Nag Panchami Vrata | नाग पञ्चमी व्रत | २०८२ साउन १३ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jul/Aug 2025
    २०८२ साउन
    १३
    मंगलवार
    Jul 29, 2025
    साउन शुक्ल पञ्चमी
    नाग पञ्चमी व्रत ( Nag Panchami Vrata )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    नाग पञ्चमी व्रत

    नाग पञ्चमी व्रत

    विशेष अडियो सामग्री

    श्रावण शुक्ल पक्षको पञ्चमी

    श्रावण शुक्ल पक्षको पञ्चमीमा पर्ने यो दिन नागदेवताका लागि समर्पित गरिएको यस दिन गरिएका पूजा अर्चना वास्तवमै नाग देवता समक्ष पुग्ने जनविश्वास रहेको छ, वैदिक दर्शनमा १२ वटा नागहरूको उपस्थिति पाइन्छ ।


    १२ वटा नागहरूको नाम

    जसमा अनन्त, वासुकी, शेष, पद्यमा, कम्बल, कार कोटाका, अश्भतरा, ध्रितराष्ट्र, शङ्कपला, कालिया, तक्शका र पिङ्गला पर्दछन् र यी सम्पूर्णको लागी आजकै दिन पूजा अर्चना गरिन्छ ।हाम्रो संस्कारलाई नाग पञ्चमीजस्ता चाडपर्वहरूले अझै धनी बनाएका छन्, आजको दिन सरीसृप अर्थात् घस्रेर जमिनमा हिँड्ने जनावरहरूको पूजा अर्चना गरिने दिन हो ।

    श्री नाग स्तोत्र

    अगस्त्यश्च पुलस्त्यश्च वैशम्पायन एव च ।

    सुमन्तुजैमिनिश्चैव पञ्चैते वज्रवारका: ॥१॥

    मुने: कल्याणमित्रस्य जैमिनेश्चापि कीर्तनात् ।

    विद्युदग्निभयं नास्ति लिखितं गृहमण्डल ॥२॥

    अनन्तो वासुकि: पद्मो महापद्ममश्च तक्षक: ।

    कुलीर: कर्कट: शङ्खश्चाष्टौ नागा: प्रकीर्तिता: ॥३॥

    यत्राहिशायी भगवान् यत्रास्ते हरिरीश्वर: ।

    भङ्गो भवति वज्रस्य तत्र शूलस्य का कथा ॥४॥

    ॥ इति श्रीनागस्तोत्रम् सम्पूर्णम् ॥


    दैलोमा नागका प्रतिमा टाँस्ने चलन

    यिनै नागहरू अकिंत चित्र लिएर ब्राह्मण पुरोहितहरू आ(आफ्नो जजमानको घरमा दैलोमा गाइको गोबर, दूबो लिएर नाग टाँस्न पुग्दछन् । यसरी दैलो या मूल खाँबोमा टाँसिएको नागको चित्रले वर्षभरि रक्षा गर्ने जनविश्वास छ, रक्षार्थ टाँसिने यस्ता चित्रहरू ल्याउने र टाँस्ने पुरोहितहरूलाई जजमानले दक्ष अनुसारको दक्षिणा, नैवेद्य र भोजन पनि गराउने चलन छ ।

    महाभारत र नाग पञ्चमीको प्रसङ्ग

    नाग पञ्चमीको वास्तविक ऐतिहासिक जरो महाभारतसँग जोडिएको पाइन्छ । परीक्षित नाम गरेका राजालाई तक्शका नाम गरेको नागले डस्छ र उनको मृत्यु हुन्छ । उनका छोरा जन्म जयले बुवाको मृत्युको प्रतिशोध कालागि संसारका सम्पूर्ण सर्पहरूलाई मार्ने क्रम कार्य प्रारम्भ गरे र यसकालागि उनले महायज्ञ सुरु गर्दछन् जसमा सिद्ध ऋृषिमुनी, साधु र पण्डितहरूलाई आमन्त्रण गरे ।


    उक्त यज्ञको हवन कुण्डमा यति शक्तिशाली आगो प्रज्वलित हुन्छ कि तक्शका बाहेकका अन्य सम्पूर्ण सर्पहरू त्यहीँ भस्म हुन्छन् तर स्वर्गमा इन्द्रको शरणमा पुगेका तक्श पनि बिस्तारै यज्ञको बढ्दो प्रभावका कारण राजा इन्द्रसहित जन्म जयसम्म आइपुग्दछन्, यो देखेर सबै छक्क परे । तत्कालै मानसदेवीका पुत्र अस्थिकाले जन्ममयसमक्ष माफीको माग गरेपछि उनले यज्ञ स्थगन गरेका हुन् । यज्ञमा होमिएका सम्पूर्ण सर्पहरूले त्यस पश्चात् आजैको दिन पुनर्जीवन पाएका हुन् ।


    यस दिन नाग देवताको पूजा अर्चना कालागि दूध, मिठाई, फूल अनि धान भुटेर तयार भएको लाभा (अर्थात् भुटेर फूल उठेको धान) चढाइन्छ । सामान्यतया अगाडी सर्प नै राखेर पूजा गर्न डरलाग्दो र जोखिमयुक्त हुने भएकाले नाग देवताको प्रतिमा, काठ या चित्रमा आजको दिन पूजा गरिन्छ ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.