आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
चैत कृष्ण औंसी
घोडेजात्रा (काठमाडौँ उपत्यकालाई बिदा) । सोमबारे औंसी
घोडे जात्रा
घोडा र मानिसको सम्बन्ध, नर अश्व सहअस्तित्व
घोडा, घोडचढी, घोडसवार, यात्रा, अनि युद्धजस्ता मानव सभ्यताको इतिहासमा घोडा र मानवबिचको सहकार्य निरन्तर छ । इतिहासका अनेकन् दस्ताबेजहरूमा निरन्तर व्याख्या गरिएकै छ । अझ यो सम्बन्धबारे अनेकन् किसिमका कथा–किस्साहरू पनि जीवितै छन् । युरोप, अमेरिका, मध्य पूर्वी एसियादेखि लिएर संसारभर गाडीहरूको आविष्कार नहुँदा घोडा भरपर्दो र छिटो सवारीको माध्यम थियो ।
विश्वका प्राचीन ठूल्ठूला युद्धहरू चाहे त्यो महाभारत युद्ध होस्, नेपोलियन बोनापार्टको युद्ध होस् या मङ्गोल कन्क्वेष्टहरू सबैमा आफ्नो साम्राज्य र पहिचानको त्यो बखत घोडाको अधिकतम प्रयोग भएको थियो ।
अर्कोतर्फ वैदिक सनातन संस्कारमा घोडा अर्थात् ‘अश्व’लाई अत्यन्त महत्त्वपूर्ण जीवको रूपमा लिइएको छ । वैदिक सनातन संस्कारमा सबैभन्दा पुण्य प्राप्त हुने महान् यज्ञ, ‘अश्व मेघ यज्ञ’ हो, जसमा सयौँका सङ्ख्यामा घोडाहरूलाई स्वतन्त्र गरिन्छ । ती घोडाहरू जहाँ–जहाँसम्म पुग्छन् त्यहाँ शान्ति, सौहार्द्यता र आनन्द रहने विश्वास गरिन्छ ।
आफ्ना घोडेटोमा टापहरूको निशान राख्दै कुँदेका यी अत्यन्त बफादार अनि वेग समान कुद्न सक्ने घोडाहरूको सम्मान अनि सहकार्यमा आज नेपालको राजधानी काठमाडौँमा घोडे जात्रा मनाइँदै छ । चाहे काठमाडौँका विभिन्न ठाउँमा रहेका राणाहरूको अनि अन्य विभिन्न योद्धाहरूको सम्झना सालिक या तस्बिर होस्, घोडाहरूको उपस्थिति जरुरी देखिन्छ । नेपोलियनदेखि कुब्लाई खाँसम्म अनि जङ्गबहादुरदेखि मोहन शमशेरसम्मका प्रतिमा, मूर्ति या तस्बीरहरूमा घोडाको उपस्थितिलाई सानका साथ हेरिन्छ । काठमाडांंैको अत्यन्त मौलिक जात्राका रूपमा घोडे जात्रा युगौँ युगान्तदेखि काठमाडौँको टुँडिखेलमा अविच्छिन्न अनि निरन्तर रूपमा प्रदर्शन गरिँदै आएको छ ।
घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आइएको परम्परा हो । आज चैत्र कृष्णपक्षको औँसी, यो दिन काठमाडौँको टुँडिखेलमा हजारौँ सर्वसाधारणकाबीच नेपाली सेना र नेपाल प्रहरीले घोडे जात्रा विशेष परेड, कृत्य अनि अभ्यासहरू प्रदर्शन गर्ने गर्छन् । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् । यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ ।
यसरी घोडे जात्राका दिनमा गरिने प्रदर्शनको तयारी नेपाली सेना अनि नेपाल प्रहरीले महिनौँ अगाडिदेखि अभ्यास गरेका हुन्छन् । नेपाली सेनाका घोडसवारहरूले प्रतिस्पर्धात्मक रूपमा घोडा दौडाउने हुँदा आज टुँडिखेलमा हेर्नेको भीड लाग्ने गर्छ । त्यसका अतिरिक्त सेनाले शारीरिक व्यायाम, जिम्याष्टिक तथा विभिन्न खाले अश्वकला, मोटरसाइकल खेल र युद्धकलाको समेत प्रदर्शन गर्छन् । काठमाडौँमा हुनुहुन्छ भने आजको दिन जात्राको प्रत्यक्ष रमाइलो लिन टुँडिखेल जान सक्नुहुनेछ ।
यस जात्राको पहिलो दिन लुकु महादेवको पूजा अर्चना गर्दै बली चढाउने चलन छ । असनको अन्नपूर्ण मन्दिरको छेउमा आज खटहरूलाई एक–आपसमा ठोक्काउँदै दुई दिदी–बहिनीको मिलन गराउने चलन छ । यसरी चर्तुदशीको दिन साँझ भगवानका प्रतिमाहरूलाई शहर परिक्रमा गराउने चलन पनि छ । पहचारेको दोस्रो दिन घोडे जात्रा हो, घोडे जात्रा विवाहित छोरी र दिदी–बहिनीहरूलाई माइतमा बोलाउने र भोज खुवाउने पनि चलन छ । आउनुहोस्, घोडे जात्रा विशेष यो आलेखमा एउटा सानो कथा या भनौँ किंवदन्ती प्रस्तुत गरौँ ।
घोडे जात्रा किन मनाइन्छ ?
काठमाडौंवासी हरूले पुस्तौँ पुस्तादेखि भन्दै आएका यो घटनाक्रम नै घोडे जात्रा मनाउनु पछाडिको एउटा कारण हो । कथा यसरी सुरु हुन्छ..... परापूर्व कालमा टुँडिखेलको पूर्व दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा नाम गरेको राक्षसले उपत्यकाको मानव बस्तीमा प्रवेश गरी दुःख दिने र बालबालिकाहरू खाइदिने गर्दथ्यो । यस्तो घटना नरोकिएपछि उपत्यकावासीले उक्त राक्षसलाई मार्न अनेक उपायहरू खोज्न थाले । त्यसै क्रममा उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको र त्यसैको विजय उत्सवका रूपमा घोडे जात्रा मनाउने परम्पराको सुरुवात भएको किंवदन्ती छ ।
अझै पनि दौडने घोडाको टापले त्यस राक्षसको आत्मालाई दबाइराख्ने विश्वास गरिन्छ । यसो नगर्दा उक्त राक्षसको प्रेतात्मा बिउँझिएर सहरमा उधुम मच्चाउन सक्ने बुढापाकाहरूको भनाई छ । अर्कातर्फ प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदाबाट नयाँ वर्षको थालनी हुने मान्यता छ । त्यही आधारमा अघिल्लो दिन चैत कृष्ण औँसीमा अश्व यात्रा गरेर अर्थात् घोडा हिँडाएर नयाँ वर्षलाई स्वागत गर्ने प्रचलन छ ।
काठमाडौँ र पाटनको घोडे जात्रा विशेष किस्सा
यो इतिहासको एउटा टुक्रा हो, आज हामी हाम्रो पात्रोमा यसलाई जाहेर गर्दैछौं । उति बेला काठमाडौँ, भक्तपुर र पाटन फरक–फरक राज्य थिए । मनहरा र बाग्मती नदीले राज्यको सीमाको काम गरेको थियो । काठमाडौँका राजा प्रताप मल्ल, मल्लवशकै सबैभन्दा शक्तिशाली राजा मानिन्छन् । विसं. १६९८ देखि १७३१ सम्म यिनले अविच्छिन्न ३३ वर्ष शासन गरे । राजा प्रताप मल्ले पाटनमा गृहयुद्ध गराउन विद्रोहीहरूलाई हात लिए । यसपछि कमजोर भएका पाटनका राजा श्री निवास मल्ललाई हातमा लिएर प्रताप मल्ले भक्तपुरको नाला भन्ने ठाउँमा कब्जा पनि गरेका थिए ।
उपत्यकाका अन्य राज्यहरूसँग राम्रो सम्बन्ध नभएका राजा प्रताप मल्लको पाटनका राजा श्री निवास मल्लसँग पनि ठुलै मनमुटाब थियो । उति बेला पाटनका नागरिकहरू घोडे जात्रा हेर्न काठमाडौँ आउने, काठमाडौँका नागरिकहरू मछिन्द्रनाथको रथयात्राका लागि जावलाखेल जाने र अन्य थुप्रै जात्राहरू मिलेर गर्ने चलन थियो ।
नेपाल संवत् ७८७ तिर काठमाडौँका राजा प्रताप मल्ल र पाटनका राजा श्री निवास मल्लबिच मनमुटाब भएपछि पाटनका जनता काठमाडौँमा घोडे जात्रा हेर्न नजाउन् भनी पाटनमै भोलाख्यः टोलमा एउटा घोडा दौडाउने चलन गरिएको भन्ने किंवदन्ती सुन्न पाइन्छ । पाटनका राजा श्री निवास मल्लले पाटनमा घोडे जात्रा सुरुवात गराए । यो जात्रा काठमाडौँको जत्रो रौनकपूर्ण नभए पनि पाटनको आत्मनिर्भरताका लागि ठुलै काम साबित भएको थियो । यसरी राजा श्री निवासले सुरु गराएको पाटनको घोडे जात्रा आज पनि फरक परिवेशमा नियमित सञ्चालन हुन्छ ।
घोडे जात्रा उपत्यकामा हुने विशेष क्रियाकलापहरू
आजको विशेष दिन काठमाडौँ उपत्यकामा एउटा अद्भुत दैवी मिलन हुने गर्छ । आउनुहोस्, हामी बेलिबिस्तार लाउँदै छौ.....
आजको दिन भद्रकाली, लुमडी, कंकेश्वरी र भैरवहरूको प्रतिमालाई उठाएर असन चोकमा ल्याइन्छ । वर्षमा आजको दिन मात्र यस्तो दिन हो, जब यी सबै भैरव प्रतिमाहरूले एक–अर्कालाई भेट्छन् । यसर्थमा हामीले आजको दिनलाई दैवी मिलनका रूपमा व्याख्या गरेका हौँ ।
घोडे जात्रा अवसरमा सैनिक मञ्च टुँडिखेलमा प्रत्येक वर्ष नेपाली सेनाले कला कौशलताका साथ घोडा दौडाउने गर्छ भने ललितपुरको पाटन बालकुमारीमा एक आँखा नदेख्ने एक्लो घोडा दौडाएर घोडे जात्रा मनाउने गरिन्छ । भक्तपुरको पचपन्न झ्याले दरबार परिसरमा सिङारिएको घोडा दौडाएर जात्रा मनाइन्छ । घोडे जात्रा हेर्न राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपतिसहित उच्च पदस्थ व्यक्तित्वहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरूलाई टुँडिखेललाई डाँक्ने गरिन्छ । घोडे जात्रा अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिँदै आएको छ ।
टुँडिखेलमा सेनाले घोडे जात्रा बढाइँ गरेपछि उपत्यकाका किसानले आफ्नो खेतबारीमा सिमी, बोडी, भटमास, काँक्रो र फर्सी जस्ता तरकारी बालीको बिउ रोप्ने चलन पनि कायमै छ । हाल घोडे जात्रा काठमाडौँमा मात्रै सीमित नराखेर राष्ट्रिय महत्त्व बोकेको जात्राका रूपमा मनाउने गरिएको छ । काठमाडौँबाहेक पाल्पा, धरान र बुटवलमा समेत घोडे जात्रा मनाउने गरिन्छ ।
पाटनको बालकुमारी क्षेत्रमा आजको दिन स्थानीय घोडाहरूलाई मदिरा खुवाएर चढ्ने चलन छ । यसरी मदिराको नशामा रहेका घोडाहरू हिँडेको अनि कुदेको हेरेर रमाइलो मान्ने चलन पनि छ । सुस्तरी यस्ता चलनहरूमा कमी भने आउँदै गएको छ । स्मरण रहोस्, एकीकरणपछि पनि भक्तपुर, पाटन अनि काठमाडौँका बिच आजको दिन अर्थात् घोडे जात्रा दिन कुन सहरमा कसको घोडे जात्रा राम्रो भन्ने विषयमा प्रतिस्पर्धा हुने गर्दथ्यो । यस जात्राको रङ्गमा उपत्यकाका सहरहरू आज पनि आ–आफ्नै ढगंमा रङ्गिने गरेका छन् । आजको दिनको शुभकामना ।
सोमबारे औँसी व्रत
९० सालको महाभूकम्प र सोमबारे औँसीको किस्सा
सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, आउनुहोस् आज विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ जोडौँ । विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो । त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र राहु एउटै राशिमा थिए।
आज पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।
यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन "सोमबारे औँसी" को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।
पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । ल है यस सोमबारे औँसीमा धर्म अनि उदारताका लागि के गर्ने, सोच्नुभएको छ नि ?
जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल ।
आउँदा दिनहरु
-
१७वैशाख
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ४ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ५ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ६ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ७ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १० दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १२ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २० दिन पछि
-
७जेठसोम प्रदोष व्रत २१ दिन पछि
-
८जेठनृसिंह जयन्ती २२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस २९ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ३८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ३९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ५२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ५३ दिन पछि
ज्योतिषहरू
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
Liked by: