को भन्न सक्छ के हुन्छ पर्दा खसेपछि।
सबै ढाकिन्छ, छोपिन्छ पर्दा खसेपछि।।
राम्रो गर्नु पर्ने त पर्दा उठे पछि मात्र न हो।
जसो गर्दा पनि भइहाल्छ पर्दा खसेपछि।।
व्यवस्था र व्यवहारमा हरिश्चन्द्र हुँनेहरू।
भ्रष्टाचारको खेती गर्छन् पर्दा खसेपछि।।
सबैलाई आस्थाको भाषण दिने पुजारीले
भट्टी पसल धाउने गर्छन् पर्दा खसेपछि।।
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: