मंगल ग्रहको पौराणिक कथा
मंगललाई भूमिपुत्रको रूपमा जानिन्छ। प्रत्येक कल्पमा मंगलको जन्मबारे भिन्न-भिन्न कथा पाइन्छन्। प्रायः प्रत्येक कथामा मंगललाई भूमिपुत्र नै मानिएको छ। ब्रह्मवैवत्र्त पुराणको अनुसार वाराह कल्पको कथा यो छ कि जब हिरण्यकश्यपको दाई हिरण्याक्षले पृथिवीलाई चोरेर अनन्त सागरको गहीराईमा लुकाएर राखेको थियो तब भगवान् नारायणले स्वयं वराहरूप धारण गरी हिरण्याक्षलाई युद्धमा मारेर पृथिवीको उद्धार गर्नु भयो। वराह अवतारको समय भगवान् नारायणको रूप र तेज करोडों सूर्यको समान असह्य थियो अतः पृथिवीको इच्छा पूर्तिहेतु भगवान्आफ्नो मनोरम रूपमा उपस्थित भए तथा पृथिवीको साथमा एक दिव्य वर्ष तक एकान्तवास गरी बसे। यही अवधिमा वराहरूपी भगवान्तथा पृथिवीको माध्यमबाट मंगलको उत्पत्ति भयो।
एक अन्य कथाको अनुसार सतीदेवीको मृत्युबाट बिचलित भोले–बावा कैलाश पर्वतमा आफ्नो बिचलित चित्तलाई एकाग्र गर्न घनघोर तपस्या गरे। जब भगवान् भोले–बावाको तपस्या पूर्णभयो तब उनको शरीरबाट पसीनाको एक थोपा पृथिवीमा खस्यो र त्यसबाट एक सुन्दर बाककको उत्पत्ति भयो। पृथिवी माताले यो दैविक उपहार स्वीकार गरिन्। बच्चा मंगलकारी हुन्छ, यो बच्चाले सबैलाई सुख तथा समृद्धि दिन्छ। यो बालक शक्ति, ऊर्जा तथा क्रिया–शीलताको कारक हुनेछ भनि यस्तो आशीर्वाद भगवान् भोले–बावाले त्यो बालकलाई दिए जसको नामकरण मंगल भयो। मंगल अर्थात्शुभकारी। मंगल भूमिपुत्र हो अतः जग्गा–जमिन, जायदाद, घर, वाहन आदिको कारकग्रह हो मंगल। मंगलको मतलव हुन्छ उगयोगी कार्यशीलता, कर्मठता, आत्म–विश्वास तथा यदा कदा घमण्ड पनि। मंगल र शुक्र क्रमशः पुरुष तथा स्त्री द्योतक ग्रह हुन्। मंगल नै स्त्री–पुरुषको एक अर्काप्रति आकर्षण, मेल तथा उसको परिणामको कारकग्रह हो। मंगललाई सेनाध्यक्ष पनि भनिन्छ, अर्थात् प्रधान सेनापति। पुरुषार्थ गर्नु, वीरता देखाउनु, शत्रुमाथि विजय प्राप्त गर्नु यी सबै गुण मंगलका हुन्।
बुध ग्रहको पौराणिक कथा
अथर्व–वेदको अनुसार बुधकी आमाको नाम तारा र पिताको नाम चन्द्रमा हो। ब्रह्माजीले यसको नाम यसको बुद्धि तथा गम्भीरतालाई देखेर नै बुध राखेका हुन्। बुधको अर्थ हुन्छ जात्रु। चन्द्रमाको कथामा चन्द्रको उच्छृंखलताको चर्चाको दौरान देवगुरू वृहस्पति कि पत्नी ताराको बारेमा त भनिनै सकेको छ। श्रीमद्भागवत–महापुराणको अनुसार बुध सबै शास्त्रमा पारङ्गत तथा चन्द्रमाको समान कान्तिमान छ। मत्स्यपुराणको अनुसार बुधलाई सर्वाधिक योग्य देखेर नै बुधलाई भूतलका स्वामी तथा ग्रह बनाई दिएका हुन्। देवगुरु वृहस्पति तथा चन्द्रमाको जसलाई सहयोग मिलेको छ त्यो योग्य किन नहोस्। चन्द्रमा र गुरु जन्म कुण्डलीमा परस्पर केन्द्रमा आएर गजकेशरी योग बनाउछन्जो शत्रुञ्जयी योग हो। यी योगहरुको विषयमा त मैले पहिलानै चर्चा गरिसकेकै छु। गुरु र चन्द्रमाको वरद हस्तको कारण नै बुधको प्रतिभाको सीमा नै छैन, बुध चन्द्रमाको समान नै कान्तिमान् छ। जब चन्द्रमाले देवगुरू वृहस्पति कि धर्म–पत्नी तारालाई अपहरण गरी लगेका थिए तब त्यही दौरान चन्द्रमाले असुरगुरू शुक्राचार्यको कुटिमा शरण लिएका थिए, त्यस कारण नै गर्भमा बुधलाई सुरक्षा मिलेको थियो। त्यस कारण यो जात्र कठिन छैन कि बुध चन्द्रमालाई आफ्नो शत्रु, शुक्रलाई मित्र तथा गुरुलाई सम किन मान्दो रहेछ। बुधलाई मीमांसक पनि भनिन्छ अर्थात् जो गुप्त भन्दा गुप्त गूढ ज्ञानलाई पनि त्वरित सम्झेर अरुलाई पनि सम्झाउन सक्छ। बुध चिन्तन, तार्किक, बुद्धि, वाक्चातुर्यता, मेधा तथा त्वरित निर्णयको परिचायक ग्रह हो। चन्द्रमा हो चंचल मन। मन र बुद्धिमा सामंजस्य भए राम्रो परिणाम प्राप्त हुन्छ। चन्द्रमा हो चंचल अतः बुधलाई आफ्नो मित्र मान्दछ। भावुक व्यक्तिलाई बुद्धिको सहयोग मिले भत्रु नै के? परन्तु गुरु बुधलाई शत्रु मान्दछन्। ज्योतिषशास्त्रमा बुधलाई पुरुष नपुंसक ग्रह भनिएको छ, साथै यस्तो ग्रह पनि जो साधारणतया शुभ हुँदाहुँदै पनि अरुको सहचर्यबाट फल दिन्छ।
By
Vaman Sapkota
Liked by: