International Widows Day | अन्तर्राष्ट्रिय एकल महिला दिवस | २०८१ असार ९ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2024
    २०८१ असार

    आइतवार
    Jun 23, 2024
    असार कृष्ण प्रतिपदा
    अन्तर्राष्ट्रिय एकल महिला दिवस ( International Widows Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    अन्तर्राष्ट्रिय एकल महिला दिवस





    नेपाल एउटा यस्तो देश हो जहाँ पुरुषको भन्दा महिलाको सख्याँ धेरै छ, राजनैतिक क्षेत्रमा राज्यले महिलाहरुका लागि ३३ प्रतिशत सिट छुट्याएर राखेको भएपनि महिला अधिकार र लैगिंक समानता समबन्धी बिभिन्न ऐन, नियम अनि कार्यान्वयनका पाटाहरु अत्यन्त फितलो छ र कगाजमा नै सिमित छ । आउनुहोस् कुराकानी गरौं।आफ्नो जीवनसाथी गुमाँउदा र साथ छोडिँदाको पीडा एकातर्फ अनि त्यसपछि जीवनमा गरिनुपर्ने दिर्घकालिन संघर्ष र सामाजिक अपहेलनाको सामना अर्कोतर्फ, विश्वभरिका एकल महिलाहरुले एउटा संघर्षशील अनि पीडादायि जीवनका पाटाहरु सहँदै आएका छन्, उनीहरुका लागि समानता र समता आजको विश्वले पैरवी गर्नुपर्ने तथ्य भएको छ ।

    संयुक्त राष्ट्रसंघको पछिल्लो तथ्याङ्कअनुसार विश्वभर करिब २४ करोड ५० लाख एकल महिला र उनीहरुका ५० करोड बालबालिका विभिन्न खाले पीडामा छन् । त्यसमध्ये ८ करोडभन्दा बढी महिला यौन हिंसा सहन बाध्य छन् । नेपालको जनगणना–२०६८ अनुसार नेपालमा एकल महिलाको संख्या ६ लाख छ ।नेपाली समाजले घरि घरि एकल महिलाहरुको मर्यादामा आँच आउने काम गरेके पाइन्छ, एकल महिलाहरुलाई आरोपहरु थोपर्ने, निर्धो मानेर हेप्ने, बोक्सीलगायतका आरोपहरु लगाउने अनि आफ्नै परिवारजनबाट समेत अमानविय हिंसा भएका प्रशस्त उदहारणहरु हामीले एकादेशवाटै सुनिआएका र देखिआएका कुराहरु हुन् । समानताका मुलधारमा एकल महिलाहरुको पहुँच अभिवृद्धिका लागि सिपमुलक तालिम, जीवीकोपार्जन अभिवृद्धिका कार्यक्रमहरु अनि आर्थिक सशक्तिकरणका अन्य मापदण्डहरु ल्याइन टड्कारो आवश्यक्ता मा छ ।

    एकल महिलाहरुको मानव अधिकारको सम्मान र सुरक्षा हामी सबैको दायित्व पनि हो है, एउटा समतामुलक र सम्मानजनक समाज निर्माणार्थ एकल महिलाहरुको मर्यादाको सम्मान गरिन अपरिहार्य रहन्छ, लैगिंक समानता कायम भएको समाज निर्माणार्थ आजको दिनले पैरवी गरोस्, शुभकामना ।

    -सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.