तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
साताको प्रारम्भमा आफुलाइ ऊर्जावान महसुस गर्नुहुनेछ। नयाँ कार्य गर्नमा मन लाग्नेछ। साताको मध्यमा पुराना कमी कमजोरीलाई सुधार गर्ने अवसर मिल्नेछ। साताको अन्त्यमा कार्यक्षेत्रमा आफुमाथि विश्वास राखी निर्णय लिनुहोला सफलता मिल्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरी वा पेशामा योग्यताको उचित मूल्यांकन हुनेछ। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग रातो र केसरी हो भने शुभ अंक १ र ५ रहेको छ।
View All weekly Rashifal


Liked by: