आउँदा दिनहरु
-
१२वैशाख
-
१३वैशाख
-
१४वैशाखमातातीर्थ औंसी २ दिन पछि
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअक्षय तृतीया/शिव पार्वती विवाह महोत्सव ५ दिन पछि
-
१८वैशाखअन्तर्राष्ट्रिय श्रमिक दिवस ६ दिन पछि
-
१९वैशाख
-
२०वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ८ दिन पछि
-
२१वैशाख
-
२२वैशाखगोरखकाली पूजा १० दिन पछि
-
२३वैशाखसीता जयन्ती व्रत ११ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस १२ दिन पछि
-
२५वैशाखमोहिनी एकादशी व्रत/विश्व रेडक्रस दिवस १३ दिन पछि
-
२६वैशाखकानून दिवस/प्रदोष व्रत १४ दिन पछि
-
२८वैशाखनृसिंह जयन्ती/महिला ज्योतिष संघ स्थापना दिवस १६ दिन पछि
-
२९वैशाख
-
१जेठवृष संक्रान्ति/अन्तर्राष्ट्रिय परिवार दिवस २० दिन पछि
-
३जेठविश्व दूरसञ्चार दिवस/विश्व उच्च रक्तचाप दिवस २२ दिन पछि
-
६जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा २५ दिन पछि
-
८जेठअन्तर्राष्ट्रिय जैविक विविधता दिवस २७ दिन पछि
-
९जेठअपरा एकादशी व्रत २८ दिन पछि
-
१०जेठशनि प्रदोष व्रत २९ दिन पछि
-
११जेठसिथि चःह्रे ३० दिन पछि
-
१२जेठबटसावित्री व्रत/शनि जयन्ती ३१ दिन पछि
-
१४जेठगोसाइकुण्ड स्नान आरम्भ ३३ दिन पछि
-
१५जेठगणतन्त्र दिवस ३४ दिन पछि
-
१७जेठविश्व धुम्रपान रहित दिवस ३६ दिन पछि
-
१८जेठसिथि नख:/विश्व बुवाआमा दिवस ३७ दिन पछि
-
२०जेठभौमाष्टमी व्रत/गोरखकाली पूजा ३९ दिन पछि
-
२१जेठ
-
२२जेठ
-
२४जेठनिर्जला एकादशी व्रत (तुलसीको दल राख्ने) ४३ दिन पछि
-
२५जेठप्रदोष व्रत ४४ दिन पछि
-
२७जेठपूर्णिमा व्रत ४६ दिन पछि
-
२८जेठज्यापुन्ही/कवीर जयन्ती ४७ दिन पछि
-
२९जेठविश्व बालश्रम विरुद्ध दिवस ४८ दिन पछि
-
३१जेठविश्व रक्तदाता दिवस ५० दिन पछि
-
१असार
-
२असारअन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस ५२ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Hamro patroनेपाल संस्कृत विश्वविद्यालय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Amrit Paudelवाराणसीकै सम्पूर्णानन्द संस्...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Bhandariउप-प्राध्यापक (lecturer of Astrology), 'कुलपत...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपाल�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Krishna Prasad Bhandariउपप्राध्यापक (Asst. professor of Sanskrit) नेपा�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
राशीफल
साहित्य / ब्लग
- Akshaya Tritiya | Shiv Parvati Vivaha Mahotsav
- अक्षय तृतीया | शिव पार्वती विवाह महोत्सव
- परशुराम जयन्ती | अन्तर्राष्ट्रिय नृत्य दिवस
- Parshuram Jayanti | International Dance Day
- World Day for Safety and Health at Work
- काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
- Matatirtha Aaunsi (Mother's Day)
- मातातीर्थ औंसी (आमाको मुख हेर्ने दिन)
- World Intellectual Property Day
- विश्व बौद्धिक सम्पत्ति दिवस
- 2072 Earthquake rememberance day | World Malaria Day
- नयाँ वर्ष | मेष संक्रान्ति | बिस्का: जात्रा
- Nepali New Year | Mesh Sankranti | Biska Jatra
- स्वामी शशिधर जन्मजयन्ती
- World Art day
- विश्व कला दिवस
- Hanuman Jayanti | Baisakh Snan Praarambha | Poornima Vrata | Balaju Bais Dhara Mela | International Day of Human Space Flight
- हनुमान जयन्ती | बैसाख स्नान प्रारम्भ | पूर्णिमा व्रत | बालाजु बाइस धारा मेला |अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस
- Mahavir Jayanti | Pradosh Vrata
- महावीर जयन्ती | प्रदोष व्रत
- Kamada Ekadashi
- कामदा एकादशी
- तिमी कठोर भैदिएर
- हरियाली मन पर्छ
- कलेजको बिदाइ
- आँखाको गहिराइमा हराएर
- तिमिले चीनेको म
- रमाइलाेअनि ज्ञानले भरिएकाे पुस्तक सुरुङको बाटो
- Stay Cool & Protected: Must-Have Summer Essentials from Hamro Mart
- The Best Summer Essentials to Gift Your Loved Ones in Nepal
- तिमी थियौ म थिएँ
- हुन्छ त
- गल्ली-गल्ली
- मनको वेदना
- कहाँ जादैछौ
- माटोको कथा
- The Boxcar Children
- Rang Ramailo & Savings – This Holi, Shop Smart with Hamro Mart!
- एक्लो
- भुइँ भेट्यो भुमाले
- यो प्रेम
- के हो कालसर्प योग? जीवनमा कस्तो प्रभाव पार्छ?
- आध्यात्मिक गुरु श्री स्वामी चिदानन्द गिरिज्यूको आध्यात्मिक प्रवचन
- Spiritual Discourse led by Guru Sri Swami Chidananda Giri
- Charlie and the Great Glass Elevator
- मन छ
- प्रेमदिवस
- गल्ती गरेछु
- Ending the Session with a Blast: The Subtle Art of Pitching at Hult Prize at IOE’s Sixth and Final Talk Series Session
- भर हुन्न
- २०८२ का शुभ साइतहरू
- २०८२ मा दशैं अनि तिहार
- दोहोरिने छैन
- मौसम
- हराएको सपना
- ‘कस्तो राम्रो चङ्गा
- समय लाग्छ
- हाम्रा प्रेम
- कोमल हृदय
- समय
- यात्रा संगै गरौँ
चैत कृष्ण औंसी
घोडे जात्रा | विश्व नेवा: दिवस

घोडा र मानिसको सम्बन्ध, नर अश्व सहअस्तित्व
घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन् दस्ताबेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन् किसिमका कथा–किस्साहरू पनि जीवितै छन् । युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।
विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।
अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ, ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।
आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौँमा घोडे जात्रा मनाइँदै छ । चाहे काठमाडौँका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना सालिक या तस्बिर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडांंैको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ युगान्तदेखि काठमाडौँको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।
घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।
यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौँमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।
यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडे जात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।
घोडे जात्रा किन मनाइन्छ ?
काठमाडौंवासी हरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ..... परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।
अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
काठमाडौँ र पाटनको घोडे जात्रा विशेष किस्सा
यो इतिहासको एउटा टुक्रा हो, आज हामी हाम्रो पात्रोमा यसलाई जाहेर गर्दैछौं । उति बेला काठमाडौँ, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । काठमाडौँका राजा प्रताप मल्ल, मल्लवशकै सबैभन्दा शक्तिशाली राजा मानिन्छन् । विसं. १६९८ देखि १७३१ सम्म यिनले अविच्छिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्री निवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।
उपत्यकाका अन्य राज्यहरूसँग राम्रो सम्बन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्री निवास मल्लसँग पनि ठुलै मनमुटाब थियो । उति बेला पाटनका नागरिकहरू घोडे जात्रा हेर्न काठमाडौँ आउने, काठमाडौँका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।
नेपाल संवत् ७८७ तिर काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्री निवास मल्लबिच मनमुटाब भएपछि पाटनका जनता काठमाडौँमा घोडे जात्रा हेर्न नजाउन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको भन्ने किंवदन्ती सुन्न पाइन्छ । पाटनका राजा श्री निवास मल्लले पाटनमा घोडे जात्रा सुरुवात गराए । यो जात्रा काठमाडौँको जत्रो रौनकपूर्ण नभए पनि पाटनको आत्मनिर्भरताका लागि ठुलै काम साबित भएको थियो । यसरी राजा श्री निवासले सुरु गराएको पाटनको घोडे जात्रा आज पनि फरक परिवेशमा नियमित सञ्चालन हुन्छ ।
घोडे जात्रा उपत्यकामा हुने विशेष क्रियाकलापहरू
आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भुत दैवी मिलन हुने गर्छ । आउनुहोस्, हामी बेलिबिस्तार लाउँदै छौ.....
आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरवहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हो, जब यी सबै भैरव प्रतिमाहरूले एक–अर्कालाई भेट्छन् । यसर्थमा हामीले आजको दिनलाई दैवी मिलनका रूपमा व्याख्या गरेका हौँ ।
घोडे जात्रा अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिङारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडे जात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाँक्ने गरिन्छ । घोडे जात्रा अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडे जात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बिउ रोप्ने चलन पनि कायमै छ । हाल घोडे जात्रा काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रूपमा मनाउने गरिएको छ । काठमाडौँबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडे जात्रा मनाउने गरिन्छ ।
पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरण रहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौँका बिच आजको दिन अर्थात् घोडे जात्रा दिन कुन सहरमा कसको घोडे जात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । यस जात्राको रङ्गमा उपत्यकाका सहरहरू आज पनि आ–आफ्नै ढगंमा रङ्गिने गरेका छन् । आजको दिनको शुभकामना ।
विश्व नेवा: दिवस
मार्च महिनाको अन्तिम शनिवार
हरेक वर्षको मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’का रूपमा मनाइन्छ । यो दिवस सन् २०१८ बाट मनाउन सुरु गरिएको हो । यो वर्षको विश्व नेवा: दिवसमा नेपाली छातामुनिका हरेक भाषा, संस्कृति र पहिचान बोकेका सबैलाई स्वागत छ ।
काठमाडौँ उपत्यका मूल थलो भएको नेवार समुदाय एउटा मूल बासी भाषिक समुदाय हो । सांस्कृतिक रूपले निकै सम्पन्न यो समुदायको आफ्नै भाषा र लिपि छ । त्यति मात्र हैन, नेपालमा सबभन्दा बढी खानाका प्रकार नेवा: समुदायमा नै प्रचलित छन् ।
नेवा: साहित्य, कला र संस्कृतिको सम्मान र यसको महत्त्वलाई अन्तर्राष्ट्रियकरण गर्न हरेक वर्ष मार्च महिनाको अन्तिम शनिवार लाई ‘विश्व नेवा: दिवस’ मनाउन थलिएको हो । आज आठौं नेवा: दिवस हो । आजको दिन वर्ल्ड नेवा: अर्गनाइजेसनले काठमाडौँमा विशेष कार्यक्रम गर्दछ भने विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
विश्वभर फैलिएर बसेका नेवारहरूलाई एकताबद्ध बनाउने उद्देश्यले आयोजना हुन लागेको यो दिवसमा विश्वको कुना कन्दरामा बस्ने नेवा: समुदायले विभिन्न कार्यक्रम गरी दिवस मनाउने गर्छन् ।
गत वर्ष भने यस दिवसको कार्यक्रममा नेवा: समाज र नेपाल भाषाको विकासमा उल्लेख्य योगदान दिने आठ विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो ।
यस वर्षको विश्व नेवा दिवसका बारेमा आधिकारिक वेबसाइटले जानकारीहरु राखेको छ । चौथो WNO महाधिवेशन तथा साधारण सभाका बारेमा विश्व नेवा संगठन कार्यकारी समिति (WNO EC) मार्च २७, २०२५ मा सकिँदैछ र नयाँ कार्यकारिणी समितिको निर्वाचन शनिबार जुन २५ मा न्यूयोर्कमा हुने विश्व नेवा संगठनको चौथो महाधिवेशनमा हुनेछ भनी प्रकाशन गरिएको छ। थप विवरण चाँडै पोस्ट गरिनेछ भनेर प्रकाशन गरिएको छ ।
विश्व नेवा संगठनको आधिकारिक बेवसाइट
https://www.worldnewah.org/ हो ।
यद्धपि यस साइटमा हामीले यस वर्ष भनेँ पहुँच गर्न सकेनौं । यस संस्थाको फेसबुक पेज चाँही यहाँ छ ।
https://www.facebook.com/worldnewah/
हुन त, अनेक किसिमका चाडपर्व मनाउँदै आएका नेवारहरूलाई यो नयाँ चाडको आवश्यकता किन भन्ने प्रश्न स्वाभाविक रूपमा उब्जिन सक्छ । अझ नेवा: दिवस भनेर मनाउने नै भए नेवारहरूका चाडपर्वहरूमध्ये कुनै चाडलाई छानी त्यही दिनलाई विश्व नेवा: दिवस भनी मनाए पनि नहुने होइन ।
यो दिवस मनाउनुको मुख्य तात्पर्य नै विश्वभरका नेवारहरूलाई एक ठाउँमा ल्याई नेवार भाषा, संस्कृति र अधिकारका लागि आवाज उठाउने एउटा माध्यमका रूपमा विकास गर्नु हो । यो दिवस मनाउनुको अर्को उद्देश्य विशेष गरी प्रवासमा रहेका नेवार समुदायबिच सम्पर्क बिस्तार गर्ने डबलीको रूपमा विकास गर्नु हो ।
नेपाल बाहिर पनि नेवारहरूले विभिन्न चाडपर्वहरू मनाउँदै आएका छन् । हाल अमेरिकाका नेवारहरू येँयाःपुन्हि, सिथि नखः, सापारु, पाहांचःह्रे, यःमरि पुन्हि आदि चाडहरू मनाउँदै आएका छन् । त्यसै गरी क्यानडा, अस्ट्रेलिया, जापान र युरोपका विभिन्न देशहरूमा यी विभिन्न चाडपर्वहरू मनाउने क्रम बढ्दो छ ।
नेवार समुदाय रहेका प्रायः देशमा बर्सेनि म्ह पूजा मनाउने चलन यसअघि नै चलेको थियो । यी चाडपर्वमा सम्पूर्ण कार्यक्रम सांस्कृतिक गतिविधिमा केन्द्रित हुन्छन् । यी दिनहरूमा भाषा, संस्कृति वा हक अधिकारबारे विचार–विमर्श गर्न कम मात्र समय हुने गर्दछ ।
त्यस कारण यी कार्यका लागि कुनै अलग दिन खोजी भाषा र संस्कृतिबारे विचार–विमर्श गर्ने, सचेतना जगाउने कार्य गर्न सकिन्छ कि भन्ने उद्देश्यले विश्व नेवा: दिवस मनाउने सुरुवात सन् २०१८ देखि सुरु भएको हो ।
सन् २०१८ मा विश्व नेवा: दिवसको दिन विश्वका २२ देशहरूमा अनेक कार्यक्रम गरी मनाइएको थियो । त्यसै गरी यो वर्ष पनि नेपाल, अमेरिका, क्यानडा, बेलायत, हङकङ, अस्ट्रेलिया, यूएइ, पोर्टुगल लगायत देशमा यो दिवस भव्यताका साथ मनाइँदै छ ।
आजको दिन बिहान ८ बजे नेवा: समुदायका मानिसहरूले सांस्कृतिक र्याली आयोजना गर्दैछन् । यो र्याली राष्ट्रिय सभा गृहमा आएर विश्व नेवा सम्मेलनमा टुङ्गिनेछ । यसअघि विदेशतिर भइरहेको यो नेवा: सम्मेलन पछिल्ला वर्षहरुमा भने नेपालमा पनि हुन थालेको छ ।
नेवास् समुदायमा आइरहेको विभिन्न समस्याहरूलाई पनि आजको दिवसले प्रकाश पर्छ । काठमाडौँ उपत्यकाको स्थानीय जनता, संस्कृति र सम्पदाहरूलाई विकासको नाममा विस्थापित गर्न खोजिएको समस्याहरूबारेमा पनि आजको दिन विशेष छलफल हुने गरेको छ । नेवा: समुदाय सांस्कृतिक रूपले निकै सम्पन्न समुदाय हो । हाम्रो संस्कृतिको रक्षा गरौँ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: