Brischik | Nepali Yearly Rashifal 2082 | वृश्चिक वार्षिक राशिफल २०८२

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

बृश्चिक राशि हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिएको छ । बृहस्पति, शनि र राहुको प्रतिकूलताले कार्यक्षेत्रमा समस्या, राज्यबाट समस्या र भोगविलासिता र बाहन सुखमा कमी हुनेछ। बोलीमा कठोरता र सन्तानमा समस्या देखिन सक्छ। अज्ञात भय र मनमा चिन्ताको योग रहेको छ । शनिको अढैया दशा सकिएकाले रोग तथा आलस्य हराएतापनि पाँचौं शनि र चौथो राहुले मातृ तथा गृह सुखमा कमी ल्याउनुका साथै नोकरीमा सम्मान नमिल्न सक्छ। पारिवारिक विषयवस्तुमा केही समस्याहरू रहेका छन्‌ त्यसर्थ सावधान रहनुहोला। आमा र बुवासंगको सम्बन्धको कुराकानीमा पनि सचेत रहनुपर्ने आवश्यकता रहेको देखिएको छ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि अनुभवी जनहरूको सल्लाह अवश्य लिनुहोला।

वैशाख : शत्रुमाथि विजय
जेठ : यात्रा र खर्चमा वृद्धि
असार : स्वास्थ्यमा कमजोरी
साउन : पाप र मानहानी
भदौ : अधुरा काम पूरा हुने र सुखमा वृद्धि
असोज : धन प्राप्ति
कार्तिक : आकस्मिक धननाश यात्राको योग
मङ्सिर : स्थान परिवर्तन
पुस : हानि नोक्सानी
माघ : अचानक धनलाभ
फागुन : स्वास्थ्य कमजोर
चैत : आर्थिक संकट

कार्यक्षेत्र
नोकरी वा पेसा हुनेहरूका लागि यो वर्ष सामान्य रहेको देखिन्छ तर यदि तपाईं व्यापार व्यवसायमा हुनुहुन्छ भने विशेष लाभका स्थितिहरू रहनेछन् । व्यापारमा प्रगति, उन्नतिका र नयाँ अवसर पनि प्राप्त गर्न सक्नुहुने छ। कुनै पनि नयाँ व्यापार प्रारम्भ गर्न चाहनुहुन्छ भने भाग्यले राम्रो साथ दिनेछ। आम्दानीका नयाँ स्रोतहरू प्राप्त हुनेछन्‌ तर खर्चमा पनि वृद्धि हुने छ।

प्रेम सम्बन्ध
पञ्चमका शनि भएको कारणले गर्दा प्रेम सम्बन्धमा उतार चढाव देखिन सक्छ। कसैमाथि पनि छिट्टै विश्वास गरिहाल्नु तपाईको लागि हानिकारक हुन सक्छ। आफन्तजनहरुसँग पनि सानो तीनों विषयवस्तुलाई लिएर विवादहरू उत्पन्न हुने सम्भावना रहेको छ। साझेदारी व्यापारमा र दाम्पत्य जीवनमा सुमधुर स्थिति रहेको देखिएको छ।

स्वास्थ्य
पारिवारिक स्वास्थ्यमा सामान्य समस्या रहेको देखिएको छ । घरपरिवार वा आफन्तजनहरूको स्वास्थ्यलाई लिएर सचेत रहनुपर्ने हुन्छ ।

शिक्षा
विद्यार्थी वर्गमा पर्नुहुन्छ भने यो वर्ष तपाईंको लागि अति नै उपयुक्त र राम्रो रहेको देखिएको छ । आलसलाई चै परित्याग गरेर अगाडि बढ्नुभयो भने सफलताका योगहरू रहेका छन्। इन्जिनियरिङ क्षेत्रका विद्यार्थीहरूको लागि विशेष राम्रो अवसर प्राप्त हुनेछ। कुनै प्रकारका मुद्दा मामिला रहेका छन् भने आफै अगाडि बढेर सुल्झ्याउन सक्नुहुनेछ। वैदेशिक रोजगारको लागि वर्षको प्रारम्भको समय अति नै उपयुक्त र हाम्रो रहेको देखिएको छ तर मध्य समय र वर्षको अन्त्य समयमा केही समस्याहरूको यहाँले सामना गर्नुपर्ने हुन्छ ।

शुभ रंग
कलेजी,रातो र खैरो

शुभ अंक
१,२,५ र ९

शुभ बार
आइतबार, मंगलबार र बिहीबार

शुभ महिना
वैशाख भदौं र माघ

उपाय
मंगलवारको दिन गणेशजीलाई दुवो अर्पण गर्नुहोस्‌ र वर्षभरि नै हनुमानजीको विशेष आराधना गर्नुहोस्‌। कसैलाई रातो कपडा दान गर्दा पनि राम्रो हुने छ।


View All yearly Rashifal
Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.