प्रेमि वारि र प्रेमिका खोला पारी भेटियो
प्रेम नसिंचिएको मन बाझो बारि भेटियो
उ मेरो पहिलो प्रेम, अन्तिम प्रेमी भन्थी
खुल्ला बजारमा प्रेमको व्यापारी भेटियो
दिन्थी तर्क प्रेमलाई शान्तिको रुप भनेर
उहिं आज खुनखार बन्दुक धारी भेटियो
खुल्ला आकाशमा भुरुरु उड्ने हो हामी
भन्नेकै मन आज सयौं टन भारी भेटियो
प्रेमको अदालतमा न्यायको गफ छाट्ने
पीडा दर्द धोका दिने अत्याचारी भेटियो
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: