जुनेलिसँगै रहर पठाएको छु, नबिर्सिनु है मलाई
पवनसंगै खबर पठाएको छु, नबिर्सिनु है मलाई
कहिले विवशताले रोक्छ, कहिले परिस्थितीले छेक्छ
मौसम त बदलिन्छ नै तर, नबिर्सिनु है मलाई
कहिले काहीं आशुंको न्यानोमा निदाउने बानी छ
अज्ञान मनको कमजोरी ठानेर, नबिर्सिनु है मलाई
ईन्द्रचोकको चुरा र असनको चिया पसलमा हुन्न
तीजको पर्व र दसैंको चाडमा नबिर्सनु है मलाई
----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: