यी आँखामा आफ्नै समाधी बोकेर हिडिरहेछु
मृत्यु सँगै आदी ईत्यादी बोकेर हिडिरहेछु
यो जिन्दगीको अविराम यात्रा कहाँ टुँगिन्छ हेरौ
यी हातमा मृत्युको उपाधी बोकेर हिडिरहेछु
नतिजा जे पनि हुन सक्छ शत्रुको सिमानामा
मनमा भय र बिजयको आधी बोकेर हिडिरहेछु
अब अमृत भनेर बिष नपिलाए हुन्छ तिमीले
मैले आफ्नै सासमा बिषादी बोकेर हिडिरहेछु
म तिमीलाई सुखको बहार दिन कहाँ सक्छु र
म आफ्नै जिन्दगीको बर्बादी बोकेर हिडिरहेछु
Liked by: