World Calligraphy Day | विश्व सुलेखन दिवस | २०८२ साउन २८ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2025
    २०८२ साउन
    २८
    बुधवार
    Aug 13, 2025
    भदौ कृष्ण चतुर्थी
    विश्व सुलेखन दिवस ( World Calligraphy Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व सुलेखन दिवस

    विश्व क्यालिग्राफी दिवस भन्दा सुन्दर ढङ्गले लेख्ने कलालाई प्रशंसा गर्नको लागि राम्रो क्षण र दिवस कुनै छैन । हरेक वर्ष अगस्टको दोस्रो बुधवार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ वाट यस दिवस मनाउन सुरु गरिएको हो ।


    सुलेखन अर्थात् क्यालीग्राफी भनेको के हो ?

    राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ । ब्रस या पेनले यसरी राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिह्नहरू पनि बनाइन्छ ।

    के तपाइलाई थाहा छ ?

    हाम्रो पात्रोका संस्थापक शङ्कर उप्रेतीको कम्प्युटर भित्र नेपाली अक्षरहरू देख्ने हुटहुटीले गर्दा नै आज नेपालीहरूको सर्वाधिक डाउनलोड भएको मोबाइल एप हाम्रो पात्रोको सुरुवात भएको थियो ।अहिले पनि युनिकोडमा रहेको नेपाली फन्टहरू जस्तै आनन्द, मङ्गल आदि फन्टहरू पहिले पेन्ट या ब्रसले डिजाइन गरिएर डिजिटल रूपमा तयार गरिन्छ ।


    कला संसारमा क्यालीग्राफी को प्रभाव

    जानीजानी वा नजानी, हामीले यस्ता धेरै पात्र र चिह्नहरूलाई साहस वा बुद्धिको प्रतीकका रूपमा आफ्नो लुगा वा भित्तामा टाँसेका वा कोरेका हुन्छौँ। कुनै अक्सर विशेषले लेखिएका शब्दहरूले हाम्रो सोच र समन्वयमा नै फरक प्रभाव पारिरहेको हुन सक्छन् ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिन सक्छ। इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ ।चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।

    नेपालमा धेरै समूह र संस्थाहरूले सुलेखनलाई विशेष गरी देशका परम्परागत लिपिहरूको प्रवर्द्धन गर्दै आइरहेका छन् । यी संस्थाहरू मध्ये क्यालिजात्रा, क्यालिग्राफी नेपाल, नेपाल लिपि गुठीले उल्लेखनिय कामहरू गरिरहेको छ ।


    क्यालिजात्रा

    क्यालिजात्रा नेपालको सुलेखन संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्न समर्पित एक गतिशील युवा समूह हो । रञ्जना लगायतका प्रचलित नेपाल लिपि, भुजनमोल, देवनागरी जस्ता परम्परागत लिपिहरूको पुनरुत्थानमा केन्द्रित छ । क्यालिजात्राले यी प्राचीन लेखन शैलीहरूलाई जीविन्त राख्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ ।


    क्यालिजात्रा फाउण्डेशनका संस्थापक, आनन्द के. महर्जन भन्नुहुन्छ, "नेपालमा धेरै सुन्दर र विशिष्ट कलात्मक लिपिहरू छन् । हाम्रो समुदायले क्यालिग्राफीको क्षेत्रमा ठूलो योगदान दिएको छ, र यस संस्कृतिलाई जोगाउन र प्रवर्द्धन गर्न अत्यन्त जरुरी छ । विशेष गरी रञ्जना लिपि अत्यन्तै सुन्दर छ। हामीले भारतको Ekype सँगको सहकार्यमा 'नित्य रञ्जना' नामक सुन्दर फन्ट विकास गरेका छौँ, जसले D&AD Yellow Pencil र TDC Excellence Award जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय डिजाइन पुरस्कारहरू जितेको छ। यो नेपालका लागि गौरवको कुरा हो।"

    क्यालिजात्राका उप-अध्यक्ष लुमु श्रेष्ठ भन्नुहुन्छ "हाम्रो ध्यान सधैं रञ्जना लिपिको प्रवर्द्धनमा केन्द्रित छ, र हामीले काठमाडौं उपत्यका र नेपालका ८०+ स्थानहरूमा सामुदायिक सत्रहरू सञ्चालन गरेका छौं।"विभिन्न कार्यशालाहरू, प्रदर्शनीहरू, र सामुदायिक सुशिक्षित कार्यहरू मार्फत कलाको रूपमा मात्र नभई नेपालको सांस्कृतिक सम्पदाको संरक्षणमा एक महत्त्वपूर्ण प्रयास गरिरहेका छन् । यी परम्परागत लिपिहरूसँग आधुनिक पुस्तालाई जानकारी प्रदान गरेर क्यालिजात्राले नेपाली सुलेखनको सुन्दरता र इतिहासलाई निरन्तर प्रेरणा दिइ फस्टाउने कुरा सुनिश्चित गर्दछ ।


    क्यालिग्राफी नेपालः

    नेपालमा सुलेखनलाई निरन्तर प्रवर्द्धन गर्ने अर्को समूह भनेको क्यालिग्राफी नेपाल हो । क्यालिग्राफी नेपालले नेपालमा सुलेखन कलाको संरक्षण गर्न समर्पित क्यालिग्राफर र कलाकारहरूको जीवन्त समूह हो ।


    क्यालिग्राफी नेपालका संस्थापक रतन कर्ण भन्नुहुन्छ "कलिग्राफी भनेको अद्वितीय हस्तलेखन सिर्जना गर्नु मात्र होइन, यो आफैमा एउटा कला हो। र यहि कलालाई संरक्षण गर्नका लागि विभिन्न कार्यशालाहरू र रचनात्मक गतिविधिहरू मार्फत सक्रिय रूपमा समुदायहरूलाई परम्परागत नेपाली लिपिहरूको बारेमा जानकारी दिने कार्य क्यालिग्राफी नेपालले गर्दछ । जसले देशको सांस्कृतिक पहिचानको पक्षलाई संरक्षण गर्दछ ।"क्यालिग्राफी कलाकार सौरभ थापा श्रेष्ठ भन्नुहुन्छ "यस इभेन्टको उद्देश्य नेपालको सुलेखन परम्परालाई प्रवर्द्धन र लोकप्रिय बनाउनु हो, आधुनिक पुस्तालाई पुरातन लेखन शैलीसँग जोड्नु हो।"

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.