वास्तुशास्त्रले केवल आवासीय भवनको मात्र चिन्तन गर्दैन । यसले आवासीय, व्यवसायिक भवन, क्षेत्र, स्थान, कार्य, अवस्थिति आदिका बारेमा पनि चिन्तन गर्दछ । प्रमुख रूपमा आवासीय र व्यवसायिक भवनको मात्र सिद्धान्त र चिन्तनको परम्परा रहेको जस्तो भए पनि वस्तुतः यसले निर्माणका हरेक क्षेत्र र कार्य (व्यापार, निर्माण, मानव, प्राणी, वनस्पति, जीव, निर्जीव, पृथ्वी, तेज, जल, वायु, आकाश, खगोल, भूगोल) रूप, रस, गन्ध, स्पर्श आदि सबै क्षेत्रमा चिन्तन र सिद्धान्तको स्थापना गर्ने प्रयास गरेको छ । निर्माणमा नै मूर्तिकला, चित्रकला, काष्ठकला, रंगकला (ललितकला, प्रस्तरकला) आदिको बारेमा पनि यथाशक्य प्रामाणित हुने, भएको तथ्यलाई सिद्धान्तका रूपमा स्थापित गरेको छ ।
वास्तुशास्त्रको सिद्धान्त र प्रभावका बारेमा पनि यथेष्ट उल्लेख भएको देखिन्छ ।
जसमा निर्माणकार्यमा वास्तुको प्रभाव, पर्यावरणमा, कृषिमा, स्वास्थ्यमा, उन्नति, प्रगतिका रहनसहन तथा संस्कार र संस्कृतिमा, परिणाम, कृषिमा, स्वास्थत विश्वमा देखापरेका राजापरेका क्षेत्रमा समेत वास्तुशास्त्रको विषय बन्द शान्तिलमा प्रभाव परेको देखिन्छ । यसैले पृथ्वी, जल, तेज, वायु, र आकाशक्रयात्मक नकारात्मकर्माण भएका सारभूत क्षेत्र र अवस्थामा वास्तुशास्त्रको विशेष प्रभाव परेको देखिनत्वले निर्माणज्वार तथा औद्योगिक यसैले व्बादी आजको युगमा व्यापार, व्यवसाने देखिन्छ। सूचना, सञ्चार तवस्था नै रहेन । यसैले व्यापार व्यवसायिक भवन, दोकान, पसल अवधिको प्रभा वास्तुशास्त्रीय गुणदोषको चर्चा गर्नु सान्दर्भिक नै रहला।
व्यापारिक वा व्यवसायिक भवन, पसल, दोकान, विद्यालय, उद्योग, कलकारखाना आदि भएका भवनको प्रमुख प्रवेशद्वार पूर्व वा उत्तर हुनुपर्दछ ।
प्रवेशद्वार पश्चिमतर्फ भए व्यवसायमा रोकावट आइरहन्छ भने उत्तरमा भए अधिकांश सफलता प्राप्त हुन्छ तर दक्षिणमुख भए अनेकौं बाधा व्यवधान आइरहन्छ ।
व्यवसायिक भवन, पसल, चारै कुना नमिलेको बानो, टेढो राम्रो मानिदैन । तर ईशानकोण बढेको भने शुभ नै भएको देखिन्छ ।
जन्मसमयको राहु, केतु बलवान भएर व्यापारिक कार्य गर्दा सोही ग्रह चलेको भए दक्षिणाभिमुख व्यवसायिक भवन लाभदायक रहन्छ तर टिकाउपूर्ण व्यवसाय भने हुँदैन ।
व्यवसायिक क्षेत्र (विद्यालय, पसल, अस्पताल, औषधालय) आदि वास्तुशास्त्रीय दृष्टिमा अशुभ भए त्यस्तो व्यापारिक स्थानको भूमिगत तलामा वास्तुविज्ञको राय सल्लाहमा श्रीयन्त्र स्थापना गर्नु पर्दछ ।
व्यापारिक व्यवसायिक क्षेत्रमा सफासुग्घर बाटो, स्थान, आँगन हुनुपर्दछ। व्यापारिक प्रतिष्ठानहरूमा व्यापार व्यवसाय सोचे अनुसारको व्यवसाय चलेको छैन भने भूमिगत प्रकोष्ठमा श्रीयन्त्र, व्यापारवृद्धि यन्त्र, वास्तुयन्त्र लगाउनु पर्दछ ।
व्यापार व्यवसाय चलाउन खोलिएका दोकान, पसल, व्यवसायिक प्रतिष्ठान शुभमुहूर्त
र स्थिर लग्नमा प्रारम्भ गर्नुपर्दछ। प्रातः कालीन समयमा शुभदिन, शुभ राशि, स्थिर लग्न शुभमुहूर्तमा व्यापार व्यवसायको थालनी गर्नुपर्दछ। आनन्द, प्रसन्न मन बनाएर आफन्तसहित भएर व्यापार व्यवसाय थाल्नुपर्दछ ।
नयाँ पसल, दोकान थाल्दा रजिस्टर्ड, विल, खाता, आसन (कुर्सी, आसन, सोफा), लेखनी सबै नयाँ हुनु राम्रो मानिन्छ । श्रीगणेशलक्ष्मीको पूजन गरी धनसारमा श्रीयन्त्र, व्यापारवृद्धि यन्त्र स्थापना गर्नुपर्दछ। टुटेफुटेका मूर्ति, कलश, सुपारी, नारियल राख्नुहुँदैन ।
ब्यापारिक प्रतिष्ठानको प्रेवेशद्वारमा
सानो र भित्री भागमा ठूलो हुनुपर्दछ। यस्तो भनिन्। त्यस्तै प्रवेशदार कलोर भित्री भाग सानो भएको स्थानमा आवासीय घर बनाउनु हुँदैन। तर व्यापारिक भवनको लागि
सयोजनका लागि किनिने घडेरीमा वायाँ बायाँ ठूल्ठूला घडेरी वा घर छन् र बीचमा सानो घडेरी वा घर भए किन्नु राम्रो हुँदैन ।
श्रोत्रा सामान राख्ने घर, गोदाम नैऋत्यकोणमा हुनुपर्दछ । यस्तो गोदाम धरको दैलामा लगाउने रंग सधै कालो लगाउनु पर्दछ। यस्तो घर अन्य आवासीय धरभन्दा सानो, नराम्रो, होचा दैला भएका हुनुपर्दछ। त्यसैगरी यस्तो कोठामा शयनकक्ष कदापि बनाउनु हुँदैन।
स्नानगृह पूर्व वा उत्तरमा हुनुपर्दछ भने सोही स्थानको छेउछाउ भाँडा माझ्ने स्थान बनाउनु पर्दछ।
स्नानगृहको सावर, धारा ईशानकोणमा हुनुपर्दछ । नुहाउने कोठामा प्रयोग गरिने गिजर, हिटर लगायतका सामानहरू सो कोठाको आग्नेय कोणमा राख्नुपर्दछ ।
छतमा राख्ने पानी ट्याङ्की र भूमिगत पानी ट्याङ्कीमा वास्तुशास्त्रीय चिन्तन पृथक् छ। भूमिगत पानी ट्याङ्कीका लागि ईशान, पूर्व राम्रो मानिन्छ भने छतमा राखिने पानी ट्याङ्की नैऋत्य, दक्षिण वा पश्चिममा राख्नु पर्दछ । जसले घरको उँचाइलाई वास्तुशास्त्रानुसार मिलाउन सक्छ। ईशानकोण तर्फ छतमा पानी ट्याङ्की राख्नु राम्रो मानिदैन ।
स्वागतकक्षमा पशुपंक्षी उड्दै गरेको चरा, डुब्न लागेको नाउ, बाढी आउँदै गरेको खोला, भत्किदै गएको पहाड, घर, मन्दिर, रुँदै गरेको बच्चा, स्त्री, कुदै गरेको भैंसीको चित्र लगाउनु हुँदैन ।
शयनकक्षको रंग शयनकर्ता प्रमुखको राशि, लग्नअनुसार लगाउनु पर्दछ ।
शयन गर्दा दुःस्वप्न, डर, त्रास, भय, बडबडाहट, हातखुट्टा फ्याँक्ने भए शयन गर्दा यो मन्त्रको स्मरण गर्नुपर्दछ ।
ॐ नमः स्वप्न चक्रेश्वरी स्वप्ने अवतर अवतर गतं वर्तमान दोषाणि कथय कथय स्वाहा ।।
अथवा - ॐ विश्वेश्वरि जगद्धात्रि स्थितिसंहारकारिणि ॥ निद्रां भगवतीदेवीरतुलां तेजस प्रभो ॥
धरको पश्चिम, उत्तर, पूर्व विशामा ऐना राख्नुपर्दछ तर वास्तुदोष निवारणका लागि
अन्यत्र पनि लगाउन सकिन्छ।
दीर्घ रोगीलाई नैऋत्यकोणमा सुताउनु पर्दछ।
औषधि उपचारका सामानहरू ईशानकोणमा राख्नुपर्दछ ।
दबाई, दूध, पानी पिउँदा ईशानतर्फ फर्किनु पर्दछ।
फोन सेट, टेलिभिजन घरको वा कोठाको आम्नेय कोणमा राख्ने गर्नुपर्दछ ।
उद्योगको प्रवेशद्वार पूर्व वा उत्तरतर्फ राख्नुपर्दछ ।
उद्योगबाट तयार भएका उत्पादित सामाग्री वा वस्तु आँप वृक्ष भएको क्षेत्रमा राख्नुपर्दछ ।
ऊर्जा सम्बन्धित कोइला, तेल, दाउरा, आग्नेयकोणमा राख्नुपर्दछ ।
नैऋत्यकोणतर्फ बढेको घडेरी अशुभ हुन्छ ।
ब्रह्मस्थानमा फोहोर पानीको नाली, शौचालय बनाउनु हुँदैन ।
घरमा विषम संख्यामा कोठा बनाउनु पर्दछ ।
घरको मुख्य प्रवेशद्वारको चौखट मुख्य पर्खालमा राख्नु हुँदैन ।
. दैलो वा झ्याल लगाउँदा आवाज आउनु हुँदैन ।जुत्ता, चप्पल नैऋत्यकोणमा राख्नुपर्दछ ।
. व्यापार गर्दा व्यापारीले आफ्नो मुहार पूर्व वा उत्तर बनाउनु पर्दछ ।
पसलमा भण्डारकक्ष बनाउनु परे पश्चिम तथा नैऋत्यमा राख्नुपर्दछ ।
व्यापारिक कार्यका लागि साना कोठा (केबिन) बनाउनु परे नैऋत्यकोणमा बनाउनु पर्दछ ।
स्वास्थ्यालयको मोहडा पूर्वतर्फ बनाउनु पर्दछ ।
. स्वास्थ्यालयको प्रतिक्षालय दक्षिणतर्फ बनाउनु पर्दछ ।
विरामीहरूको विश्रामस्थान उत्तर, पश्चिम र वायव्यकोणमा बनाउनु पर्दछ ( स्वास्थ्यालयमा मात्र) ।
स्वास्थ्यालयको बीचभागमा खाली राख्नुपर्दछ ।
स्वास्थ्यालयको रंग सेतो वा आकाशे हुनुपर्दछ ।
स्वास्थ्यालयको भऱ्याङ् पश्चिम, नैऋत्य, वायव्य वा आग्नेयकोणमा बनाउनु पर्दछ ।
स्वास्थ्यालयको जग्गाको समतलता पूर्व वा उत्तर ढल्केको हुनुपर्दछ ।
स्वास्थ्यालयको चिरफारकक्ष पश्चिम दिशामा र दक्षिण सिरान गरेर राख्नु पर्दछ
स्वास्थ्यकर्मीले चिरफार गर्दा पूर्व का उत्तर फर्किनु पर्दछ ।
रोगीको ओछयानको तन्ना सेतो र ओढ्ने कम्बल रातो हुनुपर्दछ ।
रोगीको परीक्षणकक्ष उत्तर वा पूर्वमा हुनुपर्दछ ।
होटल, भोजनालय, विश्रामालय बनाउने घडेरीको आग्नेयकोण कटेको र ईशान बडेको हुनुपर्दछ।
होटल, रेस्टुरेन्टको प्रवेशद्वार पनि उत्तर वा पूर्वमा हुनुपर्दछ ।
होटल, रेस्टुरेन्टको फूलबारी, पार्किङ्ग क्रमशः पूर्व पश्चिम आग्नेय कोणमा बनाउनुपर्दछ ।
यस्ता व्यवसाय सञ्चालन गर्ने भवनको उँचाई उत्तरभन्दा दक्षिण र पूर्वभन्दा पश्चिममा बहेको हुनुपर्दछ।
यस्ता भवनको पाकशाला आग्नेय, वायव्य वा पश्चिममा बनाउन सकिन्छ ।
होटलको स्नानागार, स्विमिङ्गपुल ईशानकोणमा बनाउनु पर्दछ ।
होटलको अन्तःकक्ष (बालकोनी) ईशानमा बनाउनु हुँदैन ।
होटलको पैसा राख्ने स्थान ईशान वा नैऋत्यकोणमा बनाउनु पर्दछ ।
होटलको भूमिगत तलामा नै डिस्को, रेष्टुरेन्ट बनाउनु पर्दछ ।
सम्पर्क, सोधपूछ नैऋत्यकोणमा उत्तर फर्केको हुनुपर्दछ ।
होटलमालिकको कक्ष पनि नैऋत्यकोणमा नै हुनुपर्दछ ।
वास्तुशास्त्रका अन्य नियमहरू अनुसार नै होटलको अवस्था हुनुपर्दछ ।
रेष्टुरेन्टमा प्रयोग गरिने तेल, घिउ, आग्नेयकोणमा, अन्न वायव्यकोणमा, कोइला, ग्याँस, दाउरा दक्षिण पश्चिममा बनाउनु पर्दछ ।
जुठा भाँडा नैऋत्यकोणमा माझ्नु पर्दछ ।
तयारी भोजन वायव्यकोणमा राख्नुपर्दछ ।
होटल, रेष्टुरेन्टमा रातो, गुलाबी रंग वा रेष्टुरेन्ट मालिकको राशि अनुसारको रंग लगाउनु पर्दछ ।
चलचित्र भवन बनाउने भूखण्डको आकार आयाताकार या वर्गाकार हुनुपर्दछ ।
दक्षिण र पश्चिमभन्दा पूर्व र उत्तर बढेको हुनुपर्दछ ।
. चलचित्र भवनको टिकट काट्ने ठाउँ ईशान वा पूर्वमा हुनुपर्दछ ।
व्यापारी व्यवसायीको दाहिने हाततर्फ पैसा राख्ने बाकस, घर्रा हुनुपर्दछ ।
चलचित्र भवनको भऱ्याङ्का पाइला विषम हुनुपर्दछ र ३ ले भाग दिँदा २ शेष रहने संख्यामा हुनुपर्दछ ।
भऱ्याइको घुमाई दायाँ हुनुपर्दछ ।
शौचालय, मूत्रालय दक्षिण पश्चिममा हुनुपर्दछ ।
बिजुली आग्नेयकोणमा र जेनेरेटर नैऋत्यकोणमा राख्नुपर्दछ ।
चलचित्र भवनको बाहिरी भागको उत्तर, पूर्वमा फूलबारी, जलनृत्यालय (फोहोरा युक्त पोखरी) बनाउनु पर्दछ भने दर्शकदीर्घा नैऋत्यबाट ईशान फर्केको हुनुपर्दछ ।
औद्योगिक क्षेत्रको चारैतिर पर्खाल हुनुपर्दछ । वस्तुतः दक्षिणभन्दा उत्तरको र पश्चिमभन्दा पुर्वको पर्खाल होचो हुनुपर्दछ ।
नैऋत्यकोणको भूमि अन्यस्थानको भन्दा अग्लो हुनुपर्दछ ।
बजारमा पठाउने सामग्री वायव्यकोणमा राख्ने गर्नुपर्दछ ।
सुरक्षाकर्मीको आवास वायव्य, पश्चिम वा आग्नेयकोणमा बनाउनु पर्दछ ।
उत्पादन नैऋत्यबाट प्रारम्भ भएर ईशानमा पुग्दा तयार हुनुपर्दछ ।
Liked by: