उजाड अनि एकदम सुनसान छ
तर पनि देवावटी मुस्कान छ
लक्ष्यमा नपुग्दै सफर टुङ्गियो
बाटो घाटाे एकदम् चट्टान छ
मृत्यु सँग म कहिल्यै डराउँदिन्
अाजकल समयसँग राम्रै चिनजान छ
बाँचुन्जेल कसैले मान्छे गन्दैनन्
मरेपछि तश्विर र शालिककै गुणगान छ
प्रदेश ले लुटिदियाे इच्छा चाहाना अनि जवानी
बल्ल थाहा पाएँ यो शहर कति बेइमान छ !!
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: