World Tiger Day/Kalki Jayanti/World Day against Trafficking in Persons | विश्व बाघ दिवस/कल्की जयन्ती/अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस | २०८२ साउन १४ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2025
    २०८२ साउन
    १४
    बुधवार
    Jul 30, 2025
    साउन शुक्ल षष्ठी
    विश्व बाघ दिवस/कल्की जयन्ती/अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस ( World Tiger Day/Kalki Jayanti/World Day against Trafficking in Persons )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व बाघ दिवस

    विश्व बाघ दिवस

    विशेष अडियो सामग्री

    बाघ संरक्षणको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ दिवस’का रूपमा मनाइन्छ ।सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन थियो । रुसका तत्कालीन प्रधानमन्त्री भ्लाडिमिर पुटिन र विश्व बैङ्कका अध्यक्ष रोबर्ट जोलिकको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम थालनी गरिएको हो । त्यसयता हरेक वर्ष अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो । यस दिन बाघको संरक्षणार्थ उनीहरूको बास स्थलको संरक्षण, बाघको सङ्ख्यामा आएको ह्रासबारे जनचेतना वृद्धि, उनीहरूको संरक्षणका मुद्दाहरूको उठानका साथै बाघ संरक्षणमा भएका प्रयासहरूको सराहना र प्रोत्साहन गरी यो दिन मनाइन्छ ।

    बाघको महत्त्व

    बाघलाई संसारभर प्रतिकात्मक प्राणीको रूपमा लिने गरिन्छ । प्राकृतिक सम्पदाको रूपमा रहेको बाघलाई सांस्कृतिक तथा ऐतिहासिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ । यो त छँदै छ, हाम्रो जैविक प्रणालीलाई सन्तुलनमा राख्न पनि यसले योगदान पुर्‍याउँछ । खाद्य शृङ्खलामा बाघ मुख्य सिकारी जनावर भएका कारणले जनावरलाई नियन्त्रणमा राखी वातावरण सन्तुलनमा यसको उल्लेखनीय योगदान हुन्छ ।बाघलाई वातावरणीय सन्तुलन कायम राख्न मात्र होइन, अन्य पशुपन्छीहरूलाई सहारा प्रदान गर्न सक्ने प्राणीको रूपमा पनि वनस्पति तथा पशुपन्छी विज्ञहरू चिन्छन् । यसलाई अङ्ग्रेजीमा ‘अम्ब्रेला स्पेसिज’ भनिँदो रहेछ । बाघलाई संरक्षण गर्दा धेरै ठाउँ चाहिने भएकाले ठुलै जङ्गल संरक्षित गरिनुपर्छ । यसरी जङ्गलको संरक्षण गर्दा अन्य पशुपन्छीहरूले पनि वासस्थान पाउने भएकाले बाघलाई महत्त्वपूर्ण प्रजातिको रूपमा विश्लेषण गरिन्छ । बाघलाई संरक्षण गर्दा हामीले वन जङ्गलको पनि संरक्षण गरिरहेका हुन्छौँ ।


    बाघ संरक्षण कार्यक्रमहरू

    सन् १९७० देखि बाघ संरक्षण कार्यक्रमहरू गरिए पनि बाघको सङ्ख्या दिनानुदिन कम हुँदै गइरह्यो । त्यसपछि बाघका वासस्थान भएका मुलुकहरू एकै ठाउँमा भेला हुँदै संयुक्त प्रयास गरेको खण्डमा मात्रै संरक्षण गर्न सकिने खाँका बन्यो । बाघका वासस्थान भएका १३ मुलुकको एकतालाई उदाहरणीय मानिएको छ ।

    २० औँ शताब्दीको पूवाद्र्धमा बाघको जनसङ्ख्या १ लाखको हाराहारीमा रहेकामा यो सङ्ख्यामा ह्रास आई ३,२०० मा झरेको तथ्याङ्कले देखाउँछ । यिनीहरूको सङ्ख्या घट्नुमा मुख्य कारण भनेको जङ्गल फडानीले गर्दा बास स्थलको कमी, मौसममा परिवर्तन, गैर कानुनी सिकार को उपज हो ।


    यो प्रवृत्तिमा रोक ल्याउने हेतुले १३ मुलुकहरू संयुक्त रूपमा सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने महत्त्वाकाङ्क्षी लक्ष्य लिएर विभिन्न पशुपन्छी संरक्षणार्थ संस्थाहरूको सहयोगमा अघि बढिरहेका छन् । भारत, नेपाल, भुटान, बङ्गलादेश, कम्बोडिया, चीन, लाओस्, म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड, भियतनाम, मलेसिया र रुसको संयुक्त प्रयासमा बाघ संरक्षण कार्यक्रम अघि सारेको ११ वर्ष हुँदै छ ।

    कल्की जयन्ती

    कल्की जयन्ती

    विशेष अडियो सामग्री

    आज के के गरिन्छ ?

    सबेरै उठेर स्ना नगरी विष्णु सहस्त्रानाम जाप गर्ने , कल्की अवतारको प्रतिमा स्थापना गरी बीज मन्त्र जाप गर्ने र कल्की अवतारको आसन बनाएर पञ्चामृतले स्नान गराउने गरिन्छ ।


    त्यसपश्चात् आज गरिने दान पुण्यको पनि विशेष महत्त्व रहन्छ ।

    कलियुगको अन्त गराउने जन्म हुने विष्णुको यस अवतारले अधर्मको नाश गराएर धर्मको पुनर्स्थापना गराउने विश्वास गरिन्छ ।भगवान् विष्णुको दशौँ तथा अन्तिम अवतार कल्की अवतार ले धर्मको पुनर्स्थापना गराउने भएकाले यस अवतारको महत्त्व सत्ययुगको सुरुवातसँग पनि जोडिएको छ । कल्की जयन्तीले भगवान् विष्णुको यो अन्तिम अवतारको जन्म हुन लागेको याद दिलाउँछ। कलियुगमा अधर्म बढ्न थालेपछि कल्की अवतारले जन्म लिएर सबै पापीहरूको विनाश गरेर पुन एक पटक यो मानव जगत् लाई धर्मको मार्गमा पुनर्स्थापित गराउने धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ।


    कल्की अवतार सम्बन्धी भविष्यवाणी

    भगवान् विष्णुको यो अवतार ६४ ओटा कलाले युक्त हुन्छ। पुराण अनुसार भगवान् विष्णुको यो अवतारले एक जना तपस्वी ब्राह्मणको घरमा पुत्रको रूपमा जन्म लिनेछन् भने देवदत्त नामक घोडामा सवार भएर संसारमा पापीहरूको विनाश गर्नेछन् । शाम्बला भन्ने ठाउँमा पिता विष्णुयाशा र माता सुमतिको कोखबाट यस अवतारको जन्म हुने पुराणहरूमा उल्लेख गरिएको छ ।

    अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

    अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस

    विशेष अडियो सामग्री

    मानव बेचबिखन एक अपराध हो जसले महिला, बालबालिका र पुरुषहरूलाई जबरजस्ती श्रम र यौन लगायतका धेरै उद्देश्यका लागि शोषण गर्दछ। सन् २००३ देखि लागु औषध तथा अपराधसम्बन्धी संयुक्त राष्ट्र सङ्घको कार्यालय (UNODC) ले विश्वव्यापी रूपमा पत्ता लागेको तस्करीबाट पीडित भएका करिब २२५,००० व्यक्तिहरूको जानकारी सङ्कलन गरेको छ। सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठक गर्‍यो। सदस्य राष्ट्रहरूले पनि A/RES/68/192 प्रस्ताव पारित गरे र जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा तोके। यो सङ्कल्पले "मानव बेचबिखनका पीडितहरूको अवस्थाको बारेमा चेतना जगाउन र उनीहरूको अधिकारको प्रवर्द्धन र संरक्षणको लागि" यस्तो दिन आवश्यक भएको घोषणा गरेको छ। संसारका हरेक देश मानव बेचबिखनबाट प्रभावित छन्। विश्वभरका तस्करहरूले महिला र केटीहरूलाई लक्षित गरिरहन्छन्। यौन शोषणका लागि बेचबिखनमा परेका अधिकांश पीडितहरू र जबरजस्ती श्रमका लागि बेचबिखन गरिएकामध्ये ३५ प्रतिशत महिला छन्। सशस्त्र समूहहरूले जबरजस्ती विस्थापित मानिसहरूलाई लक्षित गर्दै नागरिक र तस्करहरूले शोषण गर्दै द्वन्द्वले कमजोरीहरूलाई अझ बढाउँछ।

    नेपाली कानुनमा मानव बेचबिखन विरुद्धको व्यवस्था

    मानव बेचबिखनविरुद्धका राष्ट्रिय कानुन मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४मा मानव बेचबिखन गरेमा कानुनी उपचारको समेत व्यवस्था गरिएको छ । २०६४ कात्तिक ६ मा यो एन जारी भएको हो । कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयले मानव बेचबिखन तथा ओसार पसार नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडितको संरक्षण तथा पुनर्स्थापना गर्नका लागि यो ऐन जारी गरिएको थियो । ऐनमा देहव्यापारमा लगाउने वा शोषण गर्ने उद्देश्यले गरिने सबै कार्यलाई कडा दण्ड सजाय र क्षतिपूर्तिको व्यवस्था छ । यस अघि अपहरण र जबरजस्तीका घटनामा संलग्न अभियुक्तलाई सुरक्षा निकायले सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलाउने गरेकाले उनीहरू सामान्य जरिवानामा छुट्ने गरेका थिए । नयाँ ऐनको कार्यान्वयन प्रभावकारी भएको खण्डमा मानव बेचबिखन र अपहरण लगायतका कार्य धेरै हदसम्म निरुत्साहित पार्नेछ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को प्रभावकारी कार्यान्वयनको लागि सरकारको साथै सरोकारवालाहरू क्रियाशील हुनु पर्ने देखिन्छ ।



    हामी सबैले अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवसको उपलक्ष्यमा यस सङ्गठित अपराधको विरुद्ध सघन रूपमा आवाज बुलन्द पारौँ र मानव बेचबिखनविरुद्ध सशक्त रूपमा लड्न जरुरी छ ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.