ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रह एक राशिबाट अर्को राशिमा जाने क्रमलाई नै संक्रान्ति भनिन्छ । तर यहाँ अन्य ग्रहहरुको बिम्ब सानो हुने भएकाले संक्रान्ति काल वा समय अत्यन्त थोरै रहन्छ ।
यसकारण अन्य ग्रहहरुको संक्रान्तिको प्रचलन नरहेर सूर्य संक्रान्ति महत्वपूर्ण एवं प्रसिद्ध छ । सूर्यको बाह्र संक्रान्ति मध्ये मेष संक्रान्ति (बैशाख संक्रान्ति) बाट नै नेपालीहरुको नयाँ बर्षको आरम्भ हुने र सूर्य ग्रह मीन राशिबाट मेष राशिमा जाने भएकाले यसलाई मेष विषुवत् संक्रान्ति भनिन्छ ।
मेष संक्रान्तितो यावत्षण्मासं विषुवत्फलम् ।।
तुलासंक्रान्तितश्चैवं ज्ञातव्यं विबुधै: स्फुटम् ।।
राशि नामको पहिलो अक्षरको आधारमा वैशाखदेखि आश्विन महिनासम्म व्यक्तिलाई शुभ/अशुभ फल प्रदान गर्दछन् । ती निम्नानुसार छन्ः
विशाखा (ती,तू,ते,तो), अनूराधा (ना,नी,नू,ने), जेष्ठा (नो,या,यी,यू), मूल (य,यो,भा,भी), पूर्वषाढा (भू,ध,फा,ढा), उत्तरषाढा (भे,भो,जा,जी), श्रवण (खी,खू,खे,खो): शीर्षेः भूलाभः शीरमा परेकाले शुभ ।
हस्ता (पू,ष,ण,थ), चित्रा (पे,पो,रा,री), स्वाति (रु,रे,रो,ता): मुखेः पाण्डित्यम् , मुखमा परेकाले शुभ ।
तिष्य (हु,हे,हो,डा), अश्लेषा (डी,डू,डे,डो), मघा (मा,मी,मू,मे), पूर्वफाल्गुनी (मो,टा,टी,टू), उत्तरफाल्गुनी (टे,टो,पा,पी): हृदीः हृदयमा धनागम्, शुभ ।
मृगशिरा (वे,वो,का,की), आद्र्रा (कू,ध,ङ,छ), पुनर्वसु (के,को,हा,ही): दक्षकरेः स्त्री लाभः शुभ ।
उत्तरभाद्रपदा (दू,थ,झ,ञ), रेवती (दे,दो,चा,ची), अश्विनी (चू,चे,चो,ला): दक्षपादेः भ्रमणम्, दाहिने खुट्टामा भ्रमण हुने, शुभ ।
भरणी (ली,लू,ले,लो), कृतिका (अ,ई,ऊ,ए), रोहिणी (ओ,बा,वी,बू): वामकरेः भैक्षम्, अशुभ ।
धनिष्ठा (गा,गी,गू,गे), शतभिषा (गो,सा,सी,सू ), पूर्वभाद्रपदा (से,सो,दा,दी): वामपादेः कष्टम्, अशुभ ।
समग्रमा भरणी, कृतिका, रोहिणी, पूर्वभाद्रपदा, धनिष्ठा, शतभिषा नक्षत्रमा जन्मिएका व्यक्तिहरुलाई अशुभ हुने देखिएकोले गंङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा कष्ट निवारण हुन्छ ।
विशाखा, अनुराधा, जेष्ठा मूल, पूर्वषाढा, उत्तरषाढा, श्रवण, हस्ता, चित्रा, स्वाति, तिष्य, अश्लेषा, मघा, पूर्वफाल्गुनी, उत्तरफाल्गुनी, मृगशिरा, आद्र्रा, पुनर्वसु, उत्तरभाद्रपदा, रेवती, अश्विनी नक्षत्र हुनेलाई राम्रो छ । संक्रान्तिले शुभ फल दिन्छ । संक्रान्ति शुभ रहेकाहरुले पनि गंङ्गा स्नान गरेर रुद्री, सत्यनारायण, चण्डी पाठ गराउनुका साथै हवन, ब्राह्मण तथा कन्यालाई दान दक्षिणा अर्पण गरेमा र भोजन गराएमा फललाई अझै शुभ बनाउन सकिन्छ ।
अस्तु शुभम् ।
–ज्यो.पं. मुकुन्द शर्मा
Liked by: