जिवनभर साथ रहने अमर प्रित बनिदेउन तिमी
मनमा वास गरि मेरो मनको मित बनिदेउन तिमी
तिम्रो साथले मात्र मेरो जीवनमा मिठो राग बन्छ
मैले गित गुनगुनाउदा सुमधुर संगीत बनिदेउन तिमी
संसार जित्ने हिम्मत गर्छु तिमी साथमा भयौ भने
जिवनको दौडमा कतै मैंले हारे जित बनिदेउन तिमी
झुल्केघाम सँगै तिम्लाइ हेर्दै दिनको सुरुवात गर्छु
बिहानीको मोति दानाझैं टल्कने शित बनिदेउन तिमी
तिम्रो बियोगले तड्पिएर एकान्तमा एक्लै रुदा
तिम्रो बियोग भुलाउने मिठो गित बनिदेउन तिमी
प्रेम दिवसमा भगवान सँग यहि कामना म गर्छु
मृत्यु पर्यन्त मात्र मेरो अतित बनिदेउन तिमी।
Liked by: