मनमा बसेर मुटु रेट्ने दाउ रहेछ माया
एकाधिकार जमेको भाउ रहेछ माया
तिम्रो माया उनान्सय मेरो सय भन्थ्यौ
यता किलो हुँदा उता पाउ रहेछ माया
निको होलानी भन्दा झनै बल्झिरहन्छ
खाटो बस्न नै नजान्ने घाउ रहेछ माया
सावा चुक्ता भइसक्यो ब्याज सकिन्न
तिरेर कहिल्यै नसक्ने साउ रहेछ माय
Liked by: