तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
तुला राशि हुनेहरूको लागि यो वर्ष शुभ फलदायी रहनेछ। बृहस्पति वा शनिको अनुकूल प्रभावले अधुरा कार्य पूरा हुनेछन्। आर्थिक दृष्टिले यो वर्ष लाभपूर्ण रहनेछ। एकादश स्थानको केतुले आकस्मिक धनलाभ दिनेछ। गुरुको अनुकूलताको प्रभावले सबै कार्य पूरा हुनेछन्। सन्तान लाभको शुभ योग बनिरहेको छ। भूमि र भवन पनि जोड्न सक्नुहुनेछ।
वैशाख : लामो यात्रा र खर्चमा वृद्धि
जेठ : स्वास्थ्यमा समस्या
असार : मानसम्मानमा हानि
साउन : सुख र धनवृद्धि
भदौ : गुमाएको धन हात लाग्ने
असोज : खर्चमा वृद्धि
कार्तिक : स्थान परिवर्तन
मङ्सिर : स्वास्थ्य सम्बन्धित समस्या
पुस : धनलाभ
माघ : मान सम्मानमा कमी
फागुन : आर्थिक संकट र ऋण
चैत : शत्रुनाश
कार्यक्षेत्र
नयाँ उद्योग वा व्यापार सुरु गर्ने समय रहेको छ। आर्थिक समस्याहरू सुल्झिने छन्। सरकारी नोकरीमा सरुवा बडुवा हुने योग छ। वैदेशिक शिक्षाको कारोबारबाट लाभ प्राप्त गर्न सकिनेछ। शेयर बाजार पनि हजुरको लागि अनुकूल रहनेछ।
प्रेम सम्बन्ध
परिवारमा माङ्गलिक कार्यको शुभारम्भले सम्बन्धमा मजबुती आउनेछ। युवाहरूले प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ।
शिक्षा
शिक्षाको दृष्टिले यो वर्ष सामान्य रहनेछ। विद्यार्थीहरूलाई परीक्षामा सोचेजस्तो परिणाम नमिल्ला। शोध वा इन्जिनियरिङ क्षेत्रको पढाइ सफल रहनेछ। पत्रकारिता क्षेत्र मा पनि राम्रो सफलता मिल्नेछ। मनमा चन्चलता बढ्नेछ। लेखन वा कला साथै साहित्यको क्षेत्रमा निखार आउनेछ।
स्वास्थ्य
स्वास्थ्यको दृष्टिकोणले यो वर्ष अनुकूल रहनेछ। रक्त सञ्चार वा आँखा दुख्ने समस्याले सताउन सक्छ। पारिवारिक स्वास्थ्य वा औषधि उपचारमा धन खर्च हुनेछ। स्वास्थ्यप्रति उचित परामर्श लिएर अगाडि बढ्नुहोस्।
शुभ रंग
सेतो, आकाशे, हरियो र कालो
शुभ अंक
६ ,८ र ४
शुभ बार
बुधबार, शुकबार र शनिबार
शुभ महिना
साउन भदौं र पुष
उपाय
भगवान विष्णु र गणेशको उपासना गर्दै साथै ग्रह शान्ति गराएर सुख प्राप्त गर्न सक्नुहुनेछ। अशक्तहरूको सेवा गर्नुहोस्।
View All yearly Rashifal


Liked by: