बुझ्छको यहाँ सागरमा कति पानी छ,
अाफ्नो त बगर जस्तो जिन्दगानि छ।
खोजेनौ पढ्न खाली पाना मात्र पल्टायौ,
नलेखेको कसैले यहाँ अजिब कहानि छ ।
पत्ता कहाँ लाग्छ र हुलियाबाट सबै कुरा,
उत्खनन् गरिहेर त्यहाँ बहुमुल्य खानि छ ।
बुझाउ कसलाई सावा अनि ब्याज जिन्दगिको,
यो बाबु यहाँ पुग्नुमा धेरै-धेरैको लगानि छ ।
अाउछन धेरै षड्यन्त्रको नाङ्गो हतियार बोकि,
बदलामा अाफ्नो त मुस्कान दिने बानि छ ।
_________
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: