भोकमा भोजन, निद्रामा, रात पाउनु पर्छ
मान्छे नै हुन मानवताको साथ पाउनु पर्छ
चिसो गल्ली पुल मुनि, सुतिरहे सपनाहरु
जगाउनु छ, सहयोगी हात पाउनु हुनु पर्छ
मुल्य तोकिदेउ तिमी गरिबको पसिनाको
हातका ठेलाले अब, औकात पाउनु पर्छ
भोकमा भोजन, निद्रामा, रात पाउनु पर्छ
मान्छे नै हुन मानवताको साथ पाउनु पर्छ
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: