मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
मिथुन राशि हुनेहरूको लागि यो वर्ष राम्रो रहनेछ। अध्ययन अध्यापनको कार्यमा विशेष सफलताका योग छन्। बृहस्पति, राहु, शनि र केतु प्रतिकूल भएकाले अव्यय कला तथा पाप शक्तिमा प्रवृत्त भइनेछ। सरकारी नोकरी आदिमा सफलता मिल्नेछ। धर्मस्त राहुले दुर्व्यसनमा फसाउन सक्ला सावधान रहनुहोला। कार्यक्षेत्रमा विरोधीहरू सक्रिय रहनेछन्।
वैशाख : स्वास्थ्यमा समस्या
जेठ : अज्ञात भय
असार : आत्मविश्वासमा कमी
साउन : श्रीप्राप्ति
भदौ : रोग वा भय
असोज : शत्रुनास
कार्तिक : कार्यक्षेत्रमा संघर्ष
मङ्सिर : यात्रा
पुस : रोग
माघ : धर्म प्राप्ति
फागुन : कार्यसद्धि
चैत : अप्रत्यासित धनलाभ
कार्यक्षेत्र
व्यापार व्यवसायको दृष्टिले यो वर्ष राम्रो रहेको छ। पशुपालन वा कृषि क्षेत्रबाट राम्रो लाभआर्जन गर्न सकिनेछ। आर्थिक पक्ष सामान्य रहनेछ साथै यो वर्ष कमाएको जोगाउन नसक्नुहोला।
प्रेम सम्बन्ध
सम्बन्धको दृष्टिले यो वर्ष हजुरको लागि सामान्य रहेको छ। आफन्तहरूसँग वैरभाव बढ्नेछ। व्यवहार कुशलतामा संयम राख्ने प्रयास गर्नुहोला। दाम्पत्य जीवन मधुर रहनेछ। सन्तानसँग राम्रो तालमेल बन्नेछ।
स्वास्थ्य
मिथुन राशि हुनेहरू कुनै दीर्घ रोगबाट छुटकारा पाउन सक्नुहुन्छ। स्वास्थ्य सबल रहेको छ। नसा च्यापिने समस्या वा कुनै रगत सम्बन्धी समस्या रहेको छ भने सावधान रहनुपर्ने अवस्था रहेको देखिन्छ।
शिक्षा
यदि तपाईं कुनै सरकारी क्षेत्रमा परीक्षाको लागि प्रयासरत हुनुहुन्छ भने सफलताका योग रहेका छन्। आइटी विद्यार्थीहरूको लागि र विशेष गरी इन्जिनियरिङ क्षेत्रमा हुनुहुन्छ भने लाभप्रद स्थिति निर्माण हुनेछ। यस वर्षभरि नै शिक्षाको क्षेत्रमा राम्रो स्थिति रहेको देखिन्छ।
शुभ रंग
हरियो, पहेलो र केशरी
शुभ अंक
५,६ र ९
शुभ बार
सोमबार, बुधबार, र विहीबार
शुभ महिना
वैशाख, असोज, मंशिर र चैत
उपाय
बृहस्पति, शनि, राहु र केतुगत शान्तिको साथमा देवि उपासना साथै महामृत्युञ्ज जप आदि गराएर शुभफल प्राप्त गर्न सक्नुहुनेछ।
View All yearly Rashifal


Liked by: