कम्जोर भएको छ मान्छे साहारा नसोध
टल्किने त्यो गगनका जून तारा नसोध
जितेर पनी फेरी यहाँ हारेको ब्याक्ति हो
कती दुखेको होला मुटु बीचारा नसोध
बर्तमान ले बदली सकेको छ उस्लै
हसीलो मुहार छैन,पुराना पारा नसोध
गोरेटोमा संगै हिडी छुटीएर दोबाटोमा
फेरी हिडेको मान्छेलाई अफ्ठ्यारा नसोध
दैब पनी निठुर बनेर यहाँ आइ सके पछी
कस्तो छ? भनी दुनिया यो सारा नसोध
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: