जुठो जुठो थाल हो त्यो मैले बुझेको।
जुठै थालको दाल हो त्यो मैले बुझेको।।
भन्न त नभन्नु है कसैलाई भन्थी ।
निकै चालू माल हो त्यो मैले बुझेको।।
पिउनु सम्म पिउदा हुन्छ जवानिको रस।
बाह्रमासे छाल हो त्यो मैले बुझेको।।
जुनि भरि हजुरलाई नै माया गर्छु भनी अरे।
फसाउने चाल हो त्यो मैले बुझेको।।
सिधा सादा देखि भने सम्बन्धमा बस्छे।
धोखेबाज काल हो त्यो मैले बुझेको।।
कठै बरि दुब्लाइछे नभन नि फेरि।
ओछ्छिरहने जिउडाल हो त्यो मैले बुझेको।।
घरमै भेट्न बोलाएर कुरा गराइ भने ।
लुट्नु लुट्ने जाल हो त्यो मैले बुझेको।।
मर्नु पर्ने गर्भै भित्र या त कुहिएर ।
झर्नु पर्ने सालनाल हो त्यो मैले बुझेको।।
-----
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: