परिचय
लेखक अमित विद्यार्थीद्वारा रचित किशोर उपन्यास अत्यन्तै रोचक छ । यस पुस्तकको चित्र कोर्ने चित्रकार लिटि ह्याटलडोर हुन् । उपन्यासको प्रकाशक भने काठमाडौँ पब्लिकेशनले गरेकाे छ । यो पुस्तक पहिलो संस्करण हो । यो पुस्तक वि.सं. २०७९ सालमा बजारमा आएकाे हाे ।
कथावस्तु
रोजन एक बदमास केटा हो जो समस्यामा परिरहन्छ । यस्तो बेला उसले बुबाको कुटपिट खान्छ । कुटपिट गर्दा ऊ निकै डराउँछ र हातले आँखा र कान बन्द गर्छ । एक दिन भान्साकोठामा उसले कप फुट्याउँछ र भुइँमा बस्छ । बुबाकाे पिटाइ खाइने डरले उसकाे साताे गएकाे हुन्छ । अचम्म, जब उसले आफ्नो आँखा खोल्छ, सबै कुरा सामान्य देखिन्छ । त्यहाँ फुटेकाे गिलास हुँदैन । यो घटनाले ऊ दङ्ग हुन्छ । त्यस्ता घटनाहरू बारम्बार दोहोरिन्छ ।जस्तै कि उसले आफ्नो थाल र खाना फ्याँक्दा । डि आइबाट गाली खाँदा र उनका आमाबाबु झगडा गर्दा । यी घटनाहरूपछि उसले महसुस गर्छ कि उसमा अन्डु गर्ने शक्ति छ भनेर । उसले धेरै पटक गर्न खोज्छ तर काम गर्दैन । ऊ आफ्नो नयाँ शक्तिको बारेमा सोच्छ र आफ्नो डायरीमा लेख्छ। त्यसपछि उसले यो कुरा आफ्नो साथीलाई बताउन खोज्छ । उनीहरूले विश्वास गर्दैनन् । आफ्नो शक्ति प्रमाणित गर्न ऊ र उसको साथीहरू क्यान्टिनमा जान्छन् र केही भाँडाहरू फ्याँक्छन् । त्यसपछि उनीहरूलाई प्रिन्सिपलको कार्यालयमा लगेर गाली गरिन्छ । ऊ असफल हुन्छ र उसको साथी ऊसँग रिसाउँछ । त्यसपछि उसले माफी माग्छ र तिनीहरूले उसको माफी स्वीकार्छन् ।
परिवेश
यस बालउपन्यासको स्थलगत परिवेश बुटवलमा रहेको रोजनको घर, गोलपार्क, मिलनचोक, चौराहा, रोजनको विद्यालय, क्यानटिन, होस्टेल, चौर आदि हुन् भने मुख्य परिवेश रोजनको घर हो । यस पुस्तकको कालगत परिवेश भने १-२ महिना हो भनेर हामीले अनुमान गर्न सक्छौँ ।
पात्र
मुख्य गरी साहित्यमा तिन प्रकारका पात्रहरू हुन्छन्- मुख्य, सहायक र गौण । यस पुस्तकको प्रमुख पात्रका रुपमा रोजन आएको छ भने बाआमा, लियान्ना र किरण, डि आइ, भाइरस सर, खुकुरी सर, प्रिन्सिपल र अरु शिक्षकशिक्षिका, सुदिप, स्मितालगायतका अरु साथी, क्यान्टिनका गुरुदाइ आदि भने सहायक पात्र हुन् ।
पासाङ डोमा शेर्पा
कक्षा ७ ‘पुमोरी’
डियरवाक सिफल स्कुल
पुस्तक समीक्षा:अन्डुम्यान
Liked by: