यो साल लाभप्रद रहेको छ। यो वर्ष शनि, राहु र गुरु अनुकूल भएकाले आर्थिक पक्ष राम्रो रहनेछ। राहु दशम स्थानमा भएको कारण धर्मकर्ममा मन नजाला। युवा वर्गलाई वैदेशिक यात्राको नवीन अवसर मिल्नेछ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। तीर्थस्थलहरूको भ्रमण हुनेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ भने जग्गा जमिनबाट राम्रो लाभार्जन गर्न सकिनेछ।

वैशाख : धनवृद्धि
जेठ : शत्रुहरू सक्रिय रहने वा शारीरिक पीडा
असार : धनहानी
साउन : श्री प्राप्ति
भदौ : रोग वा भय
असोज : शत्रुनाश
कार्तिक : कार्यक्षेत्रमा संघर्ष
मङ्सिर : यात्रा
पुस : रोग
माघ : धर्म प्राप्ति
फागुन : कार्यसद्धि
चैत : अप्रत्यासित धनलाभ

कार्यक्षेत्र
नयाँ रोजगार मा सफलता मिल्नेछ। लाभस्थानको शनिले शनिगत व्यापारमा विशेष लाभ दिनेछ। व्यापारबाट विशेष लाभ आर्जन गर्न सकिनेछ। अरुबाट झुठो आरोप लाग्न सक्छ। धनस्थानको बृहस्पतिले धनार्जनका नयाँ स्रोत प्राप्त गराउनेछन्। व्यापार व्यवसायमा आलस्य नगर्नुहोला। नोकरी वा पेशामा अपयश खेप्नु पर्ला। आर्थिक दृष्टिकोणले यो साल हजुरको लागि शुभ रहनेछ।

सम्बन्ध
प्रेम सम्बन्ध प्रगाढ हुनेछ। आफन्तजनहरूसँग कुनै प्रकारको मनमटाव हुने सम्भावना पनि रहेको छ त्यसर्थ सावधान रहनुहोस्। छरछिमेकीसँगको सम्बन्ध औसत रहनेछ।

स्वास्थ्य
स्वास्थ्यको दृष्टिकोणले यो महिना सामान्य रहनेछ। आलस्य हावी रहनेछ। घाँटीमा केही समस्या हुन सक्छ त्यसर्थ ध्यान दिनुहोस्। दीर्घ रोगी हुनुहुन्छ भने स्वास्थ्यप्रति सचेत रहनुपर्ने हुन्छ।

शिक्षा
विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। आइटी वा डाँक्टरी पढाइमा राम्रो सफलता हासिल गर्न सक्नुहुनेछ।

शुभ रंग
सेतो, रातो र गुलाबी

शुभ अंक
२,७ र ९

शुभ बार
बुधबार, शुकबार र शनिबार

शुभ महिना
साउन, फागुन र चैत

उपाय
यो वर्षभरि श्रीदुर्गा देवीको आराधना गर्ने विशेष सफलताको योग बनिरहेको छ । सोमवारको दिन भगवान शिवलाई जल अर्पण गर्नुहोला। अशक्तहरूलाई भोजन प्रदान गर्नु होस्‌।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.