International Day For The Preservation Of The Ozone Layer/Chaturdashi Shraddha | विश्व ओजोन तह बचाउ दिवस/चतुर्दशी श्राद्ध | २०७७ भदौ ३१ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Aug/Sep 2020
    २०७७ भदौ
    ३१
    बुधवार
    Sep 16, 2020
    असोज कृष्ण चतुर्दशी
    विश्व ओजोन तह बचाउ दिवस/चतुर्दशी श्राद्ध ( International Day For The Preservation Of The Ozone Layer/Chaturdashi Shraddha )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व ओजन तह बचाउ दिवस | चतुर्दशी श्राद्ध




    विश्व ओजन तह बचाउ दिवस विशेष अडियो सामग्री

    यो वर्ष अलिक फरक छ, पृथ्वीका अर्थसंरचना, कारखाना, श्रमजीवीहरु लगायत थुप्रैको रोजीरोटीमा आँच त पुगेकै छ यस कोरोना त्रासले तर घट्दो मानव चहलपहल, औधोगिकरणमा कम बिकास, सवारी साधन अनि जहाजहरुको कम चलायमानता ले गर्दा यसवर्ष अन्य कुराहरुमा प्रतिकुल असर गरेपनि वातावरणीय कुराहरुमा भनें सुधार आएको मानिन्छ ।

    भारतका शहरहरुवाट ६० वर्षपछि नेपालका हिमश्रृखलाहरु स्पष्ट देखिएका खबरहरु, यूरोपको ईटाली, एम्सरड्यामजस्ता शहरका नहरहरुमा डल्फीनको ५० औं वर्षपछिको पूनरागमन, खुलेका आकाशहरुले अनि बादलका लहरहरुले यस वर्ष मान्छेको कम र प्रकृतिको बढि बिकास भएको स्पष्ट छ । यसै परिवेशमा ओजान तहको पनि यस वर्ष कम दोहन भएको अन्दाज लगाउन सकिन्छ, कुरा जे सुकै होस्, आजोन तह हाम्रो अस्तित्वको कडी हो, यस वर्षको विश्व ओजान तह बचाउ दिवसमा यहाँहरुलाई स्वागतम ।

    विश्वभरी जुनै पनि महादेश या देशका विधालयका प्रार्थमिक अनि माध्यमीक तहको पाठ्यक्रममा ओजोन तह, जलवायू परिवर्तन अनि घट्दो ओजोन तहलाई कसरी जोगाउने भनेंर जानकारी दिइन्छ । हामीमध्य पनि धेरैले ओजोन तह अनि जलवायू परिवर्तन जस्ता मुद्धाहरु विधालयस्तरमै पढेर अनि सुनेर चालपाएका हुनसक्छौं । संयूक्त राष्ट्रसंघका पनि विभिन्न विश्वव्यापी शैक्षिक प्याकेजहरु अनि पाठ्यक्रममा पनि यी मुद्धाहरु समावेश गरिएका छन् । विश्वभरि विभिन्न कार्यक्रमहरु हरेक बर्षको सेप्टेम्बर १६ मा ओजोन तह बचाऊ दिवस मनाइन्छ ।

    विश्व ओजोन दिवस पनि भनिने सेप्टेम्बर १६ मा सन् १९८७ मा २४ वटा राष्ट्रले ओजोन विनाशक हानीकारक तत्वहरु को उत्पादनमा कम गर्ने मोन्टेरल हस्ताक्षरको दिन याद दिलाँउदछ । यस्ता हानीकारक तत्वहरुमा क्लोरोफ्लोरो कार्वन लगायत अन्य बिभिन्न ९४ वटा रसायनहरु पर्दछन् । यस विश्व ओजोन दिवस सन् १९९५ देखि मनाँईदै आएको हो ।

    स्म्रण रहोस् पृथ्वीको वातावरणीय तहमाथि करिब १५ देखि ३० किमी माथि रहेको ओजोन एउटा रक्षात्मक कवज हो । यसले सूर्यका हानीकारक किरणहरु लाई पृथ्वीमा सोझै छिर्न बाट रोक लगाँउदछ । मानविय क्रियाकलापका कारणले गर्दा अनि अव्यबस्थित औधोगिकरण अनि ज्यादा रसायनको प्रयोगले यस्तो ओजोन तहहरु च्यातिन अनि विनाश हुन थालेको छ ।

    स्मरण रहोस् यसरी विनाश भएको ओजोन तह जति चाहेपनि मान्छेले आँफैं बनाउन सक्दैन्, मानव अनि सभ्यताको सुरक्षाका लागि ओजोनको संर्वधन अत्यन्त जरुरी छ । ट्राफिक जाममा गतिहीन ईन्जीनहरुको धुँवा अनि त्यसको तापबाट गाडीको पेन्ट अनि एयर कन्डीशनवाट क्लोरोफ्लोरो कार्वन उत्पन्न हुन्छ । ओजोन तहको बचावटका लागि भरपर्दो सार्वजनिक यातायातका साधनहरुको उपलव्धता अनि ईन्धनको कम खपत हुने साधनहरु जस्तै साईकल अनि पैदलयात्रा को प्रर्वधन जरुरी छ । त्यस्तै हामीले शरीरमा हाल्ने अत्तर अर्थात बडी स्प्रे अनि फ्याक्ट्रीमा प्रयोग हुने गन्ध आउने अत्तर अनि सुगन्धात्मक पदार्थहरुलाई ओजोन तह विनाशको प्रार्थमिक कारण मानिन्छ । यस्ता पदार्थलाई स्प्रे एरोसोल भनिन्छ जुन पचासौं वर्षदेखि उधोगमा प्रयोग हुँदै आएको छ । यस्ता स्प्रेमा क्लोरोफ्लोरो कार्वन हुन्छ, जसले ओजोन तहमा पुगेर परावैजनी तहसंग मिलेर ओजोनलाई विनाश गर्दै क्लोरिनका रुपमा परिवर्तन हुन्छ । यस्ता क्लोरिनका एउटा अणुले हजारौं ओजोनका अणुहरुलाई विनाश गरिदिन्छ ।

    ओजोनको विनाससंगै घाममा हानीकारक किरणहरु आउने, क्यान्सर लगायत अन्य रोगहरुको वृद्धि हुने, जमिन जलचर अनि थलचरको जीवनमा नकारात्मक असर गर्ने अनि समग्रमा मानव अस्तित्वनै संकटमा पर्दछ । पृथ्वीको अन्य क्षेत्रमा २० प्रतिशतले ओजोन तह विनाश भएको तथ्याकं भएपनि अन्टार्कटिका माथि भने चिसो मौसम अनि क्लोरिनको बाक्लोपनाको कारणले ८० प्रतिशत बढि ओजोन तह बिनाश भइसकेको छ, यस ठाँउलाई सन् १९८० देखि नै ओजोन दुलो भन्ने गरिन्छ ।

    अर्कोतर्फ फोहोर मैलाको उचित व्यबस्थापन पनि क्लोरोफ्लोरो कार्वनको कमीका लागि जरुरी छ । दुर्भाग्य नेपालका अधिकाशं शहरहरुको अव्यबस्थित शहरीकरण, अचाक्ली आधुनिक अनि बिलासी जिवनशैलीको मुल्य ओजोन सतहले चुकाउनु त परिरहेको छैन् ।

    हुन त सामान्यतया परमाणु शक्ति अनि न्यूक्लिएर भट्टिहरु नभएको साथै अत्याधिक प्रदुषण गर्ने भिमकाय उधोग पनि नभएको हिसाबले नेपाल तुलनात्मक रुपमा ओजोन सतह बिनाशको भागीदारमा कम भागमा पर्न सक्दछ तथापि पृथ्वीका सम्पूर्ण वासीले यो दुर्भाग्य सहन गर्नुपर्ने भएकाले हामी सचेत हुन जरुरी छ । बिकासको नाममा बिनाशको साटासाट गर्नु बुद्धिमत्ता पक्कै हैन्, तसर्थ अवको विकासका पूर्वाधारहरु वातावरण मैत्रि अनि ओजोन सतह मैत्री पनि हुन जरुरी छ ।

    आँउदा पुस्तालाई स्वच्छ अनि सुरक्षित विश्वको आधार हस्तान्तरण गरिन जरुरी छ ।
    घाम बिना सृष्टि संभव छैन्, घामका किरणहरु छान्ने ओजोनलाई बचाउन हाम्रो जिम्मा हो । ओजोन को सुरक्षामा हाम्रो अस्तित्व लुकेको छ । ओजोन तह सुरक्षा दिवसको शुभकामना

    चतुर्दशी श्राद्ध


    सोह्र श्राद्धका तिथीहरु क्रमश अघि बढ्दैछन्, यस वर्ष अन्य वर्षहरु भन्दा फरक छ, यस वर्ष कोरोना त्रासका कारणले सहज पितृ कर्महरु गरिन सकिएको छैन यद्धपी आँउदा वर्षहरुमा यी कठिनता र जटिलता हटेर जाउन, हाम्रो कामना छ ।

    सोह्र शाद्धको प्रारम्भसंगै अबका सकल पक्षहरु पितृ पक्षका स्वरुपमा आँउदै जानेछन् । पृथ्वी र स्वर्गको बिचमा भएको पितृ लोकमा रहेका सबै देवता समान पितृहरुको मोक्षको कामना, सकल पितृहरुले बैतर्नी नदि तर्न पाउन अनि पितृप्रेम कायम रहोस् । पितृहरुको आर्शिवाद कायम रहोस्, सदिक्षा र शुभेच्छा कायम रहोस्, हामी आजको स्वरुपमा पितृहरुको अवशेष र पितृहरुकै स्वरुप हौं, हैन र ?

    प्रत्येक वर्ष आश्विन कृष्ण पक्षमा दिवंगत पितृका नाममा गरिने सोह्र श्राद्धका लागि आवश्यक पर्ने अपराह्नकालको समय निर्धारण गरिएको छ । यो समयभित्रमै पिण्डदान गर्नु पर्नेछ । तर्पण, दियो पूजा, विश्वेदेवा ब्राह्मण लगायत पूजा तोकिएको समय अघि नै गर्न सकिनेछ । यो समयमा पिण्डदान नगरे पितृले पाउँदैनन् भन्ने मान्यता रहन्छ ।

    वैदिक सनातन संस्करमा सामान्यतया पितृकर्म अर्थात श्राद्ध दुईपटक गरिन्छ, वर्षमा नियमित श्राद्ध पितृहरुको देहावसान भएको तिथीमा र अर्को श्राद्ध चाँही सोह्र श्राद्धको अवधिमा गरिन्छ । यस बर्षको सोह्र श्राद्धको शुरुवातसंगै हरेक परीवारमा शान्ति, खुशियाली कायम भइरहोस्, पितृहरुको आशिष सदासर्वदा कायम होस्, स्वर्गको ढोका खुलेर पितृहरुको बैकुण्ठ वास होस्
    चतुर्दशी श्राद्ध तिथीमा बैकुण्ठवास हुनुभएका पितृहरुको मोक्षको कामना ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.