कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
कन्या राशिको लागि रमणीय र सुखद् यात्राको योग छ । रोकिएका काम पुनः सुरु हुन सक्छ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य गर्नाले सफलता मिल्नेछ ।
View All weekly Rashifal
Liked by: