Gajakesari Yog | Hamro Patro

ब्लग - साहित्य / हाम्रो ज्योतिष

गजकेशरी योग-(जन्म-कुन्डलीमा बन्ने राजयोग)





(हात्ती र सिंह बराबरको शक्ति प्रदान गर्दछ)
गज केशरी योग वैदिक ज्योतिषमा सबैभन्दा शक्तिशाली शुभ योग हो। गजको अर्थ 'हात्ती' र केसरीको अर्थ 'सिंह' हो। दुवै शब्दलाई जोड्दा हात्ती र सिंह दुवैको समान शक्ति प्राप्त हुन्छ। जसलाई हामीले गजकेशरी योग भनिन्छ। कुंडलीमा यो योगको उपस्थितिले कुंडलीमा भएका सबै अशुभ योगलाई शून्य बनाउँछ।

यस्तो योगमा जन्मिएका व्यक्ति नेता, व्यापारी, सांसद, विधायक, संस्थाप्रमुख वा राजपत्राङ्कित कर्मचारी हुने सम्भावना हुन्छ। प्राय: यस योगमा जन्मने जातकले आफ्नो जीवनमा पर्याप्त उन्नति गर्दछन् र आफ्नो जिवनमा सफल सङ्गै सबल पनि हुन्छन ।यो योगमा जन्मने ब्यक्ति आफू-आबद्ध रहेर काम गरेको क्षेत्रमा उच्च सफलता प्राप्त गर्ने छन।।

जन्मकुण्डलीमा चन्द्रमाबाट पहिलो, चौथो, सातौँ र दसौं भावमा बृहस्पति ग्रह अवस्थित रहँदा 'गजकेशरी योग'को निर्माण हुन्छ। यसको तात्पर्य के हो भने कुनै व्यक्तिको राशीकुण्डलीमा बृहस्पति ग्रह केन्द्रवर्ती भएर बसेको छ भने यस योगको उपस्थिति देखिन्छ। कतिपय ज्योतिषशास्त्रीहरूले बृहस्पति कुण्डलीको निर्माण गरेर यस्तै स्थिति भएमामात्र यस योगको निर्माण हुने बताएका छन्। त्यसैले यस योगको मूल कारक बृहस्पति वा चन्द्रमा कुन हो भन्ने विषयमा मतैक्य छैन। समग्रमा यो एउटा राज योग हो। यस्तो योगमा जन्मिएका व्यक्ति नेता, व्यापारी, सांसद, विधायक, संस्थाप्रमुख वा राजपत्राङ्कित कर्मचारी हुने सम्भावना हुन्छ। प्राय: यस योगमा जन्मने जातकले आफ्नो जीवनमा पर्याप्त उन्नति गर्दछन् र मृत्युपछि पनि प्रसिद्धिलाई अमर तुल्याउँदछन्।

चंद्रमाबाट गणना गर्दा केन्द्रमा अवस्थित बृहस्पतिद्वारा 'गजकेशरी योग'को निर्माण हुन्छ। धेरैजसो ज्योतिष टीकामा बृहस्पति ग्रहलाई यस योगको मूल कारक मानिन्छ, तर चन्द्रमालाई पनि यस योगको महत्त्वपूर्ण अङ्ग नै मानिन्छ। यस योगमा शुक्र वा बुध ग्रह नीच राशिमा छैन र अस्ताएको अवस्थामा पनि छैन अनि चन्द्रमालाई पूर्ण दृष्टिले देख्दछ भने त यो योग अझ प्रबल हुन्छ। जातकले यस योगको वास्तविक फल बृहस्पति ग्रहको दशावधिमा प्राप्त हुन्छ। त्यस्तै चन्द्रमाको महादशामा पनि शुभफल प्राप्त हुन्छन्। जुन जातकको जन्म केतु, शुक्र वा सूर्यको महादशाकालमा हुन्छ, उसले आफ्नो जीवनमा चन्द्रमा र बृहस्पति दुबै ग्रहको महादशा भोग्ने सुअवसर प्राप्त गर्दछ।

ज्योतिषशास्त्रमा कतिपय शुभ र अशुभ योगहरूको वर्णन गरिएको छ। शुभ योगमा 'गजकेशरी योग'लाई अत्यंत शुभ फलदायी योगका रूपमा मान्यता दिइएको छ। यो योग गुरु बृहस्पति र चन्द्रमाको केन्द्रमा युति हुनाले वा केन्द्र(१,४,७,१०)मा गुरु बृहस्पति र चन्द्रमाका माझमा दृष्टिसम्बन्ध कायम हुँदा स्थापित हुन्छ। केन्द्र स्थितिमा बाहेक यी दुबै ग्रहले त्रिकोण स्थितिमा अर्थात् नवम र पञ्चम भएर बसेमा पनि शुभ फल प्रदान गर्दछन्। कुण्डलीमा यस्तो योग हुँदा केही व्यक्तिले एकातिर आर्थिक र भौतिक रूपमा उन्नति गर्दछन् भने केही व्यक्तिले यस योगबाट कुनै किसिमको शुभ फल प्राप्त नगरेको स्थिति पनि देखिन्छ। यस सन्दर्भमा ज्योतिषशास्त्रले केही नियमलाई अघि सारेको छ, जसबाट कस्तो गजकेशरी योगबाट शुभफल प्राप्त हुन्छ र कस्तो गजकेशरी योगले फल प्रदान गर्न सक्दैन।

शुभ गजकेशरी योग
जुन व्यक्तिको कुण्डलीमा शुभ गजकेशरी योग हुन्छ, त्यो बुद्धिमान् र विद्वान् हुने गर्दछ। यस्त मान्छेको व्यक्तित्व गम्भीर र प्रभावशाली हुन्छ र उसले समाजमा प्रतिष्ठा प्राप्त गर्दछ। आर्थिक मामिलामा ऊ असाध्यै भाग्यशाली हुन्छ र उसको जीवन वैभवपूर्ण हुन्छ। यस्तो गजकेशरी योग तबमात्र सम्भव हुन्छ, जब जातकको कुण्डलीमा चन्द्रमा नीच घरमा हुनुहुँदैन र बृहस्पति नीचमा वा अस्ताएको हुनु हुन्न। त्यस्तै दुबै ग्रह युवावस्थामा हुनु पनि आवश्यक छ अनि दुबै ग्रह राहु, केतु वा शनि ग्रहद्वारा दृष्ट पनि हुनुहुन्न।

लग्नबमोजिम गजकेशरी योग
यस लग्नमा गुरु बृहस्पति र चन्द्रमाको युतिलाई शुभ फलदायी मानिन्छ। यस लग्नमा यी दुबै ग्रहको शुभ स्थिति चतुर्थ भावमा हुन्छ। द्वितीय र पाँचौ भावमा पनि गुरु बृहस्पति र चन्द्रमाको युतिलाई शुभकारी नै मानिन्छ।

वृष लग्न
यस लग्नमा चन्द्र उच्चको र आठौँ घरको स्वामी पनि हुन्छ। त्यसैले यस लग्नमा यी दुबै ग्रहको योग सिर्जना हुनाले गजकेशरी योगको शुभ फल प्राप्त हुन्छ। यस लग्नमा यस योगबाट विपरीत राजयोगको निर्माण हुने भएकाले पनि यो महत्त्वपूर्ण हुन्छ।

मिथुन लग्न
यस लग्नमा गुरु धनु राशिमा भएको अवस्थामा मात्र गजकेशरी योग फलवान् हुन्छ। किनभने त्रिकोण राशिमा रहनाले बृहस्पतिको केन्द्राधिपति र सप्तमाधिपति हुँदाको दोष प्रभावहीन हुने गर्दछ।

कर्कट लग्न
यस लग्नमा गुरु षष्ठेश र भाग्येश भएर बस्दछ। यदि लग्नपति चन्द्रमा लग्नमा छ र गुरु बृहस्पति मेष राशिमा छन् अथवा बृहस्पति कर्कटमा र चन्द्रमा मेषमा छन् भने पनि उत्तम गजकेशरी योगको निर्माण हुन्छ, जसले जातकलाई शुभ फल प्रदान गर्दछ।

सिंह लग्न
सिंह लग्नको कुण्डलीमा गजकेशरी योग तब मात्र शुभफलदायी हुन्छ जब गुरु मीन राशिमा रहेको हुन्छ र चन्द्रमा धनु राशिमा अवस्थित हुन्छ। अन्य स्थितिमा यो योग कमजोर हुने गर्दछ।

कन्या लग्न
यस लग्नमा देवगुरु बृहस्पति आफ्नो राशिमा बसेको अवस्थामा मात्र ऊ केन्द्राधिपति दोषबाट मुक्त हुन्छ। गुरु बृहस्पति आफ्नो घरमा छ र चन्द्रमा पनि बृहस्पतिकै घरमा बस्दछ भने यसबाट सिर्जना हुने गजकेशरी योग प्रभावशाली हुन्छ, जसले व्यक्तिलाई गुणवान् बनाउँदछ र ऊ वैभवशाली पनि बन्दछ।

तुला लग्न
यस लग्नको कुण्डलीमा गजकेशरीको पूर्ण फल प्राप्त हुँदैन तर कर्कट राशिमा गुरु बृहस्पति छन् र मकर राशिमा चन्द्रमाको उपस्थिति छ भने केही शुभ फलको आकाङ्क्षा गर्न सकिन्छ। यद्यपि तुला लग्नमा गुरु बृहस्पति र चन्द्रमाको केन्द्रस्थ युति बन्नाले 'हंस योग'को सिर्जना हुनेहुँदा यसबाट चाहिं अत्यन्त शुभ फल मिल्ने गर्दछ।

वृश्चिक लग्न
यस लग्नको कुण्डलीमा देवगुरु बृहस्पति दोस्रो र पाचौँ भावको मालिक हुने गर्दछ। जबकि चन्द्रमा भाग्य स्थानको मालिक हुन्छ। यस्तो कुण्डलीमा लग्नमा देवगुरु र सातौँ घरमा चन्द्रमा बसेर यस योगको सिर्जना भयो भने यो योग असाध्यै शुभकारी मानिन्छ।

धनु
यस लग्नमा चन्द्र अष्टमेश हुने हुँदा गजकेशरी योगले पूर्ण फल प्राप्त गर्न सक्दैन। तर देवगुरु वृश्चिक राशिमा छ र चन्द्रमा वृष राशिमा छ भने यस योगले केही हदमा शुभ फल प्रदान गरेको देखिन्छ।

मकर लग्न
मकर लग्नको कुण्डलीमा सिर्जना हुने गजकेशरी योगबाट सामान्य फल प्राप्त हुने गर्छ, किनभने यस लग्नमा देवगुरु तेस्रो र बाह्रौँ घरको मालिक हुन्छ। जबकि चन्द्रमा सातौँ घरको स्वामी हुन्छ।

कुम्भ लग्न
कुम्भ लग्नको कुण्डलीमा पनि गजकेशरी योगले सामान्य फल प्रदान गर्दछ, किनकि यस्तो अवस्थामा चन्द्रमा छैटौँ घरको मालिक हुन्छ। छैटौँ घरलाई शुभ मानिंदैन।

मीन
मीन राशि देवगुरुको आफ्नो घर हो। यस लग्नमा गजकेशरी योगको सिर्जना हुँदा अतीव शुभकारी योग बन्ने गर्दछ। यस्तो अवस्थामा देवगुरु बृहस्पति लग्नेश र दशमेश पनि हुन्छ। जबकि चन्द्रमा पाँचौं घरको मालिक हुन्छ।

समस्त लग्नहरूमध्ये मिथुन, कन्या, वृश्चिक र मीन लग्नमा निर्माण हुने गजकेशरी योगलाई सर्वश्रेष्ठ मानिन्छ। अन्य लग्नहरूमा गजकेशरी योगको प्रभाव यी लग्नको तुलना केही कम हुन्छ।

-ज्यो. अमृत पौडेल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.