मानिसकाे आफ्नै सोच हुन्छ।
मान्छेकाे आफ्नै साेक हुन्छ।।
जमाउने र कमाउने चाहनामा।
हदैसम्मकाे जुन कर्मयाेग हुन्छ।।
स्वार्थपुरा गर्ने अटल वाहनामा।
मानव अस्तित्वकाे दुरुपयाेग हुन्छ।।
अरुकाे हृदयलाई दमनगरी अघि बढ्दा।
आपसमा अत्याचारकाे प्रयाेग हुन्छ।।
आखिरीमा प्रतिकारी सुकर्मकाे प्रारम्भमा ।
सत्कार्यले विजयकाे नुतन उपयाेग हुन्छ।।
------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि आफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलाई तपाइँको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्।
Liked by: