आउँदा दिनहरु
-
३जेठ
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ३ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ४ दिन पछि
-
८जेठनृसिंह जयन्ती ५ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १२ दिन पछि
-
१७जेठगोरखकाली पूजा १४ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १५ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १६ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २० दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २१ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २२ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २४ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २७ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २९ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३५ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३६ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३७ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३८ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४० दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४६ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४७ दिन पछि
-
१९असारप्रदोष व्रत ४८ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५६ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५८ दिन पछि
-
३०असारगोरखकाली पूजा ५९ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ६० दिन पछि
-
१साउन
ज्योतिषहरू
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Poornima Vrata/World Yoga Day/ Music Day
- पूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस
- विश्व शरणार्थी दिवस
- World Refugee Day
- Pradosh Vrata/International Day for the Elimination of Sexual Violence in Conflict
- प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- National Republic Day
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
कार्तिक कृष्ण चतुर्दशी
लक्ष्मी पुजा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म जयन्ती । नरक चतुर्दशी । सुखरात्री । कुकुर तिहार
श्रीं ह्रीं श्रीं कमले कमलालये प्रसीद प्रसीद ॐ श्रीं ह्रीं श्रीं महालक्ष्मयै नम:॥
कमलमा विराजमान श्रीहृश्री जस्ता बीज मन्त्रले आशीर्वाद दिनुहुने महालक्ष्मी माताको जय, वहाँ माताको याद मात्र गर्नाले सबै प्रकारको प्रसाद र आशीर्वाद प्राप्त हुन्छ।
आजको दिनको विशिष्टता
हरियो घाँस खाएर गाइले गोब्य्राएको गोबर अनि त्यसै गोबरले लिपेको हरियो हरियो नेपथ्यको रङ्ग को पुरापुरी ओभानो नभइसकेको आँगन, कमेरो माटोले या राता माटाले माटाकै भित्ता पोतेको घर अनि हरियो गोबरले लिपेको, केराका थम्बाहरूले बनाएको द्वार, थम्बामा दियो राख्न बाँसका साना साना टुक्रा घुसारिएका टेकोहरू, आँगनमा मिठो मिठो आउने सेल रोटी, अर्सा अनि अनर्साको वासना । प्याट्ट पुट्ट गरेर पड्किरहेका पटाका, झिर झीर गरिरहेको छुरछुरे (झिर झीरे), आकाश छुँला जस्तो गरी उज्यालोको फोहोरा छर्ने फूल झरी लगायतका रौनकहरू आजको दिनको विशिष्टता हो ।
आजको दिन राती अबेरसम्म धनधान्यकी देवी माता लक्ष्मी भगवान को पूजा अर्चना गरिन्छ । घरमा भएका सम्पूर्ण द्रव्य, गरगहना अनि श्री-सम्पतीलाई लक्ष्मी, गणेश र सरस्वतीको स्थापना गरेर पूजा गरिन्छ । केराका खाँबाहरू अर्थात् थम्बाहरूलाई वैदिक सनातन हिन्दु संस्कारमा अत्यन्त महत्त्वपूर्ण लिइन्छ । विशेषगरि विवाह, व्रतबन्ध, पुराण या अन्य शुभ कार्यमा अनिवार्य जसो केराका एक जोर खम्बाहरूलाई मुल द्वारमा राख्ने गरिन्छ । यी द्वारहरूबाट वर्षै भरि खुसी अनि उत्साहको प्रवेश होस् । ऊर्जावान् तिहारको उज्यालो शुभकामना !
सुख रात्रि
सुख रात्रि बुझ्नका लागि चार विशेष रात्रिहरू पहिले बुझ्न पर्दछ । सनातन दर्शनमा वर्षभरिमा चार रात्रिहरूलाई महत्त्व र चन्द्रमानका आधारमा विशेष मानिन्छ ।
यी चार रात्रिहरू वर्षका फरक फरक दिनमा पर्दछन् ।
चार रात्रिहरू
पहिलो, भदौ महिनामा पर्ने जन्मसँग सम्बन्धित भगवान् श्रीकृष्णको जन्माष्टमीको रात हो जसलाई मोहरात्री पनि भनिन्छ । मोह रात्रिबाट वर्षका चार विशेष रात्रिहरूको सुरुवात हुन्छ ।
दोस्रो, असोज महिनामा पर्दछ । नवरात्रिको अष्टमीको रात अथवा कालरात्रि पनि भनिन्छ, यस रात्रि शक्ति र सामर्थ्यका लागि विशेष महत्त्वपूर्ण रहन्छ ।
तेस्रो, कार्तिक महिनामा पर्ने ऐश्वर्यसँग सम्बन्धित लक्ष्मीपूजाको रात अथवा सुख रात्रि
चौथो, फाल्गुण महिनामा पर्ने मोक्षसँग सम्बन्धित भगवान् शिवको रात अथवा शिवरात्रि । आज चाँही सुख रात्रि, यस वर्षको सुख रात्रिको सबैलाई शुभकामना छ ।
"भैलिनी आयौ आँगन, गुन्यू चोलो माँगन्
हे औँसीको बारो, गाईतिहारो भैलो...."
आजको दिन बिहानैबाट गाईलाई पूजाआजा गरेर, लक्ष्मीका अवतार 'गौ माता'को सेवा गरिन्छ । वैदिक सनातन हिन्दु संस्कार अनि सनातन धर्ममा गाईको स्थान एकदमै उच्च छ । हिन्दु धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रूपमा हेर्ने गाइका हरेक कुराहरू पूजनयोग्य मानिन्छ । कुनै चोखो नितो काम गर्दा यी नै गौ माताको गौँत अभिशेष सेचन तथा सेवन गरी गर्ने गरिन्छ । पारम्परिक नेपाली माटोका घरहरू एकाबिहानै गाइको गोबर र माटो मिसाएर दैलो, चुल्होलाई लिप्ने चलन छ । गाईको दूधको महिमा त अपरम्पारै छ ।
आजको साँझ विभिन्न रङ्गहरू प्रयोग गर्दै आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । गोलो, थ्याप्चे, चारकुने, त्रिभुजाकार स्वरूपमा तयार पारिन्छ । अर्कोतर्फ आजको दिन राती लक्ष्मी भगवान् पृथ्वी लोकमा आउने र आशिष् दिएर जाने जनउक्ति पनि छ, त्यसै कारणले आज घर अगाडीको तुलसी मोठ या आँगनको प्रवेशद्वारबाटै लक्ष्मीका पाइलारूपी रङ्गिन डोबहरूका छाप घरका सम्पूर्ण कोठाहरूमा लगिन्छ, यी नै पाइलाका छाप अनुरूप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वास पनि छ ।
रङ्गहरू, बत्तीहरू अनि पर्वमय उल्लासले गर्दा आजको दिन सम्पूर्ण ताराहरू आकाशबाट पृथ्वी लोकमा झरेर सबैका आँगनमा बत्तिका रुपमा बलिरहेका छन् जस्तो लाग्छ । यी बत्तिहरु झै हामी सबैको जीवनको आशाको बत्ती कहिल्यै ननिभोस्, भैलिनीका आशीषहरु हामीलाई जस्ताको त्यस्तै लागोस् अनि यो उल्लास वर्षभरि कायम रहोस् । रङ्गोलीका उमगंहरु हाम्रो आँगनमा सगौरव रहिरहोस्, सप्तरङ्गी चाड तिहारको मङ्गलमय शुभकामना ।
लक्ष्मी जयन्ती
कालो बादलबाट खसेको
अन्धकारमा भित्र पसेको,
ईश्वर हो कि भिखारी ?
ईश्वर र भिखारीलाई एउटै तराजुमा तुलना गरेर लेखिदिए महाकवि लक्ष्मीप्रसाद देवकोटाले ।
माग्दछ करुणा भाइहरूमा
आई पृथिविवारि,
माग्दछ भिक्षा ईश्वर मेरो
आँगनको एक भिखारी ?
समाजको छर्लगं चित्रलाई बडो चित्ताकर्षक ढगंले पस्कने महाकविका कृती अनि अन्तर्राष्ट्रिय लेखकहरू सँगै अब्बल ढङ्गले पौंठेजोरी खेल्न सक्ने उनका कृतीहरूकै कारणले गर्दा होला देवकोटालाई कतिले 'जियोग्राफिक मिस्टेक' भनेर समेत चित्रण गरेका छन् । स्वर्गमूमि नेपाल अनि नेपालको साहित्य रसका हिरा कृतीका सर्जक देवकोटा सबै नेपाली हृदयमा सदैव चम्किला तारा बनेर विद्यमान छन् ।
आजको दिन नेपाली साहित्य कालागि अत्यन्त विशेष दिन हो । आजकै दिन अर्थात् वि.सं. १९६६ लक्ष्मीपूजाकै दिन महाकवि लक्ष्मीप्रसाद देवकोटाको नेपाली साहित्यमा सरस्वतीको प्रसादका रूपमा जन्म भएको हो ।नेपाली साहित्य अनि वाङमयमा महाकवि देवकोटाको योगदान उल्लेखनीय छ । वहाँका अमर कृतीहरुः मुना-मदन, कुञ्जीनि, शाकुन्तलजस्ता कृतीहरूले आजसम्म पनि नेपाली साहित्यको शोभा बढाइरहेका छन् ।
"क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन"
मुनामदनको यी श्लोक उति बेला पनि नेपाली समाजमा समानता र विभेद विरोधी सामाजिक न्यायको बिगुल स्वरूप महाकवि छुवाछुत तथा अनेक जातजातिका सवालमा समान धारणा राख्दथे भन्ने स्पष्ट पार्छ, उति बेलाको नेपाली समाजकालागि यो एउटा ठुलो क्रान्ति नै हुनुपर्छ । शायद यही कारणले गर्दा होला उनको लेखनको चर्चा विभिन्न अन्तर्राष्ट्रिय लेखकहरूले पनि दिल खोलेर गरेका छन् ।
तिन महिनामा शाकुन्तल काव्य लेख्न सक्ने, १० दिनमा सुलोचना लेखेर भ्याउने र एक दिनमा कुञ्जिनी लेखेर भ्याइदिने देवकोटा उनै हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाको आजकै दिन अर्थात् लक्ष्मीपूजा कै दिन जन्म भएको हो ।
निबन्ध स्वरूपमा अझ प्रखर र भरिला अभिव्यक्तिहरू दिन सक्ने महाकविले सत्र वर्षको उमेरमै भारतको पटनाबाट म्याट्रिक पास गरेर त्रिचन्द्र कलेज काठमाण्डौमा कलामा स्नातकोत्तर अध्ययन गर्नुभएको हो । वहाँका मुनामदन, वन कुसुम, प्रमिथस लगायतका कृतीहरू अनि भिखारी, गाइनेको गीत, पागल, पुतली लगायतका कविता संग्रहहरु नेपाली साहित्य अनुरागी कालागि सृजनाको कोशे ढुङ्गा साबित भएको छ । वहाँका कृतीमा वेदना र रसिकताको अद्भुत मिश्रण सहितको एउटा सम्मोहन पाइन्छ ।
भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्धपछिको सबैभन्दा ठुलो मानव अवतारका रूपमा लिएको छु ।’ साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दा बल्दा तीन कवि जय शङ्कर प्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए ।
देवकोटाका जीवनका विभिन्न घटनाक्रमहरू अत्यन्त प्रसिद्ध र अचम्म लाग्दा पनि छन् । विद्यालय जीवनमा आफूले लेखेका कविताहरू साथीहरूलाई सुनाउँदा उनीहरूले त्यो कविता देवकोटाले लेखेका हुन भनेर पत्याउथेनन । सुरुवातकालीन दिनहरूमा कवि शिरोमणि लेखनाथ पौड्यालका कृतीहरूबाट प्रेरित देवकोटा पछि गएर पश्चिमी सर्जकहरू वर्डसवर्थ र सेलीका अङ्ग्रेजी सृजनाहरूलाई पनि पढ्न थाले । पढाई का हिसाबमा देवकोटाले आईएस्सी त्रिचन्द्र कलेज वाट गरेका हुन् भनेँ बिए बिएल चाहिँ पटना विश्वविद्यालयबाट गरेका हुन् ।
बर्खामा पानी पर्दा छाताका कारणले कार्यालय ढिला पुगेका देवकोटाले एक दिनभरि नै लगातार छाताका विषयमा भाषण गरिदिएका थिए । दिनै भरि एउटा उदेक लाग्दो विषयमा भए पनि आकर्षक शब्दहरूको माला र वह आयाम केलाउन सक्ने देवकोटाको कलम र मस्तिष्कमा वास्तवमै लक्ष्मी र सरस्वतीका अवतारकै रूपमा नेपाली बाङ्गमय को प्रगतिका लागि आएका हुन् ।
वर्तमान त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन अनि बढोत्तरी कालागि पनि महाकवि आफू शिक्षा मन्त्री हुँदा गरेका दूरगामी कदमहरू प्रशंसनीय छन् ।
चिताग्नि तापी जल डाल्न फाली
संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखीर भै खाक त्यसै बिलाएँ।
वि सं २०१६ सालमा संसारबाट बिदा भएका यिनै महाकविको आजको यो जन्मजयन्तिमा वहाँप्रति श्रद्धा सुमन । भाषा, साहित्य र हाम्रा मूर्द्धन्य साहित्यकार तथा स्रष्टाहरू वहाँहरूको सृजनासँगै जिउँदै हुनुहुन्छ र यो पृथ्वी रहुन्जेल बाँचिरहनुहुनेछ । नेपाली साहित्यको जय होस्, नेपाली भाषा अमर रहोस् ।
कुकुर तिहार
दीपावली अर्थात् उज्यालोले भरिएको खुसीयालीयुक्त तिहार, एउटा विशेष ऊर्जासहितको उमङ्गमय चाड । हिउँदका सुरुवाती दिनहरूको प्रतिनिधित्व गर्ने यो पर्व झिलिमिली बत्तीहरूको चाडका रूपमा पनि परिचित छ । पाँच दिनसम्म दैनिक जीव, जीवन र सम्बन्ध मिश्रीत वैदिक सनातन नियमित गतिविधि यसको विशेषता हो र यो पाँच दिनलाई यमपञ्चक पनि भनिन्छ ।
मानव सभ्यताको हरेक खोजहरूमा मानव समाजसँग कहिल्यै टाढा नभएको एउटा बफादार र साहसी जीवको रूपमा परिचित छ आज कुकुरमा समर्पित दिन अर्थात् कुकुरलाई पुजिने दिन । वैदिक सनातन धर्ममा कुकुरलाई विशेष महत्त्व दिएर हेरिन्छ । कुकर मानव सभ्यता देखिनै मानवसँग अत्यन्त नजिक बफादार जीवमा रहेको छ ।
ऋग्वेदमा कुकुर
ऋग्वेदमा स्पष्ट रूपमा 'समरा'को बारेमा उल्लेख गरिएको छ, समरा अर्थात् कुकुरहरूकी आमाले स्वर्गका राजा इन्द्रलाई उनको हराएको वस्तु भेटाउन सहयोग गरेको उल्लेख छ । वैदिक सनातन हिन्दु परम्परा अनुसार कुकुरलाई अभिभावक, सुरक्षाकर्मी अनि यमराजको दूतका रुपमा मानिन्छ र मृत्युपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको कथन रहिआएको छ ।
महाभारतमा पनि सत्यवादी युधिष्ठिरले आफ्नो भक्त कुकुर विना स्वर्गमा जान नमानेको कुरा उल्लेख छ । कुकुरलाई धर्मको अवधारणागत उदाहरण र सत्मार्ग को प्रतिनिधिका रूपमा लिइन्छ । तन्त्र साधक निडर भगवान् भैरवको वाहन पनि कुकुर नै हो भने चाणक्य नीतिमा कुकुरलाई पातलो निन्द्रा भएको बफादार, चनाखो अनि थोरै खाएर पनि सन्तुष्ट हुने प्राणीका रूपमा उल्लेख गरिएको छ ।
आज यिनै कुकुरहरूको पूजा गरिने दिन हो है, आजको दिन कुकुरलाई विधीवतरुपमा पूजा गरी खान दिने मानिसहरूलाई पुण्य प्राप्त हुने जनश्रुति छ । मानव समाज र कुकुरहरूको बलियो र पुरानो सम्बन्ध छ, आज त्यो सहअस्तित्वको अर्चना गरिन्छ । आज घरपालुवा मात्र नभई सडकका कुकुरहरूलाई पनि माला पहिराइ, अबिरको टिका लगाई खाना खान दिने गरिन्छ । यसरी फूलको माला लगाइदिनाले माला पहिराउने यो विशेष कार्यले कुकुरलाई मानव सभ्यता र संस्कारमा विशेष महत्त्व दिएको मानिन्छ यस अर्थमा आज कुकुरहरूप्रति समर्पित दिन हो ।
आजको दिन कुकुरलाई खान नदिईकन भोजन गर्ने मानिस यमराजको दण्ड भोगी हुन्छ भन्ने मान्यता रहिआएको छ । यसर्थ बिहान सबेरै उठेर नित्यकर्म र स्नान गरी कुकर पूजा गर्ने चलन छ ।
सनातन धर्म एकदमै पृथक् छ र त्यत्तिकै वैज्ञानिक पनि छ । यसका संस्कारका आधारहरू, प्रकृति, प्रेम अनि मानवतालाई अत्यन्त विशिष्ट स्थान दिएको अनि हरेक प्रकृतिका सृजनाहरूमा इश्वरत्व अनुरूप व्याख्या गरिएको छ ।
मानव व्यवहार एउटा ऐनाजस्तै हो, हामीले जस्तो व्यवहार गर्छौ त्यस्तै प्रतिविम्बस्वरुप व्यवहार पाँउछाै । यस पृथ्वीका हरेक जनावरहरूलाई हाम्रो माया र सदाचारको खाँचो छ र शायद तिहारका यमपञ्चकका अवधिले हामीलाई यही ज्ञान दिन खोजेको हुनुपर्छ । विज्ञानले पनि पारिस्थितकी तन्त्र (Eco-System) का रूपमा हरेक प्राणीहरूको अस्तित्व एक अर्कासँग सम्बन्धित देखाएको छ ।
माया दिऔँ, माया बाँडौँ अनि माया पाँऔं, सबैको मङ्गल होस्, जीव र मानव जीवनबिचको सुमधुर सम्बन्धको यो यात्रा जूगाै जुग चलिरहोस् । शुभकामना !
नरक चतुर्दशी
यस वर्षको यमपञ्चकका दिनहरू मध्य एउटा मानिने नरक चतुर्दशी मा सबैलाई स्वागत छ । मलाई यस चतुर्दशी असाध्यै दार्शनिक र तार्किक लाग्छ, आउनुहोस् सुरु गरौँ कुराहरू ।
आखिर नर्क या नरक के हो त ?
आखिर जन्म र मरण पछिका सनातन विश्वासहरूमा सदैव आउने कुरा नै स्वर्ग र नर्क त हो । राम्रो कर्म गरेमा स्वर्ग जाने र नराम्रो कर्म गर्दा नर्क जाने जनमान्यता छ । यो सनातन दर्शनमा मात्र नभई लगभग हरेक धर्म र विश्वासमा पाइने तर्क हो । नर्क कसैको रोजाई मा पर्दैन किनभने नर्कमा अनेक सास्ती र दुख्नका भोगाई रहने विश्वास गरिन्छ ।
वैतरणी नदी तरेमा मात्र स्वर्ग पुगिन्छ भन्ने मान्यता छ । नरक चतुर्दशी मात्र यस्तो तिथि हो जहिले नर्कको उपस्थिति र केही हदसम्म नर्कको महत्त्व पनि बयान गर्दछ । नर्क बिनाको स्वर्गले खासै मान्यता राख्दैन, नर्क चतुर्दशी ले यस कुरालाई सबैलाई विचारयोग्य बनाएको छ ।
नरके भनेको के हो ?
यस चतुर्दशी ले हरेक मान्छेलाई नर्कमा नजानका लागि सत्कर्मको बाटो अवलम्बन गर्न पैरवी पनि गर्दछ । यस दिन नर्के नुहाउने चलन हुन्छ, तिलको तेल दलेर जलाशयमा नुहाउनुलाई नर्के नुहाउने भनिन्छ, कार्तिकको यस मन्द जाडोमा नुहाएपछि तिलका झिँगटाहरु बालेर ताप्ने चलन छ । आजको दिन बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदिप दक्षिण फर्काइ बाली बगाउनाले मृत्युपछि नर्कको दर्शन गर्नुपर्ने धार्मिक विश्वास छ । यसरी बत्ती बालेर बगाउने कार्यलाई नरके बगाउने भनिन्छ।
स्नान गर्दा हरेक पल नर्क नजानका लागि सत्कर्म गर्ने तत्परता र धर्मको पथमा हिँड्ने वचनलाई आत्मसाथ गरिनुपर्दछ । भन्ने नै हो भनेँ नर्क र स्वर्ग पृथ्वीमा नै छ, नर्क चतुर्दशी ले सबैलाई कर्मको पथमा सत्यले डोर्याउन सकोस् ।
शुभकामना !
-हाम्रो पात्रोका लागि सुयोग ढकाल
आउँदा दिनहरु
-
३जेठ
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत ३ दिन पछि
-
७जेठसोम प्रदोष व्रत ४ दिन पछि
-
८जेठनृसिंह जयन्ती ५ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १२ दिन पछि
-
१७जेठगोरखकाली पूजा १४ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस १५ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस १६ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २० दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २१ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २२ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस २४ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस २७ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस २९ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ३५ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ३६ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ३७ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ३८ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४० दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ४६ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ४७ दिन पछि
-
१९असारप्रदोष व्रत ४८ दिन पछि
-
२७असारविश्व जनसंख्या दिवस ५६ दिन पछि
-
२९असारभानु जयन्ती/सूर्य पूजा ५८ दिन पछि
-
३०असारगोरखकाली पूजा ५९ दिन पछि
-
३१असारविश्व युवा दक्षता दिवस ६० दिन पछि
-
१साउन
ज्योतिषहरू
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- पशुपतिको आरती
- के गर्छ्यौ
- Kabir Jayanti/Jya: Punhi
- कवीर जयन्ती/ज्या: पुन्हि
- Poornima Vrata/World Yoga Day/ Music Day
- पूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस
- विश्व शरणार्थी दिवस
- World Refugee Day
- Pradosh Vrata/International Day for the Elimination of Sexual Violence in Conflict
- प्रदोष व्रत/द्वन्द्वमा यौन हिंसा उन्मूलनको लागि अन्तर्राष्ट्रिय दिवस
- National Republic Day
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- Mohini Ekadashi Vrata
- मोहिनी एकादशी व्रत
- Sita jayanti । Gorakhkali Puja
- सीता जयन्ती । गोरखकाली पूजा
- चितामा हुने छु
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती ।अन्तर्राष्ट्रिय जैविक विविधता दिवस
- अन्तर्राष्ट्रिय परिवार दिवस
- Yugakavi Siddhicharan Shrestha Janma Jayanti । International Day for Biological Diversity
- World Telecommunication day । World Hypertension Day
- विश्व दूरसञ्चार दिवस । विश्व उच्च रक्तचाप दिवस
- खाेएकाे दिन के हुन्छ
- गुनेगार भए म
- International Day of Families
- टाढै बसौँ
- माया भरी
- कोही किन बरबाद होस्
- बादल जस्तै
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सुखको खानी
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
Liked by: