World Youth Skill Day/Vitak Katha Prarambha | विश्व युवा दक्षता दिवस/बीतक कथा प्रारम्भ | २०८२ असार ३१ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Jun/Jul 2025
    २०८२ असार
    ३१
    मंगलवार
    Jul 15, 2025
    साउन कृष्ण पञ्चमी
    विश्व युवा दक्षता दिवस/बीतक कथा प्रारम्भ ( World Youth Skill Day/Vitak Katha Prarambha )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    विश्व युवा दक्षता दिवस

    विश्व युवा दक्षता दिवस

    विशेष अडियो सामग्री

    सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्र सङ्घको साधारण सभाले जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । युवाका सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले यो दिन मनाइन्छ । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यताअनुरूपका रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो भनी नभुलौँ । बेरोजगारी नेपालको मात्र नभई विश्व अर्थतन्त्रकै समस्या भएको तथ्य पनि यसले उजागर गराइदिएको छ ।यो दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने महत्त्वमा जोड दिन्छ।


    विश्वमा बेरोजगारीको तथ्याकं र दक्ष युवाहरूको आवश्यकता

    अन्तर्राष्ट्रिय श्रम संस्था (आइएलओ) ले सन् २०१५ मा विश्वभर गरेको अनुसन्धानले विश्वका ७,१०,००,००० युवाहरू बेरोजगार भएको र बेरोजगारी दर १३.१% भएको देखाएको थियो । यो सङ्ख्या सन् २०१७ मा विश्वका प्रायः मुलुकहरूमा बढी सक्ने आकलन पनि आइएलओले गरेको थियो । आइएलओको यो भविष्यवाणी अङ्क गणितमा नमिल्ला तर विश्व पद्धतिले युवामा बेरोजगारी बढिरहेको नै देखाउँछ ।


    अर्थात् शिक्षक, प्रशिक्षक र युवाहरूलाई सिपयुक्त बनाउने भन्ने अर्थ लाग्दछ । नेपालमा बेरोजगारी नेपालको संविधान, २०७२ को धारा ३३ मा प्रत्येक नागरिकलाई रोजगारीको हक हुने लेखिएको छ । साथै, चौधौँ योजना ०७३/७४ देखि ०७५/७६ मा रोजगारी विकास कार्यक्रममा दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संसाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारका अवसर सिर्जना गर्ने सोच, मुलुकभित्रै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य र स्वदेशमा मर्यादित रोजगारका अवसर सिर्जना गरी बेरोजगारी तथा अर्ध बेरोजगारी न्यूनीकरण गर्दै रोजगारीको हकलाई सुनिश्चित गर्ने रोजगारीका लागि सीप तथा तालिमका अवसर वृद्धि गरी प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको विकास गर्ने, वैदेशिक रोजगारलाई बढी उत्पादक, सुरक्षित, मर्यादित र व्यवस्थित बनाउँदै जाने उद्देश्य राखिएको छ भने लगानीमैत्री वातावरण सिर्जना गरी स्वदेशमै पर्याप्त र मर्यादित रोजगारी एवं स्वरोजगारीका अवसर सिर्जना गर्ने एवं सीप तथा व्यावसायिक तालिमका अवसरको विकास एवं विस्तार गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने श्रम शक्तिको उत्पादन गर्ने लेखिएको छ । तर, यसै क्रममा देशमा रोजगारी नपाएर बाध्य भएर वैदेशिक रोजगारमा जाने श्रमिक विदेशमा छन् । सरकारले नयाँ नयाँ श्रम गन्तव्य खोल्नुलाई गर्वका साथ लिएको अवस्थामा स्वदेशमा नै रोजगारीको अवसरका लागि पैरवी गर्दै अघि बढ्न आज सर्वत्र बल पुगोस् ।

    बीतक कथा प्रारम्भ

    बीतक कथा प्रारम्भ

    विशेष अडियो सामग्री

    श्रावण महिनामा ब्रह्म ज्ञान कथा सुनेर भक्तजनले कृतज्ञता महसुस गरुन् श्रावण कृष्ण पञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म राधा कृष्ण मन्दिरहरूमा हरेक दिन एक निश्चित समयमा ब्रह्म ज्ञान बीतक कथा को पठन र अर्थ गर्ने चलन छ । यो परम्परा र कथा अहिले धेरैलाई नयाँ लागे पनि उल्लेखित परम्परा तीन सय वर्षभन्दा पुरानो हो र हरेक वर्ष जारी रहन्छ ।

    के हो त बीतक कथा ?

    प्रणामी समुदायमा अति चर्चित यस कथा बीतक ब्रह्मा आत्मज्ञानको कथाको अर्थ लगाएर भक्तहरूलाई दिइने उपदेश हो। बीतक कुनै मानव इतिहास होइन न त यो कुनै भगवान्, आचार्य, सन्त, वा गुरुलाई आफ्ना भक्त वा शिष्यहरूसँग के भयो भन्ने विवरण हो। स्वलीला अद्वैत सच्चिदानन्द परब्रह्मले आफ्नो आवेगपूर्ण शक्तिद्वारा श्री महामति जीको वासस्थानको हृदयमा वास गरी उहाँलाई श्री प्राणनाथ जीको रूपमा आफू जस्तै बनाउनुहुन्छ र भटकिरहेका आत्माहरूलाई अक्षर र शब्दहरूभन्दा परको परमधामको अलौकिक मार्ग देखाउनुहुन्छ। यसै परिपक्ष्यमा मायाको अन्धकारमा दिव्य लीलाको वर्णन नै बीतक कथा हो ।


    श्रावण कृष्ण पञ्चमीदेखि सुरु भएको यस बीतक कथाको सबैलाई असीम ज्ञान रहनेछ । शुभकामना ।

    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.