प्राय: हामीले देखेको भोगेको कुरा हो, आम्दानी अर्थात् कमाई धेरै भएर पनि पैसा बचाउन नसक्ने जसलाई हामी आम भाषामा सह नभएको हात भन्छौ । यस्ता व्यक्तिहरू पनि छन् जुन आम्दानी धेरै भएर पनि बचत गर्न सक्दैनन् । जसले गर्दा धन को कमि भई रहन्छ । पैसाको बचत गर्ने तरिका व्यवस्थापन हो र तपाईंको म्यानेजमेन्ट कस्तो छ भन्नेमा भरपर्दछ। तर पनि बचाउछु भन्दा भन्दै पनि अन्नावाश्यक खर्च भईहाल्छ । जान्नु होस् यस्तो किन हुन्छ । व्यवस्थापन राम्रो हुदाँहुदैँ फिजुल खर्च हुनुमा तपाइको कुण्डलीमा बुध ग्रह कमजोर छ भन्ने जान्नु, किनकि बुध भनेको व्यवस्था हो ।
कुण्डलीको दोस्रो स्थान भनेको धन हो भने ११( एकादश) स्थान लाभ हो र धन लाभ को विचार २ - ११ बाट गर्नु पर्दछ । यदि धन स्थानको मालिक बलवान छ र एधरौ भावको मालिक निर्बल अथवा एघाराैँ भावको मालिक बलवान छ र र धनभावको मालिक निर्बल छ र लग्नको मालिक पनि निर्बल छ भने यस्तो स्थितिमा धन संग्रह गर्नमा बाधा हुन्छ र आर्थिक समस्या हुन्छ ।
धनको बचत गर्न के गर्ने त ?
१. ज्योतिषय सल्लाह आनुसार पन्ना अथवा पुष्पराज धारण गर्नु बुध र वृहस्तपिलाई वैदिक मन्त्रद्वारा मज्बुत बनाउनुहोस्
२. प्रत्येक शनिबार गरिव व्यक्तिलाई दान गर्नुहोस्
३. घर परिवारमा सरसफाई राख्ने र खुसिको माहोल श्रृजना गर्ने
४. प्रत्येक शनिबार कालो कुकुरलाई सरस्युँको तेलमा रोटि भिजाएर खुवाउनुहोस्
५. प्रत्येक पूर्णिमाको प्रात कालमा पिपलमा जल चढाउने र लक्ष्मीजी मन्त्र जप गर्ने
६. प्रत्येक सोमबार शिवलाई जल अर्पण गर्ने ।
-ज्योतिष स्मारीका आचार्य
Liked by: