परदेसमा छु मन बुझाउनु, घर आउन पाइन भने
नरुनुहै मेरी आमा, कारणवश म आँइन भने !
बाबालाई त घडी-जुत्ता, किनेर राखेको छु
सुनैको हार ल्याउँछु आमा,आउन अबेर लाँइन भने !
दु:ख धेरै पाएको छु, के लेखौँर यो कागजमा
आए पछि सबै भन्छु, कालको निम्तो खाइन भने भने !
पसिनामा डुबी दिनै, दुईचार पैसा बचाउँदै छु,
अर्को वर्ष आउँछु यदि, मृत्युु लाई समाँईन भने !!
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: