Sithi Cha: Hre/World Environment Day | सिथि चःह्रे/विश्व वातावरण दिवस | २०८१ जेठ २३ | Hamro Patro

आउँदा दिनहरु

ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    May/Jun 2024
    २०८१ जेठ
    २३
    बुधवार
    Jun 05, 2024
    जेठ कृष्ण चतुर्दशी
    सिथि चःह्रे/विश्व वातावरण दिवस ( Sithi Cha: Hre/World Environment Day )
    MY NOTE
    तपाईँले आजको मिति भन्दा पछिको नोट हाल्नु भएको छैन । तपाईँले जन्मदिन, मिटिङ, सम्झनु पर्ने कुराहरु, बिल तिर्ने दिन आदि टिपोट टिप्न सक्नुहुन्छ ।

    सिथि चःह्रे/विश्व वातावरण दिवस




    सिथि चःह्रे विशेष अडियो सामग्री

    सिथि चःह्रे
    नेपाल प्राचिन कालदेखि नै चाडपर्वहरुमा धनी देश हो । विश्वमै जात्रा, संस्कृति अनि चाडपर्वको धनी देश नेपाल संस्कारमा अत्यन्त समृद्ध देशका रुपमा चिनिन्छ। विशेषगरी काठमाडौ आसपासमा वसोवास गर्ने नेवा: समुदाय प्राचिन कालदेखि नै आफ्नो संस्कृति अनि परम्पराका लागि प्रसिद्ध छन् र यिनै संस्कार र सभ्यताहरु मध्य आज एउटा महत्वपूर्ण संस्कृति लिएर प्रस्तुत छौं, सिथि चःह्रे ।

    चःह्रे अर्थात चतुर्दशी
    सिथि चःह्रे अर्थात चतुर्दशी जेष्ठ चर्तुदशी पर्दछ । यस दिन नेवा: समुदायले सिथि चःह्रेको पूजा अर्चना गर्ने चलन छ । नेपाल संवत अनुसार आजको मिति नेपाल संवत ११४३ बछलाथ्व महिनाको चर्तुदशीमा पर्दछ, चर्तुदशीलाई नै नेपालभाषामा चःह्रे भनिन्छ अनि आज सिथि चःह्रे हो । आजको दिन घरघरमा पूजा गर्ने चलन हुन्छ, यस दिन सिथि अर्थात शिवका छोरा कुमार कार्तिके को पुजा गर्ने गरिन्छ । कुमारलाई मात्र पुजा नगरी अन्य देवताहरुको पनि पुजा र अर्चना गरिन्छ ।

    सिथि चःह्रे को घोतक
    आजको दिन आँउदै गरेको सिथि चःह्रे को घोतक पनि हो भने क्रमश बैशाखबाट शुरु भएको नयाँ वर्ष, जात्रा, उत्साह, उत्सर्ग अनि चाडहरुको शृंखलालाई सिथि चःह्रे ले शंखनाद गरेको मान्न सकिन्छ ।

    यस वर्ष नेपाल सवंत ११४३ को सिथि चःह्रेको शुभकामना ।

    विश्व वातावरण दिवस



    यो दिवसमा विश्वभरिमा हरेक वर्ष ४०० बिलियन टन प्लास्टिकहरू उत्पादन हुन्छन् जस मध्य ५० प्रतिशत प्लास्टिक त केवल एक पटक मात्र प्रयोग गर्न बनाइएको हुन्छ । यस अवस्थामा प्लास्टिक प्रदूषणले विश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा विश्व समुदायलाई यस वर्ष प्लास्टिक प्रदूषण विरुद्ध एकजुट हुन आग्रह गरिएको छ ।

    वातावरण दिवसको पृष्ठभूमि
    १६ जुन, १९७२ मा संयुक्त राष्ट्र सङ्घले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । उक्त सम्मेलनबाट वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने अन्तर्राष्ट्रिय ऐक्यबद्धता बन्यो ।

    त्यसैअनुरूप यो दिवसलाई संस्थागत गर्न सम्मेलनको दोस्रो वर्ष अर्थात् ५ जून १९७३ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवसलाई एक अन्तर्राष्ट्रिय दिनका रूपमा अङ्गीकार गरिएको हो ।

    नेपालमा वातावरण संरक्षण सम्बन्धी व्यवस्था
    जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गरी स्वच्छ वातावरण कायम गर्नका लागि फोहोर मैला व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन एवं एकीकरण गर्न वाञ्छनीय भएकोले नेपालको अन्तरिम संविधान ०६३ सालको धारा ८३ बमोजिम संविधानसभाले फोहोर मैला व्यवस्थापन ऐन ०६८ पारित गरेको छ भने ०७२ को संविधानमा मौलिक हकको रूपमा वातावरणसम्बन्धी हकको व्यवस्था गरेको छ 

    नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ । तर, अहिलेको समयमा यहाँको वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ । यस्तो प्रदूषण कम गर्न आम सरोकारवालाहरू एकजुट एवं जागरूक हुन आवश्यक छ । वस्तुतः प्रत्येक व्यक्तिको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सरकारले हालसम्म पनि कडाइका साथ कार्यान्वयन गर्न सकेको अवस्था छैन । वास्तवमा वातावरणलाई स्वच्छ राख्न दिगो विकासको अवधारणा, वातावरणीय प्रभाव मूल्याङ्कन, पूर्व सावधानी, सार्वजनिक न्यायलगायतका विषयहरूमा ध्यान दिन आवश्यक छ । योबाहेक सरकारले वातावरण संरक्षणका लागि विद्यालय स्तरमा पाठ्यपुस्तक, सञ्चार माध्यमहरूमा चेतनामूलक सामग्रीहरू प्रचारप्रसार गर्न उत्तिकै जरुरी देखिएको छ ।

    नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै विश्व वातावरण दिवस मनाइँदै छ । मुख्य कुरा चाहिँ भावी सन्ततिलाई प्रकृति–प्रेम सिकाउनु नै हो । आगामी पुस्तालाई वातावरण र प्रकृतिको माया सिकाऔँ ।

    काठ हैन रुखलाई माया गर्न सिकाऔँ । रुख रोप्न अनि पानीका श्रोतलाई माया गर्न सिकाऔँ ।

    कागज र कम्प्युटर हैन वास्तविकतामै जनावर र जङ्गल देख्ने अवस्था रहोस् । मानिस लगायत अन्य जनावर अनि उनीहरूसँगको सहअस्तित्व सबैलाई ज्ञात होस् । घडेरी र खेत दुवै महत्त्वपूर्ण छन् । जीवन र प्रकृतिबिचको सम्बन्ध सबैले बुझौँ ।

    विश्व वातावरण दिवसको शुभकामना

    -हाम्रो पात्रोको लागि सुयोग ढकाल



    आउँदा दिनहरु

    ज्योतिषहरू

  • call
    TALK TO JYOTISH
  • राशीफल

    साहित्य / ब्लग

    Liked by
    Liked by
    0 /600 characters
    Hamro Patro - Connecting Nepali Communities
    Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.