Gosaikunda Snan Aarambha/Dasahara Snan Arambha | गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ | २०८१ जेठ २५ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2024
    २०८१ जेठ
    २५
    शुक्रवार
    Jun 07, 2024
    जेठ शुक्ल प्रतिपदा
    गोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ( Gosaikunda Snan Aarambha/Dasahara Snan Arambha )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    गोसाइकुण्ड स्नान आरम्भ / गंगा दशहरा स्नान आरम्भ




    गोसाइकुण्ड स्नान आरम्भ विशेष अडियो सामग्री

    ॐ अस्य श्री भगवान नीलकंठ सदा(शिव(स्तोत्र मंत्रस्य श्री ब्रह्मा ऋषिः, अनुष्ठुप छन्दः
    श्री नीलकंठ सदाशिवो देवता, ब्रह्म बीजं, पार्वती शक्तिः, मम समस्त पाप क्षयार्थंक्षे म(स्थै(आर्यु(आरोग्य(अभिवृद्धयर्थं
    मोक्षादि(चतुर्वर्ग(साधनार्थं च श्री नीलकंठ(सदाशिव(प्रसाद(सिद्धयर्थे जपे विनियोगः।

    ब्रह्माको श्रोत, पार्वतीको शक्ति, निलकण्ठ सदाशिव, मेरा पापहरुवाट मलाई पूर्णत मुक्ति मिलोस् । ४ कुरा मेरो जीवनमा कायम रहोस्, धर्म, समृद्धि, चाहना र मुक्ति, सदाशिव निलकण्ठको जयजयकार होस् ।

    गोसाईकुण्ड र निलकण्ठ
    आजको आलेख निलकण्ठको अर्थवाटै शुरु गरौं । यो कोरोना त्रासमा हामीहरु धेरै समय घरभित्रै बसेर बिताइरहेका छौं, यसवर्षको हाम्रो तिर्थाटनहरु फरक रहनेछन्, तिर्थम पुग्न मुश्किल भएपनि शव्दहरु र भावहरुले भगवान तत्वको संझना, अर्चना र बिवेचना गरौं ।

    नीलकण्ठ, नीलो घाँटी भएको, म आज यहाँबाट शुरु गर्दै छु, र यो अति उत्तम कथा हो ।
    समुन्द्र मन्थनका क्रममा समुन्द्रवाट धेरै कुराहरु निस्किए, यिनमा सुन, चाँदी, हिरा, धनवन्तरी, स्वयम माता लक्ष्मी समे उत्पती र स्थापित भए । यसैक्रममा महासागरवाट निस्किएको हलाहल विषको प्रभावले सबै देव र दानवहरुलाई असर गर्न थाल्यो, भगवान विष्णु र ब्रह्माले शिवलाई पुकारा गर्नुभयो ।

    शिवजी ले आएर विष सेवन गर्नुभयो, विषको तोड प्रभावले शिवको शरीर नै निलो हुन थाल्यो, महासागरको पानी झैं । देवी पार्वतीले यो कुरा बुझेर शिवको कण्ठमा महाबिध्याको स्वरुपमा प्रवेश गरि विषको प्रभावलाई नियन्त्रण गरेर घाँटीमा मात्र सिमित पार्नुभयो । यसरी निलो घाँटी भएका निलकण्ठ भगवान गएर त्रिशुल प्रहार गरि बनाएको कुण्ड नै गोसाईकुण्ड हो ।

    समुद्र सतहबाट ४३८० मिटर उचाइमा गोसाईकुण्ड (गोसाईको अर्थ) भगवान र कुण्ड पवित्र पोखरी हो, भगवान शिवको त्रिसुलले बनाएको हो भन्ने विश्वास गरिन्छ।
    सबै देवताहरु त्यो विषको व्यवस्थापन गरी दिनु पर्यो भनी भगवान शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव भगवान निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेर त्यही कुण्डमा भगवान शिवले विषको डाह शान्त पारी त्यही कुण्डमा आफु रहनुभएको धार्मिक विश्वास रहेको छ । त्यसैले पनि गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकाक्षा पूरा हुने धार्मिक मान्यता छ।

    जिन्दगीमा एकपटक पुग्नैपर्ने ठाउँ गोसाईकुण्डमा आजको दिनबाट हजारौ भक्तालुहरु विभिन्न जनविश्वासका साथ वर्षेनि कुण्डमा स्नान गर्न जाने परम्परा रहेको छ। रसुवाको पवित्र तीर्थ गोसाइँकुण्ड स्नान गर्ने भक्तजनको आगमन आजबाट दशमीको तिथिसम्म दिन प्रतिदिन बढ्दै जाने अनुमान रहेको छ।

    गंगा दशहरा स्नान आरम्भ


    ज्येष्ठ शुल्ल प्रतिपदाको महत्व अत्याधिक छ । आजका तिथीमा नै वैदिक कालमा भागिरथीले गंगाको पृथ्वीलोकमा आगमन गराएका हुन् । यस अगाडि पवित्र गंगा देवलोकमा मात्र बहने गरेको तर यसपछि गंगाको अवतरण पृथ्वीलोकमा भएको विश्वास छ । यसरी ज्येष्ठ शुक्ल प्रतिपदाको माता गंगाको आगमनको तिथीमा तुलसीको विज रोपेर अनि पवित्र स्नानको श्रृखलाहरु शुरु गर्ने चलन छ । यिनै स्नानको श्रृखलालाई दशहरा स्नान भनिन्छ ।

    १० दिन चल्ने गंगा दशहरा स्नान
    प्रतिपदादेखि एकादशीसम्म १० दिन चल्ने पवित्र स्नानका यि श्रृखलाहरुमा हरेक दिन एकप्रकारको पाप नाश हुने विश्वास छ । यसरी दश दिनमा दश प्रकरका पापहरुवाट मुक्ति पाउने भएकाले नै दशहरा स्नान भनिएको हो । ज्येष्ठ शुक्ल प्रतिपदादेखि एकादशीसम्मका ११ दिन गङ्गा वा नदी किनारमा गई स्नान गरेमा दश प्रकारका पाप नाश हुने धार्मिक विश्वास छ । कसैले नदिई कुनै वस्तु लिनु, बिनायज्ञ हिंसा गर्नु, परस्त्रीगमन गर्नु, कठोर वचन बोल्नु, असत्य बोल्नु, परनिन्दा गर्नु, बेमतलबको प्रलाप गर्नु, अरूको सम्पत्ति हडप्ने इच्छा राख्नु, अरूलाई हानि पु(याउने इच्छा राख्नु र बिनाकारण दुराग्रह राख्ने जस्ता पाप ११ दिनको गङ्गा, त्रिवेणी वा नदीमा गई स्नान गरेमा नाश हुने शास्त्रीय मान्यता छ ।

    हाम्रो पात्रोका लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.