यो दोश्रो प्रस्तुती एकदशक भन्दा धेरै समय पछि मञ्चन हुदैछ । काठमाडौमा मञ्चन भइरहेका राष्ट्रिय र अन्तराष्ट्रिय नाटकहरु भन्दा यो अलिक भिन्न छ, ग्रामिण सस्कृती र हिमाली कथा ब्यथामा आधारित नया नाटकको स्वाद थाङ्गलाले लिएको छ । यो केरिसकेपछि मलाई पनि सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला भन्ने आशा नि छः बरिष्ठ साहित्यकार सरूभक्त श्रेष्ठ
'थाङ्गला' अर्थात हिमालका देवता, यस नाटक मार्फत हिमाली जनजीवन, रहनसहन अनि हिमाली वेदनाहरु देखाइनेछ, ट्रान्स हिमालयन कल्चरमा आधारित यो मनै छुने आलेखमा आधारित बहुप्रतिक्षित नाटकले शिल्पी थिएटरमा मञ्चनका क्रममा काठमाडौमै एक टुक्रा हिमाल र त्यहाँको जनजीवनको वास्तविक अनुभव गर्न सकिनेछ ।
बरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठ
नेपाली साहित्य नक्षत्रमा एकदमै आदरका साथ लिइने नाम हो, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारहरुवाट सम्मानित यी सर्जकका अन्य कृतीहरु जस्तै 'पागलवस्ती', 'अभिनवको आत्मकथा', 'बन्द खाम भित्र' लगायतका कृतिहरू नेपाली पाठकहरुसामू एकदमै चर्चित छ । १७ वर्ष अधि यहि आलेखमा आधारित नाटक 'थाङ्गला' प्रज्ञा प्रतिष्ठानमा मञ्चन भएको थियो । त्यतिबेला प्रस्तुत मञ्चन भन्दा हुँदैगरेको नयाँ संस्करणमा केही भागहरु थपेर प्रस्तुत गरिंदैछ । वहाँका अनुसार थाङ्गला एउटा हिमाली भेगको कथा हो, यसमा हिमाली जीवनशैली, प्रकृतीसंगको सामीप्यता र वहू-पति परम्परालाई मुख्य रुपमा देखाइएको छ । अत्यन्त दुर्गम हिमाली भेगमा सदियौंदेखि चलिआएको एकैजना श्रीमतीको धेरै जना श्रीमान हुने बहू-पति प्रथालाई व्याख्या गर्न सफल यो नाटक एउटा चिसो मरुभुमीको कथा हो, पुराना पुस्ताको यो चलन अनि नयाँ पुस्ताको प्रेमबिचको द्वन्दात्मक परिवेशलाई थाङ्गलाले प्रतिविम्वित गर्नेछ ।
हिमालको छेउछाउमा भएका तिब्बती मूलका नेपालीहरूको कथा हो थाङ्गला, सुख्खा ठाउँ, हिउँले खाएका डाडाँकाडाँहरु अनि अल्पवृष्टीको कथा हो थाङ्गला । थाङ्गलाले देखाउन खोजेको मरुभुमीमा रुखहरु छैनन, ती मरुभुमीममा हरियाली छैन । उनिहरुले देवताका रुपमा पूजा गर्ने हिमाल अनि हिमाली कथा र त्यस कथा वरपर घुमीरहने पात्रहरू छ यसमा ।
मरुभूमी भन्नाले सामान्यजसो अफ्रिकी या राजस्तानी मरुभुमी बुझने नेपालीहरुले यस नाटकमा हिमाली भेकको चिसो बलौटे भूगोलमा बग्ने भावनाहरुलाई नियाल्न र बुझ्न सक्नेछन । सरुभक्तका धेरै कृतीहरु साहित्यिक बजारमा सहज उपलब्ध नभएको तथापि पाठकहरुले भने ति कृतीहरुप्रति धेरै जिज्ञासा र लालसा राख्नेगरेकोमा डिजिटल सस्मरणमा छिट्टैनै हाम्रो पात्रोमार्फत हामीले सरुभक्तलाई पढ्न सक्ने कुरा संभव हुनसक्नेछ ।
प्रश्नकर्ताः हजुरलाई हाम्रो पात्रोमा स्वागत छ
धन्यवाद
प्रश्नकर्ताः हाम्रा प्रयोगकर्ता अनि यहाका पाठकहरुलाई के भन्न चाहनुहुन्छ ?
म आफ्नो शुभचिन्तक र पाठकहरु प्रति शुभेच्छा प्रदान गर्न चाहन्छु, आफ्नो भाषा संस्कृती र कलालाई माया गरिनै रहनुहुनेछ भन्ने आशा गर्दछु, मेरा ३० को दशकदेखि कृतीहरु प्रकाशीत हुँदैआएको छ र धेरैजसो किताबहरु स्थानीय प्रकाशकहरुले प्रकाशन गरेका थिए र अब त ति मध्ये धेरै प्रिन्ट आउट भइसकेका छन, तर अब यो परिवर्तित समयमा आफ्नो पाठकहरुसमक्ष कृतीहरु कसरी पूर्याउँ भन्ने कुरामा म पनि धेरै चिन्तनशील छुँ । हाम्रो पात्रो जस्ताे शक्तिशाली माध्यमहरुबाट पाठकहरुसमक्ष मेरा कृतीहरु पुर्याउन सजिलो हुनेछ भन्ने आशा पनि लिएको छु ।
प्रश्नकर्ताः नयाँ के आउदैछ ?
पाठ्यक्रम कोर्समा भएका मेरा कृतीका कारणले पनि नयापुस्ताका पाठकले मलाई चिनिरहेका छन, मेरा पछिल्ला आख्यानका कृतीहरु पनि पनठकले पढिरहनुभएको छ तर थाङ्गलाजस्ता कृती जुन अहिलेसम्म प्रकाशित भएका छैनन र यस्ता धेरै कृतीहरु भविष्यमा निकाल्ने चिन्तनमा छु ।
संसारभरि छरिएर रहेका नेपाली र गैह्र नेपालीहरुसमक्ष मेरा कृतीहरु पुर्याउन तपाइहरुले हाम्रो पात्रोार्फत् सहयोग गरिदिनुभए देश विदेश सर्वत्र छरिएर रहेका नेपालीहरुको भाषा, सस्कृती र साहित्यमोहीकालागि ठुलो सौभाग्य हुनेछ ।
प्रश्नकर्ताः आफ्नो कृतिको नाट्य रूप हेर्न तम्तयार हजुरका शुभचिन्तकलाई के भन्न चाहनुहुन्छ ?
यो दोश्रो प्रस्तुती एकदशक भन्दा धेरै समय पछि मञ्चन हुदैछ । काठमाडौमा मञ्चन भइरहेका राष्ट्रिय र अन्तराष्ट्रिय नाटकहरु भन्दा यो अलिक भिन्न छ, ग्रामिण सस्कृती र हिमाली कथा ब्यथामा आधारित नया नाटकको स्वाद थाङ्गलाले लिएको छ । यो केरिसकेपछि मलाई पनि सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला भन्ने आशा नि छ ।
प्रश्नकर्ताः हाम्रो पात्रोसँग यहाको अटुट समबन्ध रहनेछ भन्ने आशा छ
पक्कै पनि , हाम्रो पात्रो अब डाउनलोड गर्न र चलाउन मलाई वाध्य पारिदिनुभयो, तपाइहरुको प्रतिक्रिया म अवश्य पढनेछुँ । (हाँस्दै) धन्यवाद
-------------------------------------
कलाकार, अभिनेता अनि लेखक अनुप वराल
अडियो सुन्नका लागि यहाँ थिच्नुहोस् ।
नेपालमा नाटक र थिएटरको विकासमा अग्रणी नाम अनि रंगमञ्चका चर्चित कला प्रशिक्षक
चलचित्र लेखक अनि बहुप्रतिभाशाली निर्देशक अनुप बरालसंगको कुराकानीः
प्रश्नकर्ताः थाङ्गलाको प्रदर्शनका विषयमा हाम्रा प्रयोगकर्ताहरुले धेरैनै दिलचस्पी राख्नुभएको छ, १७ वर्षपछि पुनः प्रर्दशन हुने थाङ्गलाको पहिले र अहिलेको सस्मरणमा के फरक पाउनसक्छौं ?
"समयान्तरको हिसाबले अझै समसामयिक वनाउन सचेतरुपमा नाटकको मेरुदन्डलाई नचलाइकन केही परिवर्तन गरेका छौ , मान्छेको स्वतन्त्रता , निजत्व र परम्परावाट चल्दैआएको द्धन्दमाथी अझै जोड दिएका छौ । हिमाली संस्कृतीमा खास किसिमको जनजातीमा रहेको बहु-पतिप्रथाका कुराहरु र सामाजिक द्वन्दलाई एउटा तहका रुपमा समेटिएको छ ।"
प्रश्नकर्ताः थाङ्गला भन्ने वित्तिकै हिमालको देवता हो, काठमाडौको शिल्पी थिएटरमा थाङ्गला मञ्चन हुदा काडमाडौमै एउटा हिमालको स्वाद दिनलाई के कस्तो प्राविधीक कुराहरु तैयार गरिएको छ ?
हिमाली सस्कृतीमा पृथ्वीको रंगहरुको विशेष प्रार्थमिक्ता हुन्छ र यो रंगलाई सेटमा राम्ररी प्रयोग गरिएको छ । याकका टाउकाहरु देखि लिएर अन्य हिमाली परिवेश र हिमालमा समयको ब्यतितभएको इफेक्टहरुपनि राखिएको छ । प्रकाश परिकल्पना पनि यसै हिसाबमा गरिएको छ । हिमाली फिललाई एकदमै फोकस गरिएको छ ।
प्रश्नकर्ताः चलचित्र र नाटक दुवै विधामा हुनुहुन्छ, चलचित्रमा के छैन जुन नाटकमा देखाउन सकिन्छ ?
नाटक प्राचिन रुप हो, यसमा अकिंय विभाजन हुन्छ तर मूलरुपमा रंगमञ्च भनेको तत्कालै समान अनुभुतीकै दर्शक र कलाकारबिच अनुभूति साटासाट हुन्छ । आजको फिल्मलाई दश वर्षपछाडि हेरेपनि त्यहि हुन्छ तर नाटक भने आज र भोलीकै शोमा पनि फरक देख्न सकिन्छ । नाटक चलायमान हुन्छ, फिल्ममा गर्न सक्ने धेरै संभावना हुन्छ र फिल्ममा सहज लोकप्रियता र ब्यवसायिकरणको संभावना धेरै हुन्छ । नाटकमा एक किसमिको चुनौती र अवसर दुबै छ, फिल्ममा लोकेशन प्रयोग गरेर खिच्न सकिन्छ, फिल्लमा हेलिकोप्टरनै देखाउन सकिन्छ भने नाटकमा हेलिकोप्टरको छाया र आवाजले कल्पना गराउँदछ ।
प्रश्नकर्ताः नाटकको कल्पनाशत्तिको कुरा गर्दा गएको दशकमा नेपालीहरुले धेरै थिएटर पाएका छन र रंगकर्मीहरु पनि पाएको छ । एक्टर्स स्टुडियो एउटा शुरुवातकालिन र पुरानो रंगकर्मीको रुपमा अनुप बरालको त्यतिबेलाका गुरुहरु र अहिले अनुप बराललाई गुरु मान्ने मान्छेहरु बिच कत्ति फरक पाउनुहुन्छ ?
खासै तात्वीक भिन्नता भनएपनि अहिलेको समयमा मान्छेहरु कर्म भन्दा फल उन्मुख धेरै पाइन्छन, तथापि धेरैराम्रा कलाकारहरु पनि पाइन्छ । साधना र कला तपस्यामा अझै ध्यान दिन जरुरी छ । ५ वटा थिएटर निजीस्तरमै चल्नसक्नुमा नेपाल साउथ एसियामै एउटा उदहारण भएको छ, अहिले त रंगकर्मबाटै बाँच्नसक्ने आधारहरु पनि खडा भएको छ । मान्छेहरुले थिएटरलाई माया गर्न थाल्नुभएको छ र हामीकहाँ सद्गुरुको पनि अभाव छ र समबन्ध भनेको दुइतर्फि हुन्छ र यस अर्थमा गुरु र शिष्य दुवैबाट यी कुराहरु र मुख्यतः कलाको साधनामा उन्मुख हुन जरुरी छ ।
प्रश्नकर्ताः हाम्रो पात्रो पनि एक्टर्स स्टुडियोको यो कला यात्रामा सहभागी हुनपाएकोमा खुशी छौँ, थाङ्गलाको अपार सफलताकालागि मुरी मुरी शुभकामना
"यो त केही हैन हामीहरु अझै अगाडी बढ्नुपर्ने छ, यो सहयात्रा सदैव रहिरहनेछ, धन्यवाद"
Liked by: