सन्चै छौ या बिसन्चो सोध्न मन लाग्छ
हरेक पटक तिम्रै खबर लिन मन लाग्छ
सुन्छु अाज भोलि अर्कैसँग खुसी छौ अरे
म बाट जति खुसी पायौ पाएनौ बुझ्न मन लाग्छ
सक्या छैन अझै तिमीलाई भूल्न मैले
खै कसरी सक्यौ तिमीले जान्न मन लाग्छ
अथाह प्रेमको वर्षात गरेकी थिएँ मैले त
किन तिमीले स्वीकारेनौ बुझ्न मन लाग्छ
सन्चै छौ या बिसन्चो सोध्न मन लाग्छ
हरेक पटक तिम्रै खबर लिन मन लाग्छ।।
---------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: