Nepali Weekly Rashifal 2081 | साप्ताहिक राशिफल

मेष

(चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मेष राशिको लागि यो साता परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । प्राविधिक कामबाट राम्रो फाइदा हुनेछ । पुनर्मिलनको योग पनि रहेको छ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । कसैकसैका लागि सन्तान प्राप्तिको योग पनि छ । यो साताका लागि शुभ अङ्क ७,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा काम गर्नु अघि महामृत्युञ्जय More...

वृष

(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

यो साता भाग्यले विभिन्न अवसर जुराउनेछ । परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । व्यापार तथा सेयर कारोबारमा रुचि बढ्नेछ । प्राविधिक काममा सफलता प्राप्त हुनेछ । धनसञ्चय र भौतिक सुखको अवसर प्राप्त हुनेछ । हराएको आत्मविश्वास पनि जाग्नेछ । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग रातो वा खैरो हो । कुनै शुभकर्म More...

मिथुन

(का, कि, कु, घ, ङ, छ, के, को, हा)

यो साता टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । सेयर कारोबारमा सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग सुन्तला रङ्ग हो । शुभकर्म गर्नु More...

कर्कट

(हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यो साता कर्कट राशिकf लागि गोप्य सूचना बाहिरिनाले समस्या आउनेछ । आफन्त बीचमा खटपट, चिन्ता र शङ्का उब्जनसक्छ । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । मध्य साताबाट मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग रातो वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको दर्शन गरि यात्रा More...

सिंह

(मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

यो साता शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । सजिलै अरूको मन जित्न सकिनेछ । कसै सैलाई परदेशी घर फर्कने र घरपरिवारमा रमाइलो वातावरण छाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । मध्य सातामा महत्त्वपूर्ण कार्यमा व्यवधान आउने देखिन्छ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा More...

कन्या

(टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

कन्या राशिको लागि रमणीय र सुखद् यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व More...

तुला

(रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

यो हप्ता बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शेयर बजारको लगानी पनि राम्रै रहला । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ, संयम रहनु होला । यो साताका लागि शुभ अङ्क २,४ र शुभ रङ्ग सेतो वा नीलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा कार्य More...

वृश्चिक

(तो, ना, नि, नु, ने, नो, या, यि, यु)

यो सातामा भाग्य शक्ति कमजोर हुनाले चिताएको कार्यमा सोचे जस्तो सफलता नमिल्ला । डुबेको धन उकास्न निकै दौडधुप गर्नुपर्छ । कामको सिलसिलामा व्यस्त हुने समय रहेको छ । बुधवारबाट रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । यो साताका लागि शुभ अङ्क २,५ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु More...

धनु

(ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

यो साता रोकिएका काम पुनः सुरु हुन सक्छन् । भाग्यले साथ दिनेछ भने गरेको कामबाट राम्रै सफलता हात पर्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । लामो दुरीको लाभदायक यात्रा हुनेछ । बुधवारबाट कामहरू अधुरै रहनसक्छ । शेयर बजारको लगानी डुब्ने भय पनि छ सचेत रहनु होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग हरियो वा रातो हो । शुभकर्म गर्नु पूर्व महादेवको More...

मकर

(भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । दानपुण्य जस्ता कार्यमा सहभागी भइनेछ । शेयर बजारबाट राम्रो सफलता मिल्ला । मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । साताको अन्त्यमा विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । आफ्नो अधिकार प्राप्ति लागि संघर्ष गर्नु पर्ला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला रङ्ग हो । कुनै शुभकर्म More...

कुम्भ

(गु, गे, गो, सा, सि, सु, से, सो, दा)

यो साता गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । वैदेशिक काममा सफलता मिल्नेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । नजिकको व्यक्तिबाट कार्यहरू पुरा हुनेछन् । साताको अन्त्यमा नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला । यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग पहेँलो हो More...

मीन

(दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

यो साता कसैले झुटो आश्वासन दिन सक्छन् । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । शुभ चिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ । साताको मध्यबाट नयाँ कार्यको योजना बन्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । कृषि कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग निलो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु More...

Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.