म नेपालको नागरिक हूँ ,
घरमै बसेर २ लाख तलब चाहिन्छ ।।
जहाँ पायो तेहि फोहोर फाल्छु,
तर मलाई गाऊँ शहर साफ चाहिन्छ।।
कामको सिन्को भाच्दिन मैले ,
तर मलाई देशमा बिकास चाहिन्छ ।।
बिजुली मैले थोरै पनि बचाउदिन ,
तर मलाई लाईट २४घण्टा चाहिन्छ ।।
रुख बिरुवा काट्छु रोप दिन ,
तर मलाई मौसम साफ चाहिन्छ ।।
दोष मैले कसैलाई लगाउदिन ,
तर मलाई कारवाई तुरुन्तै चाहिन्छ ।।
बजेटको ८० प्रतिशत मैले लिग्छु
तर मलाई भष्ट्रचारी अन्य चाहिन्छ ।।
मैले रिन लिदा फ्रि दिनु पर्छ तिमी ,
तर मलाई चर्को ब्याज चाहिन्छ
हेर कर मैले रुपियाँ पनि दिन्न,
तर मलाई विकास मा गति चाहिन्छ।।
पैसा पठाउदा हुन्डि प्रयोग गर्छु,
तर मलाई रेमिटेन्स खर्बौ चाहिन्छ ।।
किन कि म नेपाली नागरिक हुँ ,
मलाई देश बिकास चाहिन्छ ।।
-----------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस् |
Liked by: