Makar | Nepali Yearly Rashifal 2082 | मकर वार्षिक राशिफल २०८२

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

मकर राशि हुनेहरूको लागि यो वर्ष सामान्य रहेको छ। शनी शुभ फलदायी रहनाले सोचेको कार्य सिद्ध हुनेछ। यो वर्ष बृहस्पति हजुरको लागि प्रतिकूल प्रभावमा रहनेछ। संयमित भएर कार्य गर्दा मानसम्मान बढ्नेछ। शनिको अनुकूल प्रभाव सरकारी कार्यक्षेत्रमा पदोन्नतिका योग लिएर आउला। धन स्थानमा राहुको प्रभावले खर्चमा वृद्धि हुनेछ।

वैशाख : मनोबलमा कमी
जेठ : हीनता
असार : शत्रु पराजय
साउन : यात्रा
भदौ : कष्ट र परिश्रम
असोज : कान्तिक्षय
कार्तिक : धननास
मङ्सिर : कार्यसिद्धी
पुस : धननास र पीडा
माघ : स्थान परिवर्तन
फागुन : हानी नोक्सानी
चैत : स्वास्थ्य लाभ

कार्यक्षेत्र
व्यापार व्यवसायको दृष्टिले यो वर्ष लाभदायी रहनेछ। शनिगत व्यापार जस्तै हार्डवेयर सम्बन्धी व्यापारबाट लाभआर्जन गर्न सकिनेछ। उद्योग व्यापारमा लाभका विभिन्न मार्गहरू खुल्नेछन्। नोकरी वा पेशाक्षेत्रमा धेरै जिम्मेवारी प्राप्त होला। सामाजिक कार्यमा मान प्रतिष्ठा बढ्नेछ। कार्यक्षेत्रमा स्थान परिवर्तनका योग छन्।

प्रेम सम्बन्ध
कार्यक्षेत्रमा आफन्तहरूको सहयोग मिल्नेछ। शनिको अनुकूल प्रभावले बिगरिएका सम्बन्ध बन्नेछन्। नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्ला। बृहस्पतिको अनुकुल प्रभावले केही अप्ठ्यारा परिस्थितिहरू उत्पन्न हुनेछ। दाम्पत्य जीवनमा सानातिना प्रतिकूल स्थिति उत्पन्न हुनेछन।

स्वास्थ्य
स्वास्थ्य सम्बन्धी चिन्ताबाट मुक्ति मिल्नेछ। स्वास्थ्यमा बृहस्पतिको प्रतिकूल प्रभावले पेटसम्बन्धी समस्याले सताउनेछ। नशा सम्बन्धी वा हड्डी सम्बन्धी पुरानो समस्यामा कमी आउनेछ। रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि भगवान सूर्यलाई अर्ग दिनुहोस्।

शिक्षा
यो वर्ष शिक्षाको लागि सफल र फलदायी समय रहनेछ। टेक्नोलाँजी सम्बन्धी शिक्षा फलदायी रहनेछ। साहित्य वा कला र शिक्षणको क्षेत्रमा सफलता मिल्नेछ। पढाइ लेखाइको लागि विदेशतिर जाने योगमा बाधा आउन सक्ला।

शुभ रंग
कालो, नीलो, बैजनी र खैरो

शुभ अंक
३, ६, र ९

शुभ बार
बुधबार, शुक्रबार र शनिबार

शुभ महिना
कार्तिक, पुष र चैत

उपाय
ग्रह शान्ति आदि गरेर भगवान विष्णुको उपासना र देवीको उपासना गरेर वर्षभरि मान प्रतिष्ठा बढाउन सक्नुहुनेछ। बृहस्पति र राहुको शान्तिको लागि पीपलको पूजा गर्नुहोस्।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.